सिमान्त

प्रधानमन्त्रीको ठट्टामा राजाको ग्लास छचल्किँदा

rajesh mishra

त्यसको भोलिपल्ट कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीको हैसियतमा राजालाई “ब्रिफिङ्ग” गर्ने साप्ताहिक “दर्शन भेट” को तालिका थियो। तत्कालीन राजा बीरेन्द्रसँगै अधिराजकुमार (पूर्व राजा) ज्ञानेन्द्र पनि थिए। अलिअलि मदिरापान गरेका ज्ञानेन्द्र अलि उत्तेजित स्वभावमा प्रकट भए, “के हो पीएम? तपाईं त मलाई भूतपूर्व अधिराजकुमार बनाउने खालको संविधान ल्याउनुहुँदैछ रे?” 

छयालीस सालको जनआन्दोलनले आकार दिएको नेपाली ईतिहासकै पहिलो बहुदलीय राष्ट्रिय सरकारका प्रमुख कृष्णप्रसाद भट्टराई बडा मनमौजी थिए। तर उनले आन्दोलनकारी कांग्रेस र कम्युनिष्ट मात्रै होईन, राजाका दुईजना प्रतिनिधि समेतको अन्तरिम सरकारलाई सफलतापूर्वक हाँकेर देखाए। बहुदलीय संसदीय व्यवस्था र संबैधानिक राजतन्त्रको दुईखम्बे सिध्दान्तमा आधारित संविधान आउने हो कि होईन भन्ने अन्यौल त्यतिबेला पनि ब्यापक थियो। 

त्यो संक्रमणकालमा उनले भित्रभित्रै कति कठिन अवरोधको सामना गर्नुपर्यो, उनले कहिल्यै सार्वजनिक गरेनन्। तर सार्वजनिक भएका केही घटना सम्झन लायक छन्। 

विश्वनाथ उपाध्यायको नेतृत्वमा गठित संविधान सुझाव आयोग राष्ट्रिय सभागृहको कामचलाउ कार्यालयमा मगजमारी गर्दैथियो। कम्युनिष्ट पृष्ठभूमिका नयाँ दरबारिया कर्मचारी सूर्यनाथ उपाध्याय त्यो आयोगका सदस्य सचिव थिए। उनि अखबारलाई सूचना चुहाउन खप्पिस थिए। संविधान जारी गर्ने हद म्याद सकिनु भन्दा करिब एक महिना अघि उनले यो लेखकलाई भनेका थिए, “आन्दोलनकारीहरुले अहिलेसम्म संविधानको प्रस्तावना समेत लेख्न सकेका छैनन्। के आउला यस्तो तालले संविधान?”

यो कुरा देशान्तर साप्ताहिकमा छापियो। भोलिपल्ट बबाल भयो। त्यतिबेलासम्म राजाकै अधीनमा रहेको नेपाली सेनाका बाह्रजना जर्नेलहरु एकाबिहानै सैनिक पोशाकमा ठाँटिएर बालुवाटार पुगे। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई धोती लगाएर गीता पाठ गर्दैहुनुहुन्थ्यो। उहाँले जर्साबहरुलाई चिया खाएर कुर्न भन्नुभयो। दश मिनेट पछि दौरा सुरुवालमा आएर उहाँहरुले सेनाका ती उच्च अधिकृतहरुलाई कसैको नामै नलिई भन्नुभयो, “चिया कस्तो लाग्यो? तपाईंको घरको जस्तो मीठो थिएन होला। तर तपाईंहरु जे भन्न आउनुभएको हो, त्यो कुरा नसुनिकनै मैले तपाईंहरुको कुरा बुझिसकें। अब आफ्नो अफिस जानुस्।” 

त्यसको भोलिपल्ट कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीको हैसियतमा राजालाई “ब्रिफिङ्ग” गर्ने साप्ताहिक “दर्शन भेट” को तालिका थियो। तत्कालीन राजा बीरेन्द्रसँगै अधिराजकुमार (पूर्व राजा) ज्ञानेन्द्र पनि थिए। अलिअलि मदिरापान गरेका ज्ञानेन्द्र अलि उत्तेजित स्वभावमा प्रकट भए, “के हो पीएम? तपाईं त मलाई भूतपूर्व अधिराजकुमार बनाउने खालको संविधान ल्याउनुहुँदैछ रे?” 

कृष्णप्रसाद भट्टराईले आफ्नै शैलीको “सेन्स अफ ह्युमर” ठोकिदिनुभएछ, “ओहो! सरकार त भूतपूर्व महाराजाधिराज नै होइबक्सिन्छ नि।” राजा बीरेन्द्र आफ्नो हातको पेय पोखिने गरी हाँसे। ज्ञानेन्द्रले अर्को वाक्य बोल्ने सूर नै पाएनन्। 

यिनै कृष्णप्रसाद भट्टराई राजधानी उपत्यका काठमाडौंको सर्वाधिक चेतनशील भनिएको क्षेत्रबाट दुईपटक पराजित भए। एकपटक मदन भण्डारीसँग, अर्कोपटक उनकै बिधवा बिद्या पाण्डे भण्डारीसँग!  भैंसी बलम् कि बुद्धि बलम्? चुलेसी कि काँक्रो? 

शेरबहादुर आज प्रधानमन्त्री छन्। सरकार कांग्रेसको नेतृत्वमा छ। तर कांग्रेसको नियन्त्रणमा छैन। तालाचाबी प्रचण्डको हातमा छ। माधवकुमार नेपाल च्याँखे थाप्ने नटुवाको भूमिकामा छन्। बाहिर ठूला कुरा गर्छन्, भित्र अनुनय बिनय। शेरबहादुर सबैलाई “मिलाउन” समय खर्च गर्दैछन्। यो मिलाउने भनेको मुलुकको लागि होईन। उनको अघोषित बंशको निरन्तरताको लागि हो। “भाउजु” को भाषण सुन्दै उनको ल्याकत थाहा हुन्छ। भाउजु अहिले सुजाता भन्दा एक फड्को अघि बढेर बिदेशी कमिसन एजेण्टकी नेपाली दलाल भएकी छिन्। जयबीरलाई नेपाली कांग्रेसको सकृय सदस्य बनाइसके। तर उनि महिलाको ल्याप्टे जालीको व्यापारमा छन्।    


गिरिजाप्रसाद कोईरालाका यावत् कमजोरीका प्रत्युत्, उहाँले अड्चालीस सालको चुनावपछि आफू प्रधानमन्त्री हुन्छु भन्ने कल्पना पनि गर्नुभएको थिएन। पचास सालतिरको कुरा हो। एकपटक हामी संचारकर्मीहरु बिराटनगरको कोईराला निवासमा भेला भएका थियौं। प्रधानमन्त्री कोईरालाले हामीलाई “अफ द रेकर्ड” कुरा गर्ने शर्तमा आफ्नो निवासमा “ब्रेकफास्ट”का लागि आमन्त्रित गर्नुभएको थियो। 

“म त फ्लूकमा प्रधानमन्त्री भएको हो,” उहाँले त्यो बेला भन्नुभएको कुरा यो लेखकलाई अझै सम्झना छ, “मैले किसुनजीलाई भनेको थिएँ, तपाईं मेरो क्षेत्र मोरंग वा सुनसरीबाट उठे   त्यहाँबाट तपाईंलाई कसैले हराउन सक्दैन।”  त्यतिबेला नेपाली कांग्रेसको एकमना सरकार भित्र छत्तिसे र चौहत्तरेको कित्ताकाट शुरु भैसकेको थियो। उहाँले भन्नुभयो, “यदि किसुनजीले जितेर सरकार चलाएको भए म पार्टीको काममा लाग्ने थिएँ। यस्तो अवस्था आउने कुनै सम्भावना नै थिएन। किसुनजी काठमाडौंका सीमित स्वार्थी मान्छेको चंगुलमा पर्नुभयो।”

अन्ततः किसुनजी राजधानीको स्वार्थी जमातको चंगुलबाट उम्किएर मोफसलको पर्सा जिल्लाबाट चुनाव लड्नुभयो अर्को पटक। त्यहाँ पनि उहाँले एउटा चुनावी सभामा भनिदिनुभयो, “मेरो क्षेत्रका कर्मचारीलाई सय पचास घूस खाने छुट छ।”  किसुनजी एक यस्ता राजनीतिक प्राणी थिए जसलाई “पोलिटिकल करेक्टनेस”को कुनै पर्वाह थिएन। देश बिदेशमा यसको खुब चर्चा भयो। तर मुलुकमा व्याप्त घुसखोरी माथि उहाँले गरेको व्यंग्य र उहाँको हँस्यौलीबाट सत्य उजागर गर्ने चरित्रको कुनै लेखाजोखा भएन। तैपनि, उहाँले चुनाव जित्नुभयो। प्रधानमन्त्री पनि हुनुभयो। 
   
तर गिरिजाप्रसाद कोईरालालाई सत्ताको मात लागिसकेको थियो। सुपुत्री सुजाता कोईराला परिवार छोडेर राजनीति, अनि राजनीतिको छेकोमा बिदेशी कमिसन एजेण्टकी दर्तावाल एजेण्टका रुपमा नियुक्त भैसकेकी थिईन्। बालुवाटारबाट बाहिरिएका गिरिजाप्रसाद, सुजाता र बिदेशी दलालहरुका अन्य एजेण्ट र नेपालका पारम्परिक सम्भ्रान्त ब्यापारीहरुको गिरोहले महाराजगञ्जमा आफ्नो “हेड क्वार्टर” स्थापित गरिसकेको थियो। कृष्णप्रसाद भट्टराई मनमा आएको कुरा बोलिदिने मान्छे थिए, तर भ्रष्टाचारी थिएनन्। उनले आफूलाई मार्न तम्सिएका राजावादीलाई क्षमादान दिन रुचाए, तर बिदेशी कमिशन एजेन्टका सामु आफ्नो नूर गिर्न दिएनन्। पंचायती शासनमा दरवारले जे जति गर्यो, तर नेपालमा कमिसन एजेण्टहरुको संस्थागत पहुँचको किलो गिरिजाप्रसाद कोईरालाको नाकमुनि गाडिएको निश्चित हो। यो लेखक यसको साक्षी छ। 

खुमबहादुर खड्का गिरिजाप्रसाद भन्दा बीपी कोईरालाको लामो सहचर्यमा बसेका मान्छे हुन्। उनी बितिसके। मन्त्री हुँदै एकपटक यो लेखकलाई भनेका थिए, “के म जन्मजात घूस खाने मान्छे हुँ? म त क्रान्ति गर्न हिँडेको मान्छे। नेपाली कांग्रेस मध्यमार्गी पार्टी हो भन्दा पनि मलाई रिस उठ्छ। म मन्त्रालय गएको एक महिना भएको छैन, मलाई गिरिजाबाबुले दश लाखको व्यवस्था गरेर तुरुन्त बालुवाटार आईज भन्नुभयो। कहाँबाट ल्याउने मैले त्यत्रो पैसा? मैले सचिवलाई यो कुरा भनें। सचिवले मिलिहाल्छ नि हजुर त्यति जाबो कुरा भन्यो। पैसा पनि एकछिनमा आयो। म छक्क परें। त्यसपछि कुरा बुझ्न थालें। मैले पनि आफ्नो कार्यकर्ता भाईहरुको बिचार गर्नुपथ्र्यो। हरेक कुरा माथिबाट शुरु हुन्छ।”

अहिले शेर बहादुर देउवा प्रधानमन्त्री छन्। गिरिजाप्रसाद कोईरालाको पहिलो कार्यकालमा उनि अधिकारसम्पन्न गृहमन्त्री थिए। मैतीदेवी डिल्लीबजारतिरका भट्टीतिर भेटिने शेरबहादुरलाई यो लेखकले सानैमा देखेको हो। मातेर डोट्याली भाषा बोल्ने शेरबहादुरसँग लेखकको कुनै औपचारिक अनौपचारिक भलाकुसारी भएको छैन। तर लाग्छ, यो मान्ठो कसरी यस्तो भयो? 

कृष्णप्रसाद भट्टराईले उनलाई पुल्पुल्याएकै हुन्। परशुनारायण चौधरीको पदचाप पच्छ्याएर यी पनि झण्डै पंचायती क्याम्पमा पुगेका थिए। भट्टराईले नै रातारात तिकडम गरेर उनलाई लण्डन स्कूल अफ इकोनोमिक्समा छात्रवृत्ति दिलाएर पढ्न पठाएका हुन्। त्यो बेला बेलायतको नेपाली दूतावासमा कार्यरत एक नेपाली कुटनीतिज्ञका छोरा लेखकको दौंतरी हो। उ भन्थ्यो, “शेरे ईज शीट्। ही नेभर गोज टु क्लास, यू विल र्यादर पÞmाईण्ड हिम इन द बार।” 

शेरबहादुर आज प्रधानमन्त्री छन्। सरकार कांग्रेसको नेतृत्वमा छ। तर कांग्रेसको नियन्त्रणमा छैन। तालाचाबी प्रचण्डको हातमा छ। माधवकुमार नेपाल च्याँखे थाप्ने नटुवाको भूमिकामा छन्। बाहिर ठूला कुरा गर्छन्, भित्र अनुनय बिनय। शेरबहादुर सबैलाई “मिलाउन” समय खर्च गर्दैछन्। यो मिलाउने भनेको मुलुकको लागि होईन। उनको अघोषित बंशको निरन्तरताको लागि हो। “भाउजु” को भाषण सुन्दै उनको ल्याकत थाहा हुन्छ। भाउजु अहिले सुजाता भन्दा एक फड्को अघि बढेर बिदेशी कमिसन एजेण्टकी नेपाली दलाल भएकी छिन्। जयबीरलाई नेपाली कांग्रेसको सकृय सदस्य बनाइसके। तर उनि महिलाको ल्याप्टे जालीको व्यापारमा छन्। 

पुलीस म्यादी प्रहरीको भर्ती गर्दैछ। कांग्रेस गुण्डाहरुको। तर कांग्रेस एक्लो पनि होईन, एमाले अर्थात् भाई कांग्रेस पनि कम छैन। गुण्डाहरुले पार्टीलाई सहयोग गरे। अब गुण्डाहरुलाई लागेको छ, कति यिनलाई सहयोग गर्ने? हामी र यिनमा फरक के छ र? हामी आफैं चुनाव किन नलड्ने? 

(यो लेख बिषयको उठान मात्र हो। जनमतमा ढलिमली गरेर उडुस जस्तै मोटाएका नेताका बारेमा मतदातालाई पर्याप्त जानकारी दिनु नै छ ताकि उनीहरु फेरि यिनैलाई मत दिएर पश्चातापको भुंग्रोमा नपरुन्।)
  

 
   
 

प्रतिक्रिया