केन्द्रीय सदस्यको आलोचना पछि प्रधानमन्त्री देउवाले भने, ‘हतियार किनिन्न्’

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा हतियार खरिदको मुद्धाबाट पछाडि हटेका छन्। 

नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको उत्तर दिने क्रममा सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाल प्रहरीका लागि तत्काल हतियार नकिन्ने जानकारी गराए। 

यसअघि अमेरिकाबाट नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो।

विदेशी मुद्रा भण्डारन खस्किएको र देशमा आर्थिक समस्या परेको बेला कमिशनको चक्करमा हतियार किन्न लागेको भन्दै सरकारको आलोचना भएको थियो। 

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरूले पनि आर्थिक समस्या भएको बेला किन सरकारले करौडौंको हतियार किन्न लागेको भन्दै देउवासमक्ष प्रश्न तेस्र्याएका थिए। 

एक दिनअघि आफूलाई पार्टी भित्रबाट असहयोग भएको भन्दै आपत्ति जनाएका देउवाले बिहीबार संयमित हुँदै हतियार नकिन्ने जानकारी गराए। सरकारले किन्न लागेको हतियारको विरोधमा संसदमा पनि कुरा उठेको थियो। 

प्रतिक्रिया