काठमाडौं। भारतमा किक बक्सिङ प्रतियोगिता खेल्ने क्रममा रिङमै एक खेलाडीको निधन भएको छ। दक्षिण भारतको बेङ्लुरुमा ९–१० जुलाईमा भएको राज्य स्तरीय किक बक्सिङ प्रतियोगितामा निखिल सुरेश नाम गरेका खेलाडीको निधन भएको हो।
बिहीबार भएको भिडन्तमा घाइते भएका निखिललाई उपचारका लागि अस्पताल पुर्याइएको थियो तर चिकित्सकले उनको निधन भएको घोषणा गरे।
२३ वर्षीय निखिलको निधन भएपछि उनका पिता तथा प्रशिक्षकले आयोजक कमिटीप्रति लापरवाहीको आरोप लगाएका छन्। प्रतियोगितामा एम्बुलेन्स तथा विशेषज्ञ मेडिकल टिम नभएको उनको आरोप थियो। समयमा उपचार पाएको भए आफ्नो छोरालाई बचाउन सकिने उनको दावी छ।
घटनापछि आयोजक कमिटीका सदस्यहरू फरार भएका छन्। राष्ट्रिय किक बक्सिङ संघले प्रतियोगिता आयोजक कमिटीसँग आफ्नो सम्बन्ध नभएको स्पष्ट पारेको छ।
निखिल भारतीय कम्ब्याट खेलमा परिचित नाम थिए। हालै उनले छैटौं बेङलुरु ओपन एमएमए च्याम्पियनसिपमा भाग लिएका थिए। उनले निमचमा भएको पाँचौ एमएमए इन्डियन नेशनलमा पनि भाग लिएका थिए।
प्रतिक्रिया