हरिकुमारलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं। चौधौं काठमाडौं म्याराथनको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । रिमालले ४२.१९५ किमी दुरी २ घन्टा ४० मिनट ४० सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उपाधिका साथ १ लाख नगद पुरस्कार राशीबाट उनी पुरस्कृत भए।

दोश्रो स्थानमा रहेका सेनाकै जुनेश खड्काले उक्त दुरी २ घण्ठा ४५ मिनट ५९ सेकेन्डमा पुरा गरे। तेश्रो स्थानमा रहेका एपिएफका राजन चौधरीले २ घन्टा ५५ मिनट ४७ सेकेन्डमा दुरी पुरा गरे ।

महिला तर्फ प्रतिस्पर्धा भएको थिएन। राजा मेहता, मिलन तामाङ्ग र नारायण बस्नेत क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा रहे ।
ह्विल चियर तर्फको प्रतिस्पर्धामा जोरपाटीका रामकाजी मिजारले १५ मिनट ४०.६३ सेकेन्डमा साथ प्रथम स्थान हात पारे । यस्तै जाउलाखेलका दीपक श्रेष्ठले १५ मिटन ४४.४५ सेकेन्डका साथ दोश्रो र जोरपाटीकै अर्जुन ढुङ्गानाले १६ मिनट ४६.०९ सेकेन्डका साथ तेश्रो स्थान हात पारे ।

महिला तर्फ बागबजारकी यामी झाक्रीले २१ मिनट २८ सेकेन्डका साथ प्रथम र २३ मिनटका साथ लक्ष्मी घिमिरेले दोश्रो स्थान प्राप्त गरिन् ।

५ किमी स्कुलतर्फ छात्रमा १२ मिनट १९ सेकेन्डका साथ ललितपुरका प्रविन लिम्बुले स्वर्ण पाए । यस्तै १३ मिनट ५१ सेकेन्डका साथ छोयागल लामा दोश्रो र १४ मिनट २५ सेकेन्डका साथ अरविन खत्री तेश्रो भए । छात्रातर्फ सरस्वती बोहरा १५ मिनट १२ सेकेन्डका साथ स्वर्ण, आयुषा आचार्य १५ मिनट ४८ सेकेन्डका साथ रजत र भावना नाथ १६ मिनट २० सेकेन्डका साथ कास्य प्राप्त गर्न सफल भए।

५ किमी पुरुषतर्फ राजेन्द्र तामाङ्ग, अभिषेक पाँचकोटी र यामराज खत्री क्रमश प्रथम, द्वितीय र तृतीय भए। महिलातर्फ अञ्जु खड्का, मनिष गिरी र श्रेवी महर्जन क्रमश प्रथम, द्वितीय र तृतीय भए ।

३ किमी मास्टरको पुरुषतर्फ धर्म महर्जन, मनिन महर्जन र भिम बहादुर गुरुङ्ग प्रथम, द्वितीय र तृतीय भए । यस्तै महिला तर्फ ईम्ला प्रधानले स्वर्ण पाईन् ।

२१ किमीतर्फ पुरुषमा सुवास गुरुङ्गले प्रथम स्थान प्राप्त गर्दा नवराज बुढा र देवराज बस्नेत क्रमश दोश्रो र तेश्रो भए । महिलातर्फ रेखा बिष्ट, लक्ष्मी थापा र निलिमा राउतले क्रमश स्वर्ण, रजत र कास्य पाए ।

एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन हो । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र भक्तपुरको बाटो रहेको थियो । दौडमा पुरुष र महिला दुवैको म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन समावेश गरिएको थियो तर महिला तर्फ भने प्रतिस्पर्धा नभएको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ्गले जानकारी गराए । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैंया प्राप्त गरे ।

 

प्रतिक्रिया