काठमाडौं। नेपाल नागरिकताको पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबार बसोको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी विधेयकको विपक्षमा थिए। प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका थिए।
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा समयसीमा राख्नुपर्ने विषयमा धेरै सांसदले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।
विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। प्रतिनिधि सभाबाट पास भएको विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने व्यवस्था समेटेको छैन । प्रतिनिधि सभाबाट पारित भएको यो विधेयकमाथि अब राष्ट्रियसभामा छलफल हुनेछ ।
प्रतिक्रिया