जनार्दन र वर्षमानलाई उछिन्दै देव गुरुङ बने माओवादी केन्द्रका महासचिव

काठमाडौं। नेकपा माओवादी केन्द्रले देवप्रसाद गुरुङलाई महासचिव नियुक्त गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङलाई महासचिव नियुक्त गरेका हुन्। 

यसअघि महासचिवको चर्चामा आएका जर्नादन शर्मा र बर्षामान पुन दुवै नेतालाई उपमहासचिव नियुक्त गरिएको छ। ७ जना उपमहासचिवमा यी दुई नेताका साथै गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्पा भुषाल, शक्ति बस्नेत र मातृकाप्रसाद यादवलाई नियुक्त गरिएको छ। 

योसँगै माओवादीको केन्द्रीय कमिटी यस प्रकार रहेको छ। 

अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’
बरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ
उपाध्यक्षः कृष्णबहादुर महरा
महासचिवः देवप्रसाद गुरुङ
उपमहासचिवः जनार्दन शर्मा, पम्पा भुषाल, गिरिराजमणि पोखरेल, बर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृकाप्रसाद यादव
सचिवः दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की
कोषाध्यक्षः श्रीराम ढकाल
 

प्रतिक्रिया