प्रकृति

खुट्टाबाट सुन्छन् र कहिल्यै बिर्सदैनन् हात्तीहरू

क्रिस्टोफारो बेयाट्रिस

हात्तीलाई ‘जेन्टल जायन्ट्स’ भन्ने गरिन्छ। अफ्रिका र एसियामा भेटिने हात्ती पृथ्वीमा पाइने भीमकाय स्तनधारी जनावर हो।

उनीहरूको संवेदनशील खुट्टादेखि ठूलो मस्तिस्कलगायत विशाल शरीर जंगलमा बसोबास गर्न उपयुक्त मानिन्छ। 

हात्ती यसै पनि आफ्नो खुट्टाको पञ्जाको सहयोगले हिँडडुल गर्छ। तर पनि उसले लामो दूरी सहजै तय गर्नेगरेको छ। यो यस कारण पनि सम्भव छ कि, उनीहरूको खुट्टामा मोटो चक्ला हुन्छ। त्यसैले उनीहरूको पाइताला चारपाटे हुन्छन्। ठूलो आकारमा हुने पाइतालाको चक्लामा कृत्तिम औला पनि हुन्छ, जसलाई ‘प्रिडिजिट’ भन्ने गरिन्छ। यसैको सहयोगले हात्तीले भूइँमा आफ्नो शरीरको तौललाई विभाजन गर्छ। 

हात्तीको खुट्टाले अर्को आश्चर्यजनक काम पनि गर्नेगरेको छ। यसले सञ्चारको काम गर्छ। हात्तीले लगभग ३२ किलोमिटर टाढाबाट आउने सुक्ष्म ध्वनीको आवाज सुन्न सक्छ। पृथ्वीको सतहमा आउने भूकम्पीय कम्पनको जोखिमलाई उसले आफ्नो खुट्टाको सहयोगले महसुस गर्नसक्छ। 

अनुसन्धानकर्ताहरू यी कम्पन हात्तीको खुट्टामार्फत कंकालमा हुँदै कानसम्म पुग्ने बताउँछन्। हात्तीको यही गुणका कारण उनीहरूलाई टाढैदेखि खतरा महसुस हुने गर्दछ।

 

सबैभन्दा रोचक कुरा, हात्तीलाई आफू हिँड्ने बाटोमा भएको सानो खाल्डोको समेत स्मरण हुन्छ। उनीहरूलाई सानो नदीको बाटो हुँदै तय गरिने छोटो बाटोसमेत याद हुन्छ, यद्यपि त्यो ५० किलोमिटर टाढा किन नहोस्। 

पृथ्वीको यो विशाल ‘मेमल’ आफ्नो सञ्चारमा मात्र पोख्त छैन, २०१४ को एउटा अध्ययनलाई मान्ने हो भने, उसले मानवीय भाषाको फरकपना सहजै छुट्टयाउन सक्छ। उनीहरूमा पुरुष, महिला वा बालबालिकामध्ये कुन आवाज कसको हो? त्यो छुट्टयाउन गाह्रो पर्दैन। उनीहरूसँग यो छुट्टयाउन सक्ने गजबको क्षमता भएको अध्ययनले दर्शाएको छ।

elephent1 

उनीहरू आफ्नो यही अद्भूत क्षमताका कारण कुन मानिसबाट आफूलाई कति खतरा छ, त्यो सहजै पहिचान गर्न सक्छन्। 

अनुसन्धानकर्ताले केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्जमा जंगली हात्तीलाई विभिन्न आवाजको रेकर्डिङ सुनाएका थिए। उनीहरूले त्यो, यस कारण गरेका थिए कि, आवाज सुनेर हात्तीहरू कति रक्षात्मक हुन्छन् भनेर। 

मसाई जनजातीका पुरुष र काम्बा जनजातीको आवाज सुनाउँदा हात्तीले मसाईको आवाज सुनेर तिखो प्रतिक्रिया दिएका थिए।

यो जातीले जंगलमा हात्तीहरूलाई मारेका थिए। यो अनुसन्धानमा मसाई महिला र यो जनजातीका बालबच्चाको पनि आवाज सुनाइएको थियो। यतिबेला उनीहरूले समान्य प्रतिक्रिया मात्र जनाएका थिए। किनभने यी जनजातीका महिला तथा बालबच्चाबाट हात्तीलाई खासै समस्या थिएन।  

कहिल्यै बिर्सिदैनन् हात्ती

भाषा पहिचान गर्ने हात्तीको क्षमता, उनीहरूको अद्भूत स्मृतिको प्रमाण हो। पृथ्वीमा बसोबास गर्ने सबैभन्दा ठूलो स्तनधारी जनावरमा सबैभन्दा ठूलो मस्तिस्क हात्तिको हुन्छ। उनीहरूमा मानवभन्दा धेरै पिरामिडिय न्युरोन (स्नायु कोशिका) हुने गर्छ। यी न्युरोन संज्ञानात्मक कार्यका लागि अहम मानिन्छन्। यसको अर्थ–हात्तीको सम्झने गुण, मानिसको भन्दा धेरै विकसित हुनसक्छ। 

elephent2

सबैभन्दा रोचक कुरा, हात्तीलाई आफू हिँड्ने बाटोमा भएको सानो खाल्डोको समेत स्मरण हुन्छ। उनीहरूलाई सानो नदीको बाटो हुँदै तय गरिने छोटो बाटोसमेत याद हुन्छ, यद्यपि त्यो ५० किलोमिटर टाढा किन नहोस्। 

अरु जनावरभन्दा हात्ती संवेदनशील हुनुको अर्को कारण पनि छ। उनीहरू निकै पेचिलो समाजमा बसोबास गर्छन। कुनै घटना, तस्करी, परिवारको सदस्यको निधन र आफ्नो झुण्डबाट छुट्टिने जस्तो कृयाले हात्तीलाई उत्तेजित तुल्याउने गरेको छ। यस्तो अवस्थामा उनीहरू डरलाग्दो र आक्रामक देखिन्छन्। उनीहरू आफ्नो बच्चाप्रति निकै संवेदनशील हुन्छन्। 

मसाई जनजातीका पुरुष र काम्बा जनजातीको आवाज सुनाउँदा हात्तीले मसाईको आवाज सुनेर तिखो प्रतिक्रिया दिएका थिए।

एसिया महादेशमा हात्ती निकै संकटमा छन्। ७५ वर्षयता हात्तीको जनसंख्या ५० प्रतिशतले घटेको छ। हात्ती बसोबास गर्ने जंगली क्षेत्रमा भएको कटान, हिँडडुल गर्ने क्षेत्रमा बढ्दै गरेको शहरीकरण आदिले उनीहरूलाई खुम्चिन बाध्य पारेको छ। अझ, अफ्रिकाको धेरै ठाउँमा हात्तीको तस्करी सबैभन्दा ठूलो खतरा भएको छ। 

–डिबल्युको रिपोर्टबाट

प्रतिक्रिया