प्रहरी महानिरीक्षक इन्टरपोलको ८९औं महासभामा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् । टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् । क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन मंसिर ५ गते टर्की प्रस्थान गरेका थिए ।

प्रतिक्रिया