काठमाडौं। कोरोना र युक्रेन युद्धबाट थलिएको विश्वको अर्थतन्त्र थप कस्टकर हुँदै गइरहेको छ। यसमा दक्षिण एसियाली मूलुक सबैभन्दा प्रभावित बन्न पुगेका छन्। नेपाल मात्र होइन, छिमेकी भारत र चीन पनि यसबाट अछुतो हुन सकेका छैनन्।
श्रीलंकाको अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेपछि त्यहाँ राजनीतिक उथल–पुथल नै भयो। अहिले पाकिस्तान श्रीलंकाको बाटोमा छ। नेपाल पनि लगभग श्रीलंकाको बाटोतर्फ नै अग्रसर छ। तर, पछिल्लो केही महिनायता रेमिट्यान्समा भएको सुधारलगायत विदेशी सहयोगले नेपाललाई केही राहत दिएको छ। तर, त्यो दिगो समाधान होइन।
६ महिनायता डलरभन्दा रुपैयाँ निकै कमजोर भएको छ। यसले महंगी भित्र्याएको छ। तर, सरकारसँग रुपैयाँलाई बलियो बनाउने कुनै सुत्र देखिदैन। ६ महिनाअघि १ डलरको विनिमय दर १ सय १८ रुपैयाँ १९ पैसा थियो। तर, अहिले बढेर १ सय २५ रुपैयाँ ३४ पैसा पुगेको छ। यो नेपाली अर्थतन्त्रका लागि सुखद संकेत होइनन्।
नेपाल मात्र होइन, भारतमा पनि सन् २०२१ को अन्त्यसम्म १ डलरको विनिमय ७३ दशमलव ९१ भारतीय रुपैयाँ थियो। तर, १ जुलाईमा त्यो बढेर ७९ दशमलव ०७ रुपैयाँ पुगेको छ।
चीनमा पनि ६ महिनायता डलरको भाउँ बढेको छ। ६ महिनाअघि यहाँ १ डलरको विनिमय दर ६ दशमलव ४४ चिनियाँ यान थियो तर हाल बढेर ६ दशमलव ७० पुगेको छ। दक्षिण एसियाका अन्य देशहरूको तथ्यांक हेर्ने हो भने, पाकिस्तानमा १ डलरको विनिमय दर १६२ दशमलव ९६ रुपैयाँ बाट बढेर २०२ दशमलव ६६ पुगेको छ। बंगलादेशमा पनि ८५ दशमलव ०७ बाट बढेर ९२ दशमलव ८४ पुगेको छ।
श्रीलंकामा हाल १ डलरको विनिमय दर ३५९ दशमलव ९१ रुपैयाँ कायम छ।
प्रतिक्रिया