काठमाडौं। लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुने पक्का भएको छ। ४७ वर्षीय लिजले बोरिस जोन्सनलाई प्रतिस्थापन गर्दै बेलायतको प्रधानमन्त्री बन्ने भएकी छिन्। उनले भारतीय मुलका ऋषि सुनकलाई पराजित गर्दै प्रधानमन्त्री बन्ने सुनिश्चित गरेकी हुन्।
दक्षिणपन्थी मानिने लिज मार्गरेट थ्याचर र थेरेसापछि महिला प्रधानमन्त्री बन्न लागेकी हुन्।
उनले ऋषि सुनकलाई २१ हजार भोटको हाराहारीमा पराजित गरेकी थिइन। कूल १ लाख ७२ हजार ४ सय ३७ मत खसेकोमा लिजले ८१ हजार ३ सय २६ मत प्राप्त गरिन। सुनकले ६० हजार ३ सय ९९ मत प्राप्त गरे।
बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने निश्चित भएपछि उनले आफ्नो परिवार र साथीहरूलाई धन्यबाद भनेकी छिन्।
प्रतिक्रिया