किन देखिन थाल्यो केटाकेटीमा ‘प्युबर्टी’ काे समस्या?

काठमाडौं। काेराेनाकालमा विश्वभरीका मानिसमा देखिएको शारीरिक तथा मानसिक बिरामीका कारण केटाकेटीमा अचम्मकाे परिवर्तन देखिन थालेकाे छ। यतिबेला उमेर नपुगेका बालबालिकामा हार्माेनकाे समस्याका कारण छिटै युवा बन्ने समस्या ‘प्युबर्टी’ देखिन थालेकाे हाे।  

यो समस्या विशेष गरेर लकडाउनकाे समय केही देशमा महसुस भएको स्वास्थ्य संस्थाहरुले बताएका छन्। असाधारण मानिने याे घटनालाई ‘इडियोप्याथिक प्रिकाेशियस प्युबर्टी’ भन्ने गरिन्छ। 

‘अर्ली प्युबर्टी’ र काेराेना संक्रमणकाे सम्बन्ध छैन 

काेराेनाकाे सुरुवातीकालदेखि नै बालिकाहरुमा देखिन थालेकाे शारीरिक परिवर्तनमा भाइरसको संक्रमण मुख्य कारण मानिएको थियो। यस विषयमा एउटा अध्ययन पनि भएको थियो। तर, हालै राेममा भएको ६० औं युराेपेली साेसाइटी फर पिडियाट्रिक एन्डाेक्रिनाेलाेजीकाे बैठकमा एउटा रिसर्च नै प्रस्तुत भयाे। जसमा भनिएको छ– बालिकाहरुमा देखिएको ‘अर्ली प्युबर्टी’ मा काेराेना संक्रमणको कुनै भूमिका छैन।

ब्लु लाइट एक्सपाेजरमा प्युबर्टीकाे कनेक्शन

लकडाउनमा स्मार्ट ग्याजेटमा बिताइएको अत्याधिक समयलाई प्युबर्टीकाे सबैभन्दा ठूलाे कारण मानिएको छ। यसलाई प्रमाणित गर्न टर्कीकाे गाजी विश्वविधालय र अंकारा सिटी अस्पतालका वैज्ञानिकले १८ वटा पाेथी मुसामा रिसर्च गरेका थिए। उनीहरुले विभिन्न एलइडी लाइटमा लामाे समय यी मुसाहरुलाई राखेका थिए। रिसर्चमा याे तथ्य उजागर भएको थियो कि, जुन मुसा सबैभन्दा बढी लाइटमा बसेका थिए उनीहरु अन्य मुसाकाे तुलनामा छट्टै वयश्क भएका थिए।

वैज्ञानिककाे भनाई मनन गर्ने हो भने, हाम्राे डिभाइसकाे स्क्रिनबाट निस्कने ब्लु लाइटले शरीरको मेलाटोनिन हार्माेनकाे मात्रालाई घटाउने काम गर्छ। यो हार्माेन हाम्रो दिमागबाट रिलिज हुँदै यसले निन्द्रालाई रेगुलेट गर्ने गर्छ। यस्तै रिप्राेडक्शनमा काम गर्ने हार्माेन्स बढ्ने खतरा पनि उत्तिकै हुन्छ। जसले समयभन्दा अगाडि नै मानिसलाई वश्यक बनाउने गर्छ।

प्युबर्टीकाे सामान्य उमेर कति हो?

केटा मान्छेकाे प्युबर्टीकाे उमेर ९ देखि १४ वर्षकाे बीचमा हुने गर्छ। केटीकाे सन्दर्भमा याे उमेर ८ देखि १३ वर्षसम्म रहेकाे छ। तर ८ वर्षको उमेरदेखि नै केटीहरुमा सेकेण्डरी सेक्शुअल लक्षण (जस्ताे कि स्तनकाे आकार बढ्ने वा प्राइभेट पार्ट्समा राैं आउने) देखिन थाल्छ भने यसलाई ‘प्रिकाेशियस प्युबर्टी’ भनिन्छ। यस्तो घटनामा अचानक हार्माेनल इम्बेलेन्स हुनुकाे कारण अझै पत्ता लागेकाे छैन। यसमा अझै अनुसन्धान भइरहेकाे छ। 

 

 

प्रतिक्रिया