हेरात। अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार बम बिस्फोट हुँदा तालिबानका सबैभन्दा ठूला धर्मगुरुमध्ये एक मुल्ला मुजीब उर रहमान अन्सारीको निधन भएको छ। जुमेको नमाज गर्ने क्रममा बिस्फोट भएको थियो। घटना गाजारघ शहरमा भएको बताइएको छ। गत महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए। यो बिस्फोटको पछाडि आइएसआइएसको खुरासान समूहको हात भएको आशंका गरिएको छ। तालिबान सरकारले यस विषयमा कुनै जानकारी उपलब्ध गराएको छैन।
मिडिया रिपोर्ट अनुसार गाजाघरस्थित मस्जिदमा २ वटा बिस्फोट भएको थियो। जहाँ जुमेको नमाज भइरहेको थियो। मुल्ला मुजीब मस्जिदका प्रमुख इमाम थिए। उनी केही घण्टाअघि हेरातस्थित एउटा अर्थ सम्बन्धि कार्यक्रममा भाग लिएर फर्किएका थिए।
मुजीबलाई तालिबानको सबैभन्दा कट्टर नेता मानिन्छ। उनी महिलाहरूको शिक्षा र घरबाट निस्किने कुराको विरोधमा थिए। दुई महिनाअघि उनले एउटा फतवा जारी गर्दै भनेका थिए, ‘जसले तालिबान शासनको विरोध गर्छ र उसको आदेश मान्दैन, उसको टाउको काटिने छ।’ उनको यो फतवालाई तालिबान सरकारका प्रवक्ताले निजी विचार भन्दै खण्डन गरेका थिए।
प्रतिक्रिया