राजधानी काठमाडौंबाट सरकारी कामबाहेक अन्य कामका लागि उपल्लो गोरखाको हिमाली गाउँ चुमनुब्री भ्याली जानुपर्यो भने सबैको भेटको पहिलो रोजाईको नाम हुने गरेको छ, पेम्बा रेता।
५४ वर्षका पेम्बा यो क्षेत्रको बिकासको पर्यायी हुन् भन्दा अन्य अर्थ लाग्दैन। विगतमा काठमाडौंबाट त्यो हिमाली क्षेत्रमा जाने जोकोही ल्हो पुगेपछि उनको घरमा बास बस्ने गर्थे। आजभन्दा २६ वर्ष अगाडि वरिष्ठ पत्रकार भैरब रिसाल उनको घर पुगेका थिए। रिसालसँगै मोहन मैनालीलगायतको टिमलाई उनले फिलिमबाट लार्के भाज्याङसम्म घोडामा पुर्याए।
कोरियामा काम गर्दा त्यहाँको बिकास र नियम देखेर उनी अचम्म पर्थे। काम गरेर डेरामा फर्केपछि बलिरहेको बिजुलीको बल्ब एक टकले हेरिरहन्थे।
लार्केबाट फर्किएर आउँदा क्यामेरामेन ध्रुब बस्नेतलाई लेक लागेपछि सामागाउँमा उनको उद्दार गर्ने व्यक्ति नै पेम्बा थिए।
सामाजिक काममा उनी जहिल्यै अग्रसर देखिन्छन्। १० दाजुभाइ मध्येका आठौं सन्तान उनी ठूलो परिवार भएका कारण अभावमा हुर्किएका थिए। १२ वर्षको उमेरसम्म उनले लामा शिक्षा पढे। गाउँमा कक्षा ५ सम्मको प्राथमिक स्कुल थियो। गाउँ फर्किएपछि उनले स्कुले शिक्षा पनि लिए। उनी दिउँसोभरि चौरीगोठ जान्थे। राती पढ्नका लागि सरको डेरा जाँदा तरकारी, दाल र मट्टीतेल बोक्थे।
ठूलो परिवार भएकै कारण घरमा मिठोमसिनो कमै पाक्थ्यो। भन्छन्, ‘खोले, मकैको रोटी र मकैको भात खान्थ्यौं।’
उनका बाजे घरबाट त्रिशुलीसम्म झरेर चामल खरिद गर्दै तिब्बतको गाउँसम्म पुर्याउँथे। तिब्बतमा चामल,घ्यु र सख्खरसँगै नुन साटेर गाउँ फर्किन्थे। बाजेसँगै एक पल्ट २२ दिनको यात्रा गरेको उनलाई अझै याद आउछ। ‘खुट्टा दु:खेर राती बाजेले मालिस गरिदिनुभएको हिजो जस्तै लाग्छ। अहिले पो हामी परनिर्भर भयौ। लता–कपडासमेत रेडिमेड लगाउँछौ। उ बेलाका मानिस स्वावलम्बी र आत्मनिर्भर थिए। तिब्बतबाट ल्याएको भेडाको उनबाट रातभरिमा धागो बनाइ सिध्याउँथे।’
त्यही धागोबाट बक्खु, खुट्टामा लगाउने जुता (दोब्चा), पाइन्ट र महिलाले लगाउने लुगालगायत पेटिकोटसमेत घरमा बनाएको उनलाई याद छ। आफू १४ वर्षको उमेर हुँदा चौरी चराउँदै तिब्बतको जङल पुगेको उनलाई सम्झना आइरहन्छ। त्यो बेला चौरी गोठालेहरुलाई नेपाल–तिब्बत सिमानाको कुनै भेउ हुदैनथ्यो। हुर्किदै गएपछि उनको गाउँमै बिहे भयो र जिम्मेवारी बढ्न थालेपछि बाहिरी संसार बुझ्न थाले।
‘२०५७ फाल्गुन महिनामा साम्दोगाउँको एकजना आफन्तको सहयोगमा टुरिस्ट भिजामा दक्षिण कोरिया पुगेँ। एकातर्फ गरिबीले गाँजिएको परिवार थियो। त्यसमा पनि भर्खरै बिहे गरेर जिम्मेवारी बहन गर्नुपर्ने अवस्था भयो। १० वर्ष उतै काम गरेर घर खर्च पठाए’, उनी भन्छन्।
गाउँमा ८० किलोवाट बत्ति बलेको दिन उनको खुशीको सिमाना थिएन। ‘कोरियामा काम गर्दा डेरामा बलिरहेको बल्ब देखेको सपना साकार भयो भनेर म दंग थिए’, उनले भने। उनी यो अभियानमा सम्पूर्ण गाउँलेको साथ दिएकोमा धन्यवाद भन्न चाहन्छन्।
कोरियामा काम गर्दा त्यहाँको बिकास र नियम देखेर उनी अचम्म पर्थे। काम गरेर डेरामा फर्केपछि बलिरहेको बिजुलीको बल्ब एक टकले हेरिरहन्थे। राेजगारीका लागि काेरिया जाँदासम्म उनको गाउँमा बत्ती बलेको थिएन। उनी गम्थेँ– ‘आफ्नो गाउँमा पनि यस्तै बत्तीको उज्यालो ल्याउन पाए गाउँको अनुहार फेर्न सकिन्थ्यो कि।’ कैयौं दिन यही साेचले निदाउन पनि सकेनन्।
२०६८ सालमा कोरियाबाट फर्किदा उनको हातमा केहि पैसा थियो। गाउँको अवस्था १० वर्षअघि जहाँ छोडेर गएको थियो, त्यस्तै थियो। कुनै परिवर्तन भएको थिएन। यद्यपि देशमा प्रजातन्त्र फ्याँकेर गणतन्त्र भने स्थापना भइसकेको थियो। जिल्लामा उनले कांग्रेसी नेता चिनकाजी श्रेष्ठलाई चिनेका थिए। चिनकाजीसँग उनको सम्बन्ध राम्रो थियो।
गाउँमा टेलिफोनको टावर नहुँदा स्थानीयले बाहिर बसेका आफन्तसँग सम्पर्क गर्न पाएका थिएनन्। उनले यो समस्या कोरिया हुँदै बुझेका थिए। त्यसैले नेपाल फर्किएपछि उनै चिनकाजीमार्फत टेलिकमको टावर गाउँमा लैजान सफल भए। यतिबेला उनको सक्रियताको गाउँमा ठूलो प्रसंसा भयो। टावर ठ्डिएको एक वर्षपछि २०७२ मा स्थानीय तहको चुनाव भयो। सामाजिक काम गर्न रुचाउने उनलाई ल्हो गाउँका स्थानीयले कांग्रेस पार्टीबाट निर्बिरोध वडा अध्यक्ष मनोनित गरे।
गाउँ बाहिरबाट आउने–जानेसँग राम्रो सम्बन्ध बनाएका उनी स्थानीयस्तरमा भिजेका व्यक्ति हुन्। उनले आफ्नो कार्यकालमा ४ वटा काम गर्ने लक्ष्य बनाएका थिए। जसमा आफू सफल भएको उनको भनाई छ।
‘मेरो पहिलो काम थियो– बिजुली बालेर गाउँलेलाइ उज्यालो प्रदान गर्नु। जुन मैले पुरा गरे। कादरी संस्थाको सहयोगमा ल्हो, स्याला र स्यो गाउँलाई झिलिमिली बनाए।’
अहिले दोर्जे कामी बृद्ध भत्ता खाइरहेका छन्। ‘मलाई किन हो। उनको नागरिकता बनाइदिएकाेमा निकै सन्तुष्टी छ,’ उनले भने।
गाउँमा ८० किलोवाट बत्ती बलेको दिन उनको खुशीको सिमाना थिएन। ‘कोरियामा काम गर्दा डेरामा बलिरहेको बल्ब देखेको सपना साकार भयो भनेर म दंग थिए’, उनले भने। उनी यो अभियानमा सम्पूर्ण गाउँलेले साथ दिएकोमा धन्यवाद भन्न चाहन्छन्।
त्यति मात्र हाेइन, उनको गाउँ ल्होमा खानेपानीको निकै अभाव थियो। त्यसका लागि गाउँबाट आफ्नै खर्चमा कहिले काठमाडौ त कहिले प्रदेश सरकारको ढोका ढकढक्याइ रहन्थे। जसको फलस्वरूप अहिले ल्हो गाउँका हरेक घरमा खानेपानीको धारा जडान भइसकेको छ।
इच्छाशक्ति भयो भने हरेक अफ्ठ्यारा काम पनि सम्भव हुन्छन् भन्ने उदाहरण स्वयम् पेम्बा हुन्। उनको प्रयासले गाउँमा मात्र होइन, पुरै चुमनुभ्री भ्याली उज्यालो भएको छ। यसैले गोरखा जिल्लामै उनले आफ्नो फरक पहिचान बनाइसकेका छन्।
यो क्षेत्र बन्यजन्तु नरसंहार बर्जित क्षेत्र हो। सरकारले संरक्षण क्षेत्र समेत घोषणा गरेपछि बन्यजन्तुको संख्या पनि बढेको छ। बन्यजन्तुले खेतबारीमा पसेर अन्नबली खाइदिन थालेपछि तत्कालीन अध्यक्ष पेम्बाले करिब १६ किलोमिटर बराबरको तारजालीसहित पर्खाल बनाएका थिए। यसै कारण अहिले स्थानीय जनताको घरबारी सुरक्षित छ।
गाउँ र सामाजको लागि उनले देखेको सपना आफ्नो कार्यकालमा पुरा गरेपछि उनले गत स्थानीय चुनावमा गाउँकै युवालाई अगाडि सारे। अहिले उनी ल्हो गाउँमाथि स्यालामा कोरियाबाट आउँदा बचेको पैसाले होटल ब्यवसाय गरिरहेका छन्। उनको होटल ‘माउन्ट भ्यु’ आतिथ्यका लागि पनि चर्चित छ।
गण्डकी पारिको एउटा गाउँ ग्यासामा दलित परिवारको बसाेबास छ । दावा दोर्जे कामी नाम गरेका यी दलितको उमेर ७० कटिसकेको थियो। तर उनले नागरिकता बनाएका थिएनन्। यो कुरा थाहा पाएपछि दावाको घरमै पुगेर पेम्बाले हेलिकोप्टरबाट सरकारी कर्मचारी गाउँमा बाेलाइ नागरिकता बनाइदिएका थिए। अहिले दोर्जे कामी बृद्ध भत्ता खाइरहेका छन्। ‘मलाई किन हो। उनको नागरिकता बनाइदिएकाेमा निकै सन्तुष्टी छ,’ उनले भने। स्थानीयबीच राम्रो छवि बनाएका पेम्बा मनास्लु क्षेत्रमा थप नयाँ पर्यटन सम्भावना खोजी गर्ने अभियानमा सक्रिय छन्। उनको अभियान सफल रहोस्।
प्रतिक्रिया