संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं। संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा राप्रपा कार्यकर्ताले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।

राप्रपाले यी माग राख्दै १ असारमा  प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । 


 

प्रतिक्रिया