त्रि–दोष के हो, कसरी बच्ने यसबाट? 

त्रि–दोष (वात, पित्त र कफ) माथि गरिएको यो चर्चा सबैलाई उपयोगी हुनसक्छ। यो लेखमा त्रि–दोषबारे विस्तारमा व्याख्या गरिएको छ। तपार्इं आफ्नै शरीरको नाकारात्मक दोष समेतलाई पहिचान गर्न सक्नु हुनेछ र यसको समाधान पनि आफैं गर्न सक्नु हुनेछ।

के तपाईंलाई त्रि–दोष थाहा छ? त्रि–दोष असन्तुलन भयो भने के हुन्छ? त्रि–दोषलाई पहिचान गर्नुस्, आफ्नो शरीरको डाक्टर आफैं बन्नुस्।

दोष भनेको के हो?

आयुर्वेद विज्ञानमा वात, पित्त, कफलाई दोष मानिन्छ। दोषहरूलाई दुई भागमा विभाजन गरिएको छ।

१) शारीरिक दोष जसलाई वात, पित्त र कफ गरी तीन भागमा विभाजन गरिएको छ। 

२) मानसिक दोषलाई रज र तम गरी दुई भागमा विभाजन गरिएको छ। यसमा कुनै एक दोष मात्र असन्तुलन भयो भने स्वास्थ्यमा समस्या आउँछ।

दोषहरूको बनावट यस प्रकार छ

१. वात दोष– वायु र आकाश मिलेर वात दोष निर्माण हुन्छ।  यसको स्थान पेट, सानो आत र ठूलो आत। यसको समय रात्री हो।
२. पित्त दोष– अग्नि मिलेर पित्त दोष बन्छ।  यसको स्थान सानो आत र पेट। यसको समय मध्यान्ह हो।
३. कफ दोष–पृथ्वी र जल मिलेर कफ दोष बन्छ। यसको स्थान पेट र छाती। यसको समय विहान ४ देखि ६ बजेसम्म हो।

दोषहरूको विभिन्न कामहरु

वातको कामः वायुले शरीरलाई संचालन गर्ने काम गर्छ। शरीरका सबै अंगको गति अर्थात् शरीरको हलचल वातको कारणले हुन्छ। त्यसैले वातको काम श्वास फेर्न सजिलो गर्नु, शरीरमा रस आदि धातुहरू राम्रोसँग बग्नु, शरीरबाट मल, पिसाब निस्कासन गराई शरीरमा उत्साह गराउने काम गर्छ।  

पित्तको काम 

पित्तको मुख्य काम आहारलाई पचाउनु, शरीरलाई आवश्यक ताप दिनु, भोक प्यास सन्तुलन गर्नु हो।  

कफको काम 

शरीरको विकास गर्न, शरीरलाई बल र शक्ति दिने काम गर्छ। शरीरमा घाउचोट हुँदा भर्ने, जोर्नीहरूलाई हलचल गर्न सहयोग गर्छ भने कफले शरीरको तौल ठिक्क मात्रामा राख्ने गर्छ। त्यसैगरी कफले सहनशीलता, संतोष र धैर्य दिने काम गर्छ।

यी तीनै दोषहरूको संतुलन नै स्वस्थ शरीरको पहिचान हो। हाम्रो शरीरमा जति पनि समस्या आउँछन्  यी त्रिदोषको असंतुलनले आउने गर्छन्।

बातवद्धर्क खाना  

वायु बढाउने खालका खानाले वात बढाउने गर्छ। अन्नः दुई दलीय अन्नहरू, पच्न गाह्रो हुने खानाहरू माछा, मासु, अन्डा र प्रोटिन प्रधान खानाहरू बढी खानाले बात बढाउने गर्छ। केराउ बढी वायुकारक हुन्छ ।

तरकारीः तोरीको साग, पालुंगोको साग, कुरिलो, भान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि बातवद्र्धक हुन्। गुन्द्रुक र तामा धेरै बात बढाउने खाना हुन्।  

फलफूल– अमिलो गुणका सबै फलफूलले बात बढाउँछन्। जस्तै मेवा, सुन्तला, हरियो मकै, आँप, कटहर, कागती, अमिलो काफल, गोलभेडा, लप्सी, भुइँकटहर, खरबुजा, अमिलो भोगटे, अमिलो आरुबखडा, अँगुर आदि।  

सुकेको फल र नट्स– ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदि।  

पित्तवद्र्धक खाना  

गर्मी गराउने खालका सबै खानाले पित्त बढाउँछन्। अन्न– अन्नमा कोदो सबैभन्दा बढी गर्मी बढाउने हुन्छ। त्यसैगरी सुक्खा भुटेको, पोलेका खाना जस्तै रोटी, भुटेको मकै, भटमास, गहुँ आदिले पनि पित्त बढाउँछन्। मह अत्याधिक पित्तवद्र्धक हुन्छ। रुघा लागेका बेलामा तातोपानीमा मह र कागती राखेर खाँदा गर्मी बढाई रुघा निको हुन्छ।

पेय पदार्थ–चिया, कफीले गर्मी बढाउँछ। त्यसैगरी मादक पदार्थहरू, चुरोट, खैनी, पानपराग जस्ता नशाजन्य पदार्थले अत्यधिक पित्त बढाउने र अनिन्द्रा गराउने हुन्छ। 
 
तरकारी–तितेकरेला, पुदिना, धनिँया, गुन्द्रुक, मुलाको पात आदि पित्तवद्र्धक हुन्।

मरमसला–सामान्यतः सबै मरमसलाले गर्मी बढाउँछन्। अदुवा, लसुन, जिरा, मरिच, दाल्चिनी, ल्वाङ, बेसार, नुन, खुसार्नी आदि सबै मसला वर्ग र गरम मसला।  

फलफूल–अमिलो गुणका फलहरूले ग्याँस बढाई पित्त बढाउँछ। आँप, अमिलो सुन्तला, कागती, लिची, अमिलो काफल, अमिलो ऐंसेलु, गोलभेडा, लप्सी, भुइँकटहर, अमिलो भोगटे, मुन्तला, अमिलो आरुबखडा, स्ट्रबेरी, अंगुर, चुत्रो, बयर आदि।  

सुकेको फल र नट्स–किसमिस, छोकडा, पेस्ता, खजुर आदि। छोगडा भिजाएर खाएमा गर्मी कम गराउँछ।

कफ वद्धर्क खाना

गुलियो, कार्बोहाइड्रेट बढी भएका, –याल, प्याल्ल, चिल्लो भएका खाना कफ बढाउने हुन्छन्। 

अन्न–हामीले खाने एक दलिय अन्न जस्तै भात, ढिँडो, च्याँख्ला, गहुँ, मकै, फापर आदिको मात्रा बढी खाएमा कफ बढ्छ। त्यसैले यी खानेकुरा शरीरलाई चाहिने मात्र खानुपर्छ। त्यसैगरी काँचो, चिसो, चिल्लोले पनि कफ बढाउँछ। ध्यान दिनुपर्ने कुरा दूधलाई पोसिलो आहारका रूपमा लिइन्छ तर दूधको दैनिक प्रयोगले कफ बढ्ने र पछि गएर श्वासप्रश्वास सम्बन्धि समस्या देखिने हुन्छ। त्यस्तै चिनी र चिनीबाट बनेका सबै परिकार कफवद्र्धक हुन्छन्। 

तरकारी– भिन्डी, सिस्नुको साग, तोरीको साग, बन्दा, सेतो काउली, तामा, काउलीको पात, बेटुको साग, स्कुश, न्यूरो साग, काँक्रो आदि।  

फलफुल– कफ बढेको अवस्थामा फलफुलले कफ बढाउने काम गर्छ। त्यस्तो बेलामा उसिनेर वा तातोपानीमा डुबाएर खाँदा राम्रो गर्छ।  

सुकेको फल र नट्स–पिस्ता, खुर्पानीको भित्रको वियाँ कफवद्र्धक हुन्छ। नट्सहरू चिल्लो हुने भएकाले सबै नट्स नरिवल, ओखर काजु, बदाम, मुंफलीले कफ बढाउँछन्।  
पेय पदार्थ–चिनी मिसाएर बनाइएका पेयपदार्थहरू कफकारक हुन्छन्।

रस–अचेल खाना मीठो गराउन रसहरूको प्रयोग हुन्छ। आयुर्वेद अनुसार रसहरू ६ प्रकारका हुन्छन्– गुलियो, अमिलो, नुनिलो, पिरो, तीतो र टर्रो।

कुन रस बढी खाँदा कुन दोष बढाउछ ?  

वात–पिरो, तीतो, टर्रो बढी खानाले बात बढाउँछ। पित्त–अमिलो, नुनिलो, पिरो बढी खानाले पित्त बढाउँछ। कफ–गुलियो, अमिलो, नुनिलो बढी खानाले कफ बढाउँछ। यी रसहरू मिलाएर खाएमा शरीरलाई किटाणुबाट बचाई प्रतिरोध क्षमता बढाउँछ भने चाहिनेभन्दा बढी खाएमा रोगको कारण बन्छ।

माथि उल्लेख गरिएका सबै खाना आफ्नो शरीरको अवस्था ठिक भएमा मात्रा मिलाएर खाएमा हानी गर्दैन तर यदि शरीरमा समस्या छ वा कुनै प्रकोप बढेको अवस्था छ भने जुन प्रकोप बढेको छ त्यसमा खान नुहने खाना खानु हुदैन। त्यसैले दोषहरू त्यत्तिकै बढ्ने वा घट्ने हुँदैन। हामीले गरेको खानपान नमिलेर नै बढ्ने तथा घट्ने हुन्छ।  

वात अर्थात् वायु बढ्नुका कारणहरू अर्थात् वायु बढ्नुका कारणहरू अर्थात् वायु बढ्नुका कारणहरू। प्रोटिन प्रधान खानाहरू जस्तै माछा, मासु, अण्डा, दुग्ध पदार्थ, दाल गेडागुडी आदि धेरै खानाले। मादक पदार्थ सेवन गर्नाले।  

रुखो, तितो, पीरो खाना बढी खानाले। पानी कम पिउनाले। दिसापिसाब रोक्नाले। धेरै नखाई बस्नाले। राती धेरै ढिला सुत्नाले। धेरै तनाव वा चिन्ता गर्नाले। धेरै चिसोमा खेल्नाले। टाउको दुख्छ, छाती घाँटी पोल्छ। मुख सुक्छ, प्यास बढी लाग्छ। रिंगटा लाग्ने, वाकवाक लाग्ने, वान्ता हुने र धेरै पित्त बढेमा बेहोस हुनेसम्म हुन्छ। पसिना बढी आउने र गनाउने हुन्छ। दिशा, पिसाब पहेंलो हुने र बढी गनाउने हुन्छ। बढी रिस उठ्ने, मन चंचल हुने हुन्छ। आँखा पोल्ने र चिलाउने हुन्छ। शरीरमा घाउ खटिरा आउँछ। अनुहारमा ससाना गर्मी खटिरा आउँछन्। छालासम्बन्धी समस्या आउँछ। 

वात बढ्दा देखिने लक्षणहरू 

वात बढ्दा शरीरका हाडजोर्नी र मांसपेशी सम्बन्धी समस्या हुन्छ । पहिलो लक्षण शरीरमा कडापन आउनु, विहानीपख शरीर अररो हुनु। सबै जिउ तथा जोर्नीमा कडापन आई चलाउन नमिल्नु र बिस्तारै हिँड्दै जाँदा वा काम गर्दै जाँदा कडापन हराउँदै जानु पहिलो लक्षण हो।  मुखको स्वाद खल्लो र नमिठो हुन्छ। पाचन ठिक ढंगले नहुनु। मुख सुक्ने र मन चंचल हुने हुन्छ। निद्रा न लाग्नु आवाज भारी हुनु।

हातखुट्टाका जोर्नी दुख्ने, रातो हुने र सुन्निने समस्या आउँछ। रिसाउने प्रवृति तथा हतारमा कुनै निर्णय लिनु। ग्यासको समस्या हुनु। 

वात बढ्दा के गर्ने ?

प्रोटिन र प्रोटिन प्रधान खाना नखाने। बातवद्र्धक तरकारी नखाने। न्युट्रल खाना मात्र खाने। पानी नियमित पिउने। ठीक समयमा सुत्ने र बिहान सबेरै उठ्ने। शरीरबाट पसिना निस्कने गरी दैनिक विहान ४५ देखि १ घण्टा फ्रेस हावामा हिँड्ने अथवा योग व्यायाम वा अन्य सम्पूर्ण संचालन हुनेगरी व्यायाम गर्ने। यदि दुखाइ वा सुन्नेको छ भने दुखाइ बढ्ने गरी व्यायाम नगर्ने। 

पित्त बढ्नुका कारण

धेरै पिरो, अमिलो, नुन तिखो खानाले। चिया, कफी जस्ता गर्मी गराउने पेय पदार्थ पिउनाले। बढी चिल्लो, तारेको वा भुटेको खानाले। खाना बारंबार तताएर खानाले। रक्सी तथा मादक पदार्थ खानाले। चुरोटखैनी आदि धूमपान गर्नाले। बढी गर्मी ठाउँ वा घाममा बस्नाले। धेरै तनाव, रिस, चिन्ता गर्नाले। पित्त युवा अवस्थामा हुने मानिन्छ। पित्त गर्मी मौसममा, मध्य दिनमा र खाना पच्न लागेको अवस्थामा पित्त प्रकोप हुन्छ।

पित्त बढ्दा देखिने लक्षण

अधिकांश पेट, छाला र पाचनसम्बन्धी समस्या हुने गर्छ। मुखको स्वाद तीतो हुन्छ। शरीर उष्मा(गर्मी) उत्पन हुनु । टाउको दुख्छ, छाती घाँटी पोल्छ। मुख सुक्छ, प्यास बढी लाग्छ।  रिंगटा लाग्ने, वाकवाक लाग्ने, वान्ता हुने र धेरै पित्त बढेमा बेहोस हुनेसम्म हुन्छ।

पसिना बढी आउने र गनाउने हुन्छ। दिशा, पिसाब पहेंलो हुने र बढी गनाउने हुन्छ। रिसाहा स्वभाव हुने। आँखा पोल्ने र चिलाउने हुन्छ। शरीरमा घाउ खटिरा आउँछ। अनुहारमा ससाना गर्मी खटिरा आउँछन्। छालासम्बन्धी समस्या आउँछ।

पित्त बढ्दा के गर्ने ?

विहान हरेक दिन चिसो पानीले नुहाउने। गर्मी हुने कुनै पनि खाना नखाने। खाना बढी चपाईचपाई खाने। काँचो खाना सलाद, फलफूल र हरिया तरकारी प्रशस्त खाने। मर्निंग वाक तथा  योग व्यायाम गर्ने। गर्मी गराउने खालका विचारहरू जस्तै रिस, घृणा र तनावमुक्त रहने।

कफ बढ्नुका कारण

गुलियो र कार्वोहाईड्रट प्रधान खानाहरू जस्तै भात, रोटी, ढिँडो, च्याख्ला, च्यूरा, मकै आदि बढी खानाले पनि कफ बढ्छ। माछा, मासु, अण्डा र विशेष गरी दूध र दूधबाट बनेका परिकार धेरै खानाले। चिनी र चिनीबाट बनेका मिठाई, चिल्लो खानाले। नट्स बढी खानाले। धेरै आराम गर्नाले। दिउँसो सुत्नाले। आवश्यकताभन्दा बढी खानाले। लेसिलो– याल्ल, प्याल्ल परेका खानाले। परिश्रम कम गर्नाले। 

बसन्त ऋतु र जाडो याममा कफ प्रकोप बढ्ने गर्छ। त्यसैगरी विहान र रातको पहिलो प्रहरमा कफ प्रकोप बढ्छ। सामान्यतः बालबालिकामा बढी प्रकोप हुन्छ।

कफ बढ्दा देखिने लक्षण

अधिकांश श्वासप्रश्वास सम्बन्धी समस्या कफको कारणले हुन्छ। जस्तै, रुघाखोकी लाग्नु, सिंगान बग्नु, स्वास फेर्न गाह्रो हुनु आदि। मुखको स्वाद गुलियो हुनु। आलस्य हुनु, शरीर मोटाउँदै जानु। पाचन शक्ति कमजोर हुनु। भोक बढी लाग्नु। मुखमा बलगम हुनु।  आँखामा चिप्रा आउनु। घाँटीमा केही अड्केको जस्तो हुनु, घाँटी खसखस हुनु। निद्रा बढी लाग्नु।

कफ बढ्दा के गर्ने ?

कफ कारक खाना कम गर्ने। हल्का पित्तवद्र्धक खाना खाने। विहान सबेरै उठ्ने। प्रत्येक दिन व्यायाम गर्ने। काँचो, चिसो, चिल्लो नखाने। कफ बढेका बेलामा सलाद खानुपर्दा उसिनेर मात्र खाने या सलाद नखाई तरकारीकै मात्रा बढाउने। पानी मन तातो प्रयोग गर्ने। टाउको, छाती र घाँटीलाई न्यानो बनाउने। सन्तुलित  खाना अर्थात् सबै अवस्थामा खान सकिने आहार।

अन्नः एक दलीय अन्नहरू जस्तै भात, ढिँडो, च्याँख्ला। तर यिनको मात्रा बढी भएमा कफ बढाउँछ। फापर पनि खान सकिन्छ। तरकारी– रायो साग, चम्सुर साग, मेथी साग, सुपको साग, फर्सीको मुन्टा, परवल, हरियो सिमी, हरियो बोडी, हरियो लसुन, हरियो प्याज, ब्रोकाउली, घिरौंला, पाटे घिरौंला, करेला, गाजर, गाजरपत्ता, लट्टे साग, खोले साग, कोइरालो आदि।

फलफूल– गुलियो स्याऊ, गुलियो मौसम, गुलियो नासपाती, पाकेको केरा, गुलियो हलुवावेद, गुलियो आरुबखडा, जामुन, जुनार, गुलियो आरु आदि। ध्यान दिनु पर्ने कुरा, केरामा कार्वोहाईडे्रडको मात्रा बढी हुने भएकाले सलादका रुपमा नलिनु बेस हुन्छ।

(डाक्टर आनन्द सिंहको फेसबुकवालबाट)

प्रतिक्रिया