अधिकांश उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्

लमजुङ। यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । ” जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । 

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन–तीन गरी ६, वडाध्यक्षका उमेदवार १४ र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उम्मेदावर बनेका कुनै पनि उमेदवारले खर्च विवरण बुझाउनुभएको छैन ।

प्रतिक्रिया