वस्ती अहमद दिन, पाकिस्तानको एउटा सानो गाउँ हो। जहाँ घरधुरी ४०० मात्र छ। केहि सातादेखि यहाँ परिरहेको अविरल वर्षाका कारण गाउँ विस्तापित जस्तै भएको छ। पानीले ल्याएको फोहोरका कारण गाउँ पुरै दुरगन्धित भइसकेको छ।
उद्धारकर्मीहरु जतिबेला डुँगा बोकेर गाउँलेहरुलाई सुरक्षित ठाउँमा स्तानान्तरण गर्न गाउँ पस्छन्, गाउँलेहरु सिधै अस्विकार गर्छन्। गाउँका एक पुरुष भन्छन्,‘उद्धार क्याम्पमा गाउँका महिलाहरु अन्य पुरुषको सम्पर्कमा पुग्छन्। यसले उनीहरुको ‘इज्जत’ मा ठेस पुग्छ।’
उद्धार क्याम्पमा नजाने निर्णय पुरुषहरुको हो। १७ वर्षीय सिरिन बीबीसँग समाचार एजेन्सी एएफपीको रिपोर्टरले प्रश्न गरेको थियो, ‘के तपाई सुख्खा तथा सुरक्षित स्थानमा निर्माण भएको क्याम्पमा जान चाहनुहुन्छ।’
उनको उत्तर थियो, ‘यो निर्णय गर्ने अधिकार गाउँका ठूलाबडासँग छ।’
वस्ती अहमद दिन गाउँ पाकिस्तानको पञ्चाव प्रान्तमा पर्छ। अविरल वर्षाका कारण गाउँको आधा घर ध्वस्त भइसकेको छ।
गाउँलाई छिमेकी शहरसँग जोड्ने बाटो १० फिट गहिरो पानीमा डुबेको छ। काठले बनेको डुँगाको सहयोगले गाउँसम्म कुनै न कुनै तरिकाले पिउँने पानी र खाध्यान्नको ढुवानी सम्भव भएको छ। तर समानको मूल्य आंकासिएको छ।
वस्ती अहमद दिनमा बसोबास गर्ने धेरै गाउँलेको खाध्यान्न सकिने अवस्ठामा छ। गाउँमा अहिलेसम्म धेरै उद्धारकर्मी प्रवेश गरिसकेका छन्। उनीहरुले खाने पिउँने सामान पुर्याउनुका साथै क्याम्पमा जाने प्रस्ताव पनि गरेका थिए। तर गाउँलेहरुले हरेक पल्ट क्याम्प जान अस्विकार गरेका छन्।
एक गाउँले मुहम्मद आमिर भन्छन्, ‘हामी बलोच हौं। बलोचले आफ्नो महिलालाई बाहिर निस्किने स्विकृति दिँदैनन्। बलोच बरु भोकै बस्छन्। तर परिवारलाई बेघर छोड्दैनन्।’
दक्षिण एसियाको प्रायस् सबै देश जस्तै पाकिस्तानी समाजको ठूलो भाग आज पनि रुढिवादी र पुरुष प्रधान छ। पुरुषले नै तय गर्ने गर्छ, परिवारको महिलाले के गर्न हुन्छ के गर्न हुँदैन, त्यो उनीहरुले तय गर्छन्। देशमा सम्मानको नाममा महिलाको हत्याको थुप्रै घटना बाहिर आउने गरेको छ। महिलाले यदी आफ्नो मर्जीले विवाह गरे भने परिवारका पुरुष सदस्यहरु घरको बेइज्जती सम्झन्छन्।
भीषण बाढी जस्तो त्रासदीमा पनि यो सोच हावी देखिन्छ। किशोरी तथा महिलाहरुको आफ्नै केही अत्यावश्यक कुरा हुन्छन्। तर वस्ती अहमद दिनका पुरुषहरु यो सम्झिन तयार छैनन्। उद्धार क्याम्पमा जानुको सट्टा यहाँका पुरुषहरु महंगो डुँगा भाडामा लिएर सातामा एक पल्ट उद्धार क्याम्पबाट सहयोग ल्याउने गर्छन्।
गाउँका बुढापाका भन्छन्, निकै बिरामी वा इमरजेन्सीको अवस्ठामा मात्र महिलाहरु घरबाट बाहिर निस्किन्छन्। बाढीले सबै कुरा समाप्त भइसक्दा पनि गाउँका एक बुढापाका मुरिद हुसैन भन्छन्, ‘२०१० मा भीषण बाढी आउदा पनि हामीले घर छोडेका थिएनौं। हाम्रा चेलिबेटी त्यो क्याम्पमा बस्ने छैनन्। यो हाम्रो इज्जतको कुरा हो।’
पाकिस्तानमा हिमाल पग्लिने र ठूलो वर्षाका कारण भयानक बाढी आएको छ। देशको ठूलो भू–भाग गत अगष्टदेखि नै डुबानमा छ। स्थिति यति भयावह बनेको छ कि सरकारले इमरजेन्सीको घोषणा गर्नु परेको थियो।
सरकारी अधिकारीहरु पाकिस्तानमा इतिहासकै भीषण बाढी यसपालि आएको हो। बाढीले अहिलेसम्म १४०० बढी मानिसको ज्यान लिइसकेको छ। प्रशासनले केही क्षेत्रबाट बाढीको पानी यथास्थितिमा फर्किन ६ महिना लाग्ने अनुमान गरेका छन्।
–एपी
प्रतिक्रिया