काठमाडौं । चीनले विकासको जतिसुकै फड्को मारे पनि चिनिया समाज कुन हदसम्म संकिर्ण छ भन्ने एउटा घटनाले स्पष्ट गर्छ । यो फोटो प्रख्यात चिनिया फेशन फोटोग्राफर चेन मेनले खिचेकी हुन् । तर, कतिपय चिनिया आलोचकलाई फोटो पटक्कै मन परेन । सरकारी पक्षलाई त झन मन परेन ।
यो फोटोमा झट्ट हेर्दा खासै केही कैफीयत देखिदैन । तर, यसलाई चिनियाँ सौन्दर्य मानकविपरीत करार दिइयो । आलोचकहरुले फोटोमा पर्स समातीरहेकी एशीयाली मोडलको जुन अनुहार देखिन्छ, त्यसलाई पूर्वी एशीयाली सौन्दर्य मानकभन्दा बिपरीत बताए । उनीहरुले भने, ‘यसले एशीयाली अनुहारको पश्चिमी रुढीवादलाई कायम राख्छ, जस्तै झुकेको कालो आँखा र खैरो छाला ।’
उग्र आलोचनापछि फेशन हाउस ‘डियोर’ले साँंघाइको एक प्रदर्शनीबाट चेन मेनले खिचेको यो तस्वीर हटाएको छ । चिनिया सामाजिक संजालमा डियोरले भनेको छ, ‘यो विज्ञापन हैन, एउटा कलाको हिस्सा थियो, चिनिया जनताको भावनाको हामी सम्मान गर्छौं र चीनको कानून तथा नियमलाई कडाइका साथ पालन गर्छौं ।’
फोटोग्राफर चेनले पनि चिनिया जनताले ‘अपमान ठानेको’ यो कामप्रति माफी मागेकी छिन् । चेनले ‘योङ पायोनियर्स’सहित आफ्ना यसअघिका कामहरुमाथिको आलोचनालाई स्वीकार गरेकी छिन् । ‘योङ पायोनियर्स’ युवा मोडलका तस्वीरहरुको सिलसिला हो, जुन चीनको विशाल ‘थ्री ग्रजेज डयाम’जस्ता प्रमुख ठाउको पृष्ठभूमिमा खिचिएको थियो ।
चिनिया सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’का तर्फबाट फोटोको आलोचनाको खबर प्रकाशित भएको थियो । यसमा फोटोग्राफर चेनको कामलाई ‘बाल अश्लिलता झल्काउने र योङ पायोनियर्सको अपमान’ भनिएको थियो । ‘यम पायोनियर्स’ खासमा कम्युनिष्ट पार्टीसँग सम्बद्ध युवा सँगठनको नाम हो ।
चेनले यसै साता सामाजिक संजालमा आफ्नो अकाउन्टमा लेखीन्, ‘म आफ्नो अपरिपक्वता र लापरवाहीका लागि स्वयंलाई जिम्मेवार मान्छु । मलाई लाग्छ, मैले अब पनि सबैसँग औपचारिक रुपमै माफी माग्नुपर्छ ।’
फोटोग्राफर चेनले थप लेखेकी छिन्, ‘म चीनमै जन्मीएकी हूँ यही हुर्के बढेकी हुँ । म आफ्नो मातृभूमिलाई औधि प्रेम गर्छु । एक कलाकारका रुपमा म चीनको लोकप्रिय संस्कृति प्रसारित गर्ने आफ्नो जिम्मेवारी पनि बोध गर्छु ।’
चेन अब ति कयौं चिनियाँ र विदेशी हस्तीहरु, ब्रान्ड र कलाकारहरुमा समावेश भएकी छिन्, जसले सरकारी मिडियामा आफ्नो कामको आलोचनापछि माफी माग्न विवश भए । माफी नमाग्नेलाई चाहिँ सामाजिक बहिस्कार गरिएका कयौं उदाहरण छन् ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया