अर्जेन्टिनाको उप राष्ट्रपतिलाई मार्ने प्रयास असफल

काठमाडौं। अर्जेन्टिनाकी उप राष्ट्रपति क्रिस्टिना फर्नान्डिजको हत्याको प्रयास गरिरहेका एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार राती क्रिस्टिना आफ्नो घर बाहिर समर्थकहरूको बीचमा उभिएकी थिइन। तर, त्यही अज्ञात व्यक्तिले पोइन्ट ब्ल्याक रेन्जमा बन्दुक तानेर उभिएपछि प्रहरीले पक्राउ गरेको हो। 

 

त्यहाँ उपस्थित अन्य व्यक्तिले घटनाको भिडियो बनाएका थिए। जुन यतिबेला सोसल मिडियामा भाइरल भइरहेको छ। 
अर्जेन्टिनाको रक्षा मन्त्रीले स्थानीय न्युज च्यानल सी५एनलाई घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, ‘अज्ञात व्यक्तिले उप राष्ट्रपतिको अनुहार नजिकै बन्दुक सोझ्याएका थिए।’

घटना लगत्तै उप राष्ट्रपतिको सुरक्षामा खटिएका गार्डहरू सक्रिय भए। उनको पहिचान खुलाइएको छैन। बन्दुक नक्कली थियो असली, यसको पहिचान खुलाइएको छैन। 

प्रतिक्रिया