चार वर्षपछि उज्जवल फर्किए बक्सिङमा

काठमाडौं। चार वर्ष बक्सिङबाट विश्राम लिएका उज्जवल बस्नेत आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। 

नवौं राष्ट्रिय खेलकुद पोखरामा आयोजना हुँदैछ। मंगलबार काठमाडौंमा अआयोजित बागमती प्रदेशस्तरीय बक्सिङमा उनले पुरुष ९२ केजीमाथि तौल समूहमा ललितपुरका आसुतोष भण्डारीलाई एबीडीको आधारमा पराजित गरे। 

स्थायी घर कीर्तिपुर भए पनि उनी काभ्रेबाट रिङमा उत्रिएका थिए। 


 

प्रतिक्रिया