केशवप्रसाद भट्टराई ।
१. केपी ओली र एमालेको सवैभन्दा कठीन परीक्षा त आगामी स्थानीय र राष्ट्रिय निर्वाचनहरूमा होला,
तर यो दशौँ राष्ट्रिय महाधिवेशन चाँही केपी ओली र एमालेको विवेक र न्याय. निष्ठाको परीक्षा हो ।
अझै पनि उनका पार्टीमा रहेका चर्चित तर वौद्धिकरूपमा अत्यन्त अराजक र अव्यवस्थित नेताहरूले आफ्ना पार्टी सभापति र प्रधानमन्त्रीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरे ।
संसदीय दलको नेताबाट हटाए ।
अर्कै अर्कैलाई पार्टी सभापति र दलको नेता बनाए ।
विपक्ष चाहिरहेको थिएन तर ओलीजीका आफ्नै पार्टीका सांसदहरूले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याए, ओलीलाई प्रधान मन्त्रीबाट हटाउन राष्ट्रपति समक्ष पुगे ।
अदालत गुहारे ।
पार्टी विभाजनका अन्तिम बाहेकका सवै प्रक्रियामा संलग्न भए ।
२. तर अर्काथरी पूर्व माओवादी पृष्ठभूमिबाट आएकाहरू हिमाल जस्तै भएर ओलीको पक्षमा उभिए ।
पार्टीबाट निकालिए–डेग चलेनन् ।
सांसदबाट निकालिए , झन् दृढता, साहश र स्वाभिमानका साथ ओलीको पक्षमा उभिए ।
राजनीतिकरूपमा उनीहरूको खोस्न सकिने जति सवै खोसियो !
अनैतिक र अविवेकपूर्ण तरिकाले अपमानित भए , लाञ्छना र ताडनाको सिकार भए ।
तर ओलीसँगै रहे ।
एकताको मर्म बोकेर नै बसे ।
असीमित साहश र धैर्य बोकेरै त्यसलाई व्यवहारमा प्रदर्शन गरेरै बसे ।
उनीहरूले आफूले गर्नसक्ने केही बाँकी राखेनन् !
दिन बाँकी केही राखेनन् ।
३. अब ओलीको पालो !
माओवादी पृष्ठभूमिका र ओलीजीको र उनको पार्टीमा उनको पक्षमा रहँदा राजनीतिकरुपमा सर्वस्वहरण भएकाहरू माथि उनले कस्तो विवेक र न्याय प्रदर्शन गर्न सक्दछन् ?
दुनियाँले हेरिरहेको छ –ओलीको न्याय निर्णय कस्तो हुँदो रहेछ ?
उनको विवेक कुन स्तरको रहेछ ।
नेतृत्व क्षमता कस्तो रहेछ ?
साँच्चै पर्दा कत्तिको राजनीतिक जोखिम मोल्न्न र साहश प्रदर्शन गर्न सक्दा रहेछन् !
४. परीक्षण अर्को मुद्दामा पनि हुनेछ –
गोकुल बास्कोटा, महेश वस्नेत र निरूदेवी पालहरूले संघीयता र धर्म निरपेक्षताबारे बारम्बार प्रश्न उठाइरहेका छन् !
सम्भवत पार्टीमा सो साम्बधी प्रस्ताव पनि राखेका छन् ।
एमालेका ती इमान्दार , लोकप्रिय र साहशी युवा नेताहरूले जनभावना बोकेर, त्यसलाई आत्मसात गरेर, राष्ट्रको दीर्घकालीन हीत र सुरक्षालाई दृष्टिगत गरेर उठाएका ती सवालहरूमाथि एउटा प्रक्रिया निर्धारण गरेर छलफल गराउने राजनीतिक हिम्मत छ ओलीजी समक्ष !
५ . मलाई थाहा छ, मैले भोट हाल्ने गरेकोका पार्टी सभापति शेरबहादुर देउवाजीले त्यो हिम्मत गर्दैनन् , भलै म ओलीजीको पार्टीको मतदाता होइन, तर ओलीजीलाई म राष्ट्रको नेता मान्दछु ।
त्यसकारण उनी मेरा पनि नेता हुन् ।
वीपी कोइराला पछि राष्ट्रियरूपमा यति स्वीकार्य नेता अरू भए जस्तो लाग्दैन ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि वीपीपछि सवैभन्दा बढी लेखिएका,पढिएका, चर्चामा आएका नेपाली नेता उनै हुन् !
त्यसैले एउटा साधारण नागरिकको हैसियतले यति लेख्ने अधिकार छ कि भन्ने लागेको हो !
(लेखकको फेसबुकबाट)
प्रतिक्रिया