थापा गाउँमा कवि राजदूतको रात्रीभोज

काठमाडौं। नवनियुक्त राजदूत दुर्गा बहादुर सुवेदी (दुबसु)ले आफू जापानका लागि नेपालको कुटनीतिक प्रतिनिधि नियुक्त भएको खुशीयालीमा रात्रीभोजको आयोजना गरेका छन्। दुबसुलाई सरकारले पाँच दिनअघि जापानका लागि राजदूत नियुक्त गरेको हो।

दुबसुले आज साँझ साढे पाँच बजे काठमाडौंको बानेश्वर बैंक्वेटमा ‘स्वागत समारोह तथा रात्रीभोज’ को Nimto rajdoot koआयोजना गरिएको भनेर औपचारिक निमन्त्रणा पत्र पठाएका छन्। 

परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधि, मन्त्रीहरु सहित सरकारका उच्च पदस्थ अधिकारीहरु, नेता र आफ्ना घनिष्ठ साथीसंगीलाई उनले रात्रीभोजमा निमन्त्रणा गरेको बुझिएको छ।

दुबसु यसअघि बेलायतका राजदूत थिए। परराष्ट्र मन्त्रालयमा लामो समय काम गरेका उनी राज्य सन्यन्त्र र नेता कज्याएर आफ्नो दूनो सोझ्याउन सिपालु मानिन्छन्।

कुनैबेला सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह सहितको सांसद टोलीलाई  बेलायत, फ्रान्स, जर्मनी लगायतका देश घुमाएर विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारीको औषधि उपचारसहितको बेरुजु हुने भत्ता मिनाह गराउन दुबसुले महत्वपूर्ण योगदान गरेको बिषय निकै चर्चित थियो। 

सार्वजनिक लेखा समितिका सभापति शाहसहित सदस्यहरु प्रेमबहादुर आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी र समितिका सचिव डा.रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमन, इन्डोनेसिया, साउदी अरबलगायतका देश घुमेको कुराले काठमाडौंका बैठक कोठा तताएको थियो। यो भ्रमणले करिब ३० करोड रुपैंयाँ बराबरको बेरुजु जनिनसक्ने खर्च ढिसमिस भएको जानकार सूत्रले बताएको छ।  

     

 

प्रतिक्रिया