काठमाडौं। ९ वर्षपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया–हतौडाबाट यसपालिको संसदीय चुनाव लड्ने पक्का भएको छ। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोग पुगेर मंगलबार संयुक्तरुपमा दल दर्ता गरेपछि भट्टराई २०७० सालपछि माओवादीको पुरानो चुनाव चिन्हबाट निर्वाचन लड्ने पक्का भएको हो। उनी २०७४ को चुनावमा नयाँ शक्ति पार्टीको अध्यक्ष थिए।
सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ। दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने विषयमा मंगलबार बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा सहमति जुटेको हो। माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो।
प्रतिक्रिया