छायाँकार बिदुर पाण्डे रहेनन्

काठमाडौं। वरिष्ठ छायाँकार बिदुर पाण्डेको बुधबार बिहान  ह्रदयाघातका कारण निधन भएको छ। पारिवारिक श्रोतका अनुसार पाण्डेलाई सीतापाइलास्थित आफ्नै घरमा  ह्रदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। उनी ५४ वर्षका थिए। 

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन्। उनी पछिल्लो समय हिमालय टेलिभिजनमा कन्सलट्यान्टको रुपमा कार्यरत थिए।  

प्रतिक्रिया