प्रेमसिंह धामीको २५ औं पुण्यतिथि

जसले सडकदेखि सदनसम्म कालापानीको मुद्दा उठाए

आज भदौं २७ रास्ट्रप्रेमी नेता स्व. प्रेमसिंह धामीको २५ सौ स्मृति दिवस हो। देशभक्त नेपालीले गृह जिल्ला दार्चुलामा उनको शालिकमा फुलमाला चढाईं सम्झिरहेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन पूर्णस्वामित्वमा नरहे पनि चुच्चे भागसहितको पूर्ण आकारको नक्सा आम नेपालीले आज देख्न पाएका छन्। यसमा सबैभन्दा ठूलो भूमिका धामीको छ भन्दा अत्यायुक्ति नहोला। 

कुरो आजभन्दा २४ वर्ष अघिको हो। २०५४ भदौ २७ गते जनाअस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भएको थियो।

लेखको शीर्षक थियो– ‘कालापानी काठमाडौंलाई किन दुख्दैन्र?  यो बेजोड लेखका लेखक थिए, प्रेमसिंह धामी। तत्कालीन एकीकृत माक्र्सवाद लेनिनवाद (एमाले) का सांसद। 

कालापानीका सच्चा योद्धा मानिने प्रेमसिंहको त्यही लेख प्रकाशित भएपछि अधिकांश नेपालीले आफ्नो भू–भाग भारतीय सरकारले मिचेको सुचना प्राप्त गरे।  

तर जनअस्थामा लेख प्रकाशित भएको भोलि पल्ट अर्थात भदौं २८ मा नुवाकोटको मदानपुरस्थित केउरिनी भीरमा जीप दुर्घटना भएको समाचार आयो। काठमाडौंका रास्ट्रिय दैनिक तथा तत्कालीन समयका प्रभातकालीन, मध्याकालीन र सन्ध्याकालीन पत्रीकाले प्रेमसिंह धामी दुर्घटनामा परेको समाचार प्रकाशित गरे। 

prem singh1

त्यतिबेला धेरैलाई पत्यार लागेको थिएन। अपत्यारिलो लाग्ने त्यो जीप दुर्घटनामा कालापानीका यिनै नेपाली सपूत प्रेमसिंह धामीको निधन भयो। नेपालको अभिन्न अंग र सुदूर पश्चिमी सीमाको मुटु मानिने दार्चुलामा अवस्थित कालापानीको मुद्धालाई सडकदेखि सदनसम्म पुर्याउन प्रेमसिंह धामीको ठूलो योगदान छ। उनी २०१८ सालदेखि भारतले आफ्नो अधिनमा राखेको कालापानीको विषयलाई राष्ट्रिय मुद्धा बनाउन सफल भएका थिए। 

नेपालका सच्चा सपूत धामीलाई हिजोआज थोरै मात्र नेता तथा कार्यकर्ताले सम्झने गर्छन। उनको गृहजिल्ला दार्चुलामा भने कार्यक्रमको आयोजना गरि हरेक वर्ष उनलाई सम्झिने गरिन्छ। 

अन्तर्राष्ट्रिय राजनीतिको समेत चेत भएका नेताको रुपमा आफूलाई उभ्याउन सफल धामी कुनै बेला कालापानीसँगै नेपाली राजनीतिमा खुब चर्चामा थिए। उनको असमायिक निधनले देशले ठूलो क्षति बेहोर्नुपर्यो र अहिले पनि बेहोरिरहेकै छ।

‘पशुपतिको जात्रा सिद्राको व्यापार’–  नेपालीमा यो उखान अति चर्चित छ। यही उखानको वरिपरि घुमेको छ, नेपालको बिकट जिल्ला दार्चुलामा अवस्थित कालापानीको मुद्दा। अहिले नेपालका तथाकथित बुद्धिजीवि तथा राजनीतिज्ञहरु ६० वर्षदेखि नेपालीहरूको मुटुमा सुईँरो झैं बिझेंको कालापानीको मुद्दालाई लिएर मौन झै देखिन्छन्।

prem singh2

कहिले काहीँ कालापानीको विषयलाई लिएर मौसमी राजनीति नहुने होइन। तर,  नेपालको अखण्डता र सर्वभौमिकताको विषयमा सबै दलका नेता तथा बुद्धिजीवि ‘तै चुप मै चुप’ को अवस्थामा छन्। ६० वर्षअघि युद्धका नाममा छिमेकी भारतले जर्बजस्ती ओगटेको कालापानीको भू–भाग नेपालका मै हूँ भन्ने राजनीतिक दलको घोषणा पत्रमा समेत अटाउन छोडेको छ।

नेपाल, भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ भएका कारण कालापानीको सामरिक महत्व छ। सन् १९६२ मा भारत–चीन युद्वताका चिनियाँ सेनालाई रोक्न भारतले नेपालसँग त्यहाँ अस्थायी क्याम्प बनाउन मन्जुरी मागेको थियो। तर, युद्व समाप्त भएको ६० वर्ष बितिसक्दा पनि भारतीय सेना कालापानीबाट बाहिरिएका छैनन्। 

उल्टै उनीहरूले अस्थायी क्याम्पलाई स्थायी र कालापानीको भू–भागलाई आफ्नो कब्जामा पारिसकेका छन्। दार्चुलावासीहरू अहिले आफ्नै भू–भागमा अन्जान र पराईं बनेका छन्। यो ठाउँमा कुनै पनि नेपालीलाई भारतीय सेनाले न आउन दिन्छ, न जान।

२०१७ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकारलाई अपदस्त गर्न भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुले दरबारलाई सहयोग गरेबापत तत्कालिन राजा महेन्द्रले भारत–चीन युद्वताका भारतीय सेनालाई कालापानीमा बस्न दिएका थिए। तर, युद्व समाप्त भएपछि न भारतीय सेना कालापानीबाट फर्कियो। न दरबारले नै कडा रवैया देखाउन सक्यो। 

अहिले भारतले काली नदीको तिरमा बसेको कालापानीको ४ सय किलोमिटर भू–भाग आफ्नो भएको भन्दै उल्टै नेपाललाई चेतावनी दिँदै आएको छ। कालापानीको विषयमा संसदमा बेला–बेलामा कुरा नउठेको होइन। सर्वप्रथम दार्चुला जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त भएका बहादुरसिंह ऐतवालले संसद भवनमा मुद्दा उठाएका थिए।

२०४६ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि स्वर्गीय प्रेमसिंह धामीले सडकदेखि सदनसम्म कालापानीको मुद्दा उठाए।

उनकै सक्रियतामा २०५२ सालमा संसदको १२ औं अधिवेशनमार्फत कालापानी राष्ट्रिय मुद्दाको रुपमा स्थापित भयो।

श्रद्धाञ्जली धामीप्रति।

प्रतिक्रिया