खगराज अधिकारीको आपत्तिः चुनावको मिति तोकेर महाभियोगमाथि छलफल

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव समयमा सम्पादन हुन नसकेको भन्दै सांसद खगराज अधिकारीले आपत्ति जनाएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद अधिकारीले भने, ‘संविधानको उपहास नगरौं । महाभियोगसम्बन्धी प्रस्ताव समयभित्र सम्पादन गर्नुपर्थ्यो । गम्भीर प्रश्न खडा भयो । समयभित्र निरुपण हुनुपर्थ्यो।’

सरकारले संघ र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको र  महाभियोग प्रस्तावमाथि छलफल सकेर समितिमा पठाउनुपर्ने भन्दै उनले ३ महिना समयावधिमा यो पुरा नहुने बताए। उनले भने, ‘समितिलाई तीन महिना काम गर्ने समय नै छैन। तीन महिना समय नहुने राखेर हामी संविधानको उपहास गर्दैछौं की। न्याय दिँदाखेरी न्यायसम्मत गर्नुपर्छ। ढिलो गर्नु हुँदैन। ढिलो गर्नुभनेको न्याय नदिएजस्तै हो।’ 

प्रतिक्रिया