बोध बहादुर राउत
२०२७ सालमा ब्वाइज युनियन क्लब एक्कासी ‘बी’ डिभिजनमा घटुवा भयो। त्यतिबेला क्लब अध्यक्ष डा.तुलसीराम बैध हुनुहुन्थ्यो। जो पछि गएर लुम्बिनी विश्वविधालयको उपकूलपति बन्नुभयो। उहाँले त्यतिबेला पीएचडी गरिसक्नुभएको थिएन। क्लब ‘ए’ डिभिजनबाट ‘बी’ मा झरेपछि उहाँलाई बनारसबाट पीएचडी गर्ने अवसर जुर्यो।
यसपछि क्लबको सम्पूर्ण जिम्मेवारी मलाई सुम्पिएर उहाँ अध्ययनका लागि बनारस लाग्नु भयो। म क्लबको सक्रिय खेलाडी पनि थिए। यति ठूलो जिम्मेवारी, वास्तवमै मेरो लागि कुनै परीक्षाभन्दा कम थिएन।
२०२७ सालमा क्लब ‘बी’ डिभिजनमा घटुवा हुँदा म पनि खेलाडी थिए। त्यो टिममा नेपालका पूर्व कप्तान रुपकराज शर्मा, सुरेश पन्थी, अच्युत श्रेष्ठलगायत खेलाडी सम्मिलित थिए।
क्लब घटुवा भएपछि रुपकहरूले ‘बी’ मा उत्रिएर खेल्ने कुरा भएन। उनीहरू छिमेकी न्युरोड टिम (एनआरटी) प्रवेश गरे। म भने क्लबको कार्यवहाक अध्यक्षको जिम्मेवारी बोक्दै ब्वाइज युनियनको पुरानो ‘ग्लोरी’ फर्काउने अभियानमा सक्रिय भए।
यसै क्रममा २०३१ सालमा क्लबको चुनाव भयो। जसमा मलाई नै अध्यक्ष बनाउने सर्वसहमति जुट्यो। म माथि झन् ठूलो दबाब सिर्जना भयो।
त्रिपुरेश्वरमा दशरथ रंगशाला, जहाँ दैनिक फुटबलको गतिविधि हुन्थ्यो। त्यसैको १० मिटरको वरिपरी ब्वाइज युनियन क्लब, दबाब त पर्ने भइहाल्यो नि! तर, भगवानको कृपाले म अध्यक्ष भएकै वर्ष ब्वाइज युनियन ‘बी’ बाट पुनः ‘ए’ मा बढुवा भयो।
यसपछि दबाब र चुनौति दुवै एकसाथ थपियो। किनभने रुपकहरू एनआरटी प्रवेश गरिसकेका थिए। तर, मेरो अनुरोध र क्लबको मायाले रुपक २०३२ सालको सहिद स्मारक लिग खेल्नुअघि नै क्लबमा फर्किए।
त्यतिबेला गोरखापत्रमा विश्वराज मास्के काम गर्थे। उनी जागिरका साथै विदेशी मुद्रा सटहीको कारोवार पनि गर्थे। हामीहरू विदेशी मुद्रा सटहीका लागि उनी कहाँ पुग्दा एउटा रमाइलो घटना भयो। हतारोमा पैसा साट्ने क्रममा झुक्किएर १ सय डलर बढी परेछ। हामी दंग।
उसले यतिबेला क्लबका लागि अर्को ठूलो काम गर्यो। अशोक केसी नेपाली फुटबलका चल्दोबल्दो स्ट्राइकर थिए। उनी एनआरटीबाट खेल्थे। रुपक ‘पटाएर’ उसलाई हाम्रो क्लबमा ल्याउन सफल भयो। रुपकसँगै एनआरटी गएका सुरेश पन्थी र अच्युत श्रेष्ठ ‘बैध’ त फर्किने नै भए, विराटनगरका ध्रुव क्षेत्री र त्रिपुरेश्वरमै बस्ने धनबहादुर बस्नेत (पछि राष्ट्रिय टोलीको प्रशिक्षक बने) लाई पनि क्लबमा भित्र्याउन सफल भए।
बलियो क्लबको संरचना बनाउने क्रममा कमल थापा (पछि एन्फा अध्यक्ष) सँग पनि मेरो गफ भएको थियो। उनी र म त्रिभुवन विश्वविधालयमा सहपाठी थियौं। त्यसैले मैले प्रस्ताव राखेको थिए। उसले पनि हुन्छ भनेको थियो। तर, क्लबमा ठमेलबाट नरेन्द्र श्रेष्ठ, देहरादुनको जुब्लियन ज्योतिबाट खेल्ने नरेन्जा सुब्बा, रामजी थापा, कोमल सापकोटा, बाबुराम गुरुङ, विदुर बिष्ट, अनन्त श्रेष्ठ र द्धारिका राउत जस्ता खेलाडीलाई भित्र्याउने क्रममा त्रिपुरेश्वरकै केटाहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा उठ्यो र मैले दोहर्याएर उनीसँग कुरा गर्न पाइन। उ लिगको बीचमा महावीर क्लबबाट उत्रियो।
...
२०३२ सालको लिगमा कूल १६ क्लब सहभागी भए। म क्लब अध्यक्ष र खेलाडी दुवै भूमिकामा सक्रिय थिए। क्लबमा राम्रो खेलाडीको जमघट भए पनि मलाई सुरुमा लिग जितिन्छ भन्ने लागेको थिएन। राम्रो पोजिशन आउँछ भन्ने चाहिँ थियो।
लिग खेल्नुपूर्व तयारीका लागि पैसाको आवश्यकता पर्यो। म र रुपक क्लबका लागि पैसा उठाउने अभियानमा सक्रिय भयौं। ‘ए’ डिभिजनमा क्लब उक्लिएको भएर यसपालि राम्रै चन्दा उठ्छ भन्ने हामीलाई लागेको थियो। तर, जति गर्दा पनि ११ सय रुपैयाँभन्दा बढी चन्दा उठेन।
२०३२ साल अघिसम्म नेपाली फुटबलमा क्लबका खेलाडीहरू जर्सी लगाएर मैदानमा त उत्रिन्थे तर विदेशी जर्सी भित्रिएको थिएन। लिगमा पहिलो पल्ट विदेशी जर्सी भित्र्याउने क्लब नै, ब्वाइज युनियन हो। २०३२ अघिसम्म गाउँघरकै लुगा सिउने दर्जीबाट एउटै रंगको कपडामा पछाडि नम्बर लेख्न लगाएर जर्सी बनाउने गथ्र्यो। यो गर्दा कहिले कुन खेलाडीको नम्बर माथि पथ्र्यो, कहिले तल। त्यही पनि जर्सी लगाएर मैदानमा उत्रिनु शानको विषय मानिन्थ्यो।
ख्याउटे ज्यान र कम उचाई भएका कारण मलाई सुरेश पन्थीले पेनाल्टीमा गोल गर्छ भन्ने पटक्कै लागेको थिएन। अरुलाई पनि त्यस्तै लागेको रहेछ। त्यसैले पन्थीले पेनाल्टी हान्दा हामी सबै विपक्षी गोल पोस्टतर्फ अनुहार देखाएर होइन, ढाड फर्काएर बसेका थियौं। रेफ्रीले गोलको ‘ह्वीसल’ बजाएपछि मात्र हामी पर्लक्क फर्कियौं। अच्युत श्रेष्ठ ‘बैध’ जितको खुसीले यति उत्साही भयो, उ मैदानमै रुन थाल्यो। उ रोएको देखेपछि हामीले पनि आँशु थाम्न सकेनौं।
त्यतिबेला हामीहरू ब्राजिल फुटबलको दिवाना थियौं। त्यसैले क्लबले विचार गर्यो, थाइल्याण्डको राजधानी बैंककबाट जर्सी मगाएर किन लिगमा नउत्रिने? यतिबेला चिनेजानेका थुप्रै व्यक्तिहरू बैंककबाट सामान झिकाएर काठमाडौंमा व्यापार गर्थे।
लिगका लागि भनेर चन्दा उठाउने काम पनि समाप्त भइसकेको थियो। हामीले सोचे जस्तो रकम नउठे पनि जर्सी चाहिँ बैंककबाट झिकाएर ब्राजिलको जस्तो पहेँलो रंगको लगाउने कुरामा सबैको सहमति जुट्यो।
त्यतिबेला गोरखापत्रमा विश्वराज मास्के काम गर्थे। उनी जागिरका साथै विदेशी मुद्रा सटहीको कारोवार पनि गर्थे। हामीहरू विदेशी मुद्रा सटहीका लागि उनी कहाँ पुग्दा एउटा रमाइलो घटना भयो। हतारोमा पैसा साट्ने क्रममा झुक्किएर १ सय डलर बढी परेछ। हामी दंग।
त्यतिबेला एन्फा सचिव टिकाराम शाही थिए। उनी फुटबलकै एउटा कार्यक्रममा भाग लिन विदेश जान लागेका रहेछन्। हामीले उनीसँग जर्सी किनेर ल्याइदिन आग्रह गर्यौं। ‘यसरी त कसैले सोचेको थिएन’, उनी छक्क परे। उनले हामीले भने जस्तै फर्किदा बैंककबाट पहेँलो जर्सी बोकेर ल्याए।
...
२०३२ सालमा लिग खेल्न पहिलो पल्ट मैदानमा उत्रिएको कहानी अझ रोचक छ। विभिन्न ठाउँका खेलाडी जम्मा पार्ने क्रममा टिम राम्रो भयो। त्यसमा पनि विदेशबाट ल्याएको जर्सीले सुनमा सुगन्ध थप्यो। तर, ब्वाइज युनियनको ‘ब्याडलक’।
पहिलो खेल महाराजगञ्जको नवीन–११ टिमविरूद्ध थियो। खासै नाम नचलेका खेलाडी भएको हुनाले सुरुदेखि नै हेपेर खेल्यौं। सुरुवातमा हामी २–० ले अगाडि थियौं। तर, त्यसपछि खेलले अर्को रुप लियो। हेपेर खेलेको नतिजा, खेल सकिन ७ मिनेट बाँकी हुँदा उनीहरूले उल्टै ४ गोल फर्काए। मैदान बाहिरबाट हामीविरूद्ध होहल्ला सुरु भयो। क्लबका शुभचिन्तकहरू कराउन थाले, ‘ये ७ मिनेट बाँकी छ। छिटो गर।’
धन्न! त्यो दिन। हाम्रो दिन थियो। हामीले ७ मिनेटभित्र दुई गोल फर्कायौं र खेल ४–४ गोलको बराबरीमा पुग्यो। इन्जुरी टाइममा नवीन–११ को गोल पोस्टमा अर्को अवसर जुर्यो। त्यतिबेला ९० मिनेट दौडिएर लोथ भइसकेका हामी बल छुने अवस्थामा पनि थिएनौं। नवीन–११ को गोल पोस्टमा मैले खुल्ला बल पाए। मेरो अगाडि विपक्षी गोलकिपर मात्र थिए। उनी मूलतः नेपाल प्रहरीका गोलकिपर थिए। तर, लिगमा प्रहरी क्लबलाई खेल्न नदिने नीति अनुरुप उनी नवीन–११ बाट उत्रिएका थिए। बलमा झम्टिने प्रयासमा उनले मेरो खुट्टा समाउन पुगेपछि कोरियन रेफ्री चाङले सिधै पेनाल्टीको ‘ह्वीसल’ बजाए।
चाङ नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन आएका थिए। तर, नेपालमा ‘न्युट्रल रेफ्री’ नभएका कारण उनी लिगमा रेफ्रीको भूमिकामा देखा परेका थिए। वास्तवमा त्यतिबेला दौडिदा दौडिदै मेरो खुट्टा कामिरहेको थियो। गोलकिपरले मेरो खुट्टा नसमातेको भए पनि गोल हान्न सक्ने अवस्थामा म थिइन।
रेफ्रीको निर्णयलाई लिएर नवीन–११ का खेलाडीले केही बेर हंगामा गरे। तर, चाङले गोलकिपरलाई ‘तिमीले खुट्टा’ समाएको हो कि, होइन? भन्ने प्रश्न गरेपछि, झगडा साम्य भयो। उसले हो भन्यो।
यतिबेला हाम्रो टिममा पनि कसले पेनाल्टी हान्ने भनेर गाइगुई चल्यो। सबै थाकेको अवस्था। म अशोक केसीले पेनाल्टी हानोस् भन्ने चाहन्थे। उ जल्दोबल्दो स्ट्राइकर पनि थियो। तर, मेरो सुझावको ठिक विपरित रुपकले सुरेश पन्थीको सिफारिस गर्यो। मैले मुख खुम्च्याए। ख्याउटे ज्यान र कम उचाई भएका कारण मलाई सुरेश पन्थीले पेनाल्टीमा गोल गर्छ भन्ने पटक्कै लागेको थिएन। अरुलाई पनि त्यस्तै लागेको रहेछ। त्यसैले पन्थीले पेनाल्टी हान्दा हामी सबै विपक्षी गोल पोस्टतर्फ अनुहार देखाएर होइन, ढाड फर्काएर बसेका थियौं। रेफ्रीले गोलको ‘ह्वीसल’ बजाएपछि मात्र हामी पर्लक्क फर्कियौं। अच्युत श्रेष्ठ ‘बैध’ जितको खुसीले यति उत्साही भयो, उ मैदानमै रुन थाल्यो। उ रोएको देखेपछि हामीले पनि आँशु थाम्न सकेनौं।
सुरेश पन्थीप्रति रुपकको विश्वास वास्तवमै सलाम गर्ने खालको थियो। पछि पन्थी राष्ट्रिय टोलीको पेनाल्टी विशेषज्ञ भएर निस्कियो।
...
२०३२ सालको लिगमा हाम्रो लागि सबैभन्दा खराब नतिजा जावलाखेलविरूद्ध थियो। जावलाखेलबाट विजय क्षेत्री खेल्थ्यो। उ मेरै घरमा बसेर हुर्किएको थियो। त्यसैले उसँग क्लबका सबै खेलाडीको दोस्ताना सम्बन्ध थियो। लिगको खेल अगाडि बढ्दै जाँदा सबैले महावीर र हामीलाई उपाधिको दावेदार मान्न थालिसकेका थिए। त्यसैले जावलाखेलविरूद्धको खेल अगाडि उसले मलाई भन्यो, ‘राजा धेरै गोल हान्ने होइन है।’ हामी दंग। फुर्किएर खेल्ने भएको ०–२ गोलले पराजित। मैदानबाट बाहिर निस्किदा हाम्रो अनुहार युद्ध हारेको सिपाही जस्तै लत्रिएको थियो।
....
२०३२ सालको लिग जित्ने ‘टर्निङ प्वाइन्ट’ नै महावीर र बौद्ध–११ क्लबविरूद्धको खेल भयो। महावीरविरूद्ध खेल अगाडि बौद्ध रेलिगेशनको पुछारमा थियो। त्यसैले महावीरले हेपेर खेल्यो। उसले बौद्धलाई हेप्ने क्रममा अर्को ठूलो गल्ती गर्यो।
त्यतिबेला लिगका लागि १६ खेलाडीले अनिवार्य रजिस्ट्रेशन गर्नुपर्ने नियम थियो। तर, महावीरले फिफाको नियमको उल्लङ्घन गर्दै बौद्धविरूद्धको खेलमा रजिस्ट्रेशन नै नभएका खेलाडीलाई मैदानमा उतार्यो। यो खेल भइरहँदा म र रुपक रंगशालामा उपस्थित थियौं। महावीरका खेलाडी मैदानमा प्रवेश गर्न थालेपछि मलाई थाहा भइहाल्यो, उनीहरूले नियमविपरित काम गरिरहेका छन्। खेल भइरहँदा मैले ‘अब्जेक्सन’ गरिन्। मेरो दाउ अर्के थियो।
महावीरले मज्जाले खेल जित्यो। खेल सकिएपछि मैले रुपकलाई महावीर क्लबका खेलाडीहरूको नाम लिन जाउँ भने। तर, उसले मानेन। ‘हे’ भन्यो। उसलाई मेरो दिमागमा के चलिरहेको थियो भन्ने ज्ञान थिएन। त्यसैले जान मानेन।
म आयोजक कमिटी भएको ठाउँमा पुगे। त्यतिबेला लिग आयोजनाको जिम्मा कोषाध्यक्ष फत्तेबहादुर नेपालीको काँधमा थियो। उनी अध्यक्ष रोमबहादुर थापाको मन परेको मान्छे थिए। त्यसैले उनले सबै जिम्मेवारी फत्तेबहादुरलाई दिएका थिए। मैले सुरुमा महावीर क्लबका खेलाडीहरूको नाम माग्दा, उनले झर्किदै भने, ‘किन चाहियो नाम?’
त्यो बेला खुसीको सिमाना थिएन। हामी खुसीले मैदानमा रोएका थियौं। यो ब्वाइज युनियनको पहिलो र अहिलेसम्मको एक मात्र लिग उपाधिमाथि कब्जा थियो। रमाइलो कुरा, लिग जितेर पनि हामीलाई धित मरेको थिएन। हामी लिग जितेको कुरा महावीरका खेलाडी तथा दर्शकलाई उनीहरूकै घरमा गएर सुनाउन चाहन्थ्यौं। त्यसैले जितपछि एउटा गाडी भाडामा लियौं र सबै खेलाडी त्यसमा बसेर कप अगाडि राख्दै डिल्लीबजारतर्फ हुँइकियौं।
त्यतिबेला एन्फासँग न फोटोकपी मेसिन थियो, न लिथो मेसिन नै। तर, कर गरेपछि उनले नाम सार्ने सुविधा दिए। म कानुनको विधार्थी। मलाई कानुनी विषयको जानकारी थियो। त्यसैले मैले सबै खेलाडीको नाम सारेर, उनलाई सक्कल बमोजिमको नक्कल ठिक छ भन्दै कागजको पछाडि हस्ताक्षर गर्न लगाए।
उनले अचम्म मान्दै सबै नाम रुजु गरे। अनि हस्ताक्षर गरेर संघको छाप लगाइदिए। उनलाई पनि मेरो दिमागमा के चलिरहेको छ, त्यो थाहा थिएन।
....
लिगका अन्य खेल सञ्चालन हुँदै जाँदा उपाधिका लागि ब्वाइज युनियन र महावीर क्लबको खेल महत्वपूर्ण बन्न गयो। उपाधि जित्न दुई क्लबबीचको भिडन्तमा जित अनिवार्य बन्यो। तर, दुवै टिमले गोलहित ‘ड्र’ खेले। खेल सकिएपछि मैदानमै म लगलग कामिरहेको थिए। मैले जर्सीको खल्तीमा महावीर क्लबले बौद्धसँग खेल्दा उतारेको टिमको नाम, जसलाई एन्फाले रुजु गरेर सहिछाप गरिदिएको थियो। त्यसको पनि नक्कल कपीलाई ‘नक्कल अनुसारको नक्कल पनि ठिक छ’ भन्ने सहिछाप गराएर ल्याएको थिए। त्यो कपी र हामीविरूद्ध मैदानमा उतारेको महावीरको खेलाडीहरूको सूची मैदानमै लेखेर एन्फामा ‘प्रोटेस्ट’ हाले।
एन्फाले ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भन्ने ब्यहोराको दिएको पत्रको पुनः नक्कल कपीको पनि नक्कल गर्नुको अर्को कारण थियो। एन्फाले सहिछाप गरेर मलाई दिएको पत्र एउटा मात्र थियो। त्यो कपी हेर्ने बहानामा महावीरका खेलाडीले च्यातचुत पार्छन कि भन्ने डरले मैले ‘नक्कलको पनि नक्कल’ कपीमा रुजु गराएको थिए।
महावीरविरूद्ध प्रोटेस्ट परेपछि रंगशाला हुँदै पुरै शहरमा हल्ला–खल्ला भयो। बोधे आफै वकिल हो, यसले छोड्दैन भन्नेको भिड बढ्यो।
कुरा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव कुमार खड्गविक्रम शाहसम्म पुग्यो। बैठक बस्यो। महावीरका खेलाडीदेखि पदाधिकारीसम्म अपीलका लागि पुगे। तर, महावीरको समर्थक भए पनि खड्गविक्रमको केही लागेन। उनले महावीरका पदाधिकारीलाई सोधे, ‘नियम विपरित बाहिरी खेलाडी खेलाएको हो?’
गल्ती भयो भन्ने बाहेक उनीहरूसँग उत्तर थिएन। मैले हालेको प्रोटेस्ट लाग्यो। यतिबेला ब्वाइज युनियन र महावीरको अंक बराबरी थियो। महावीर उपाधिको दौडबाट बाहिरियो। ब्वाइज युनियन अगाडि बढ्यो।
....
उपाधिका लागि फाइनल खेल ब्वाइज युनियन र संकटा क्लबबीच तय भयो। पहिलो पल्ट फाइनल पुगेको हुनाले ब्वाइज युनियनको आकर्षण बढी थियो। क्लबले एउटा ट्याक्सी नै रिजर्भ गरेर बिहानैदेखि फाइनल खेलको प्रचार–प्रसार गरेको थियो।
दिउँसो दशरथ रंगशालामा मानिसहरू टनाटन थिए। हामीलाई फाइनल जित्न खासै समस्या भएन। अशोक केसी, धनबहादुर बस्नेत, अच्युतलगायतले गोल हानेपछि ४–२ गोलले उपाधि जित्यौं।
त्यो बेला खुसीको सिमाना थिएन। हामी खुसीले मैदानमा रोएका थियौं। यो ब्वाइज युनियनको पहिलो र अहिलेसम्मको एक मात्र लिग उपाधिमाथि कब्जा थियो। रमाइलो कुरा, लिग जितेर पनि हामीलाई धित मरेको थिएन। हामी लिग जितेको कुरा महावीरका खेलाडी तथा दर्शकलाई उनीहरूकै घरमा गएर सुनाउन चाहन्थ्यौं। त्यसैले जितपछि एउटा गाडी भाडामा लियौं र सबै खेलाडी त्यसमा बसेर कप अगाडि राख्दै डिल्लीबजारतर्फ हुँइकियौं। त्यतिबेला हाम्रो नारा थियो–
यो जित कसको?
–ब्वाइज युनियनको।
गोलकी कस्तो?
–चुम्बक जस्तो।
यसपछि ब्वाइज युनियनको ‘स्वर्णीमकाल’ सुरु भयो। यही बर्ष हामीले नकआउट प्रतियोगिता त्रिभुवन च्यालेञ्ज शिल्ड पनि जित्यौं। अर्को वर्ष क्लबमा भारतीय फुटबल कप्तान श्याम थापाको आगमन भयो। क्रमशः
( नवीन अर्यालसँग गरेको कुराकानी)
प्रतिक्रिया