दक्षिण भारतमा फिल्म अभिनेता रजनीकान्तलाई लिएर मानिसहरु कति पागल छन्, त्यो सबैलाई थाहा भएकै विषय हो। तर, के तपाईलाई थाहा छ, तमिल स्टार माथि पागल हुने कहानी कहाँबाट सुरु भयाे?
हामी बताउने छौं– जुन क्रेज रजनीकान्तका लागि यतिबेला देखिन्छ, त्यसकाे दुई गुणा बढी क्रेज एमकेटी अर्थात मायावरम् कृष्णासामी त्यागराजनकाे थियो।
उनी तमिल सिनेमाका पहिलो सुपरस्टार हुन्। एमकेटी सन् १९३४ मा तमिल सिनेमामा प्रवेश गरेका थिए। उनले कूल १४ फिल्ममा अभिनय गरे। तर, उनकाे लाेकप्रियता यस्तो थियो, उनी जुन बाटाेबाट कारमा हिँडडुल गर्थे, त्यो कारकाे टायरले बनाउने निशानालाई पनि मानिसहरु पुजा गर्थे। टायरले थिचेकाे धूलाे घर भित्र्याउँथे। उनकाे मुहार हेर्न मानिसहरु ट्रेन राेकिदिन्थे। समर्थकहरुले आफ्नो छोराछोरीकाे नाम नै उनकाे फिल्मबाट राखे।
एक दिन आचार्य एउटा ठूलाे कार्यक्रम हेर्न पुगे। स्टेजमा घरबाट भागेकाे छाेरालाई गीत गाउँदै गरेकाे देखेपछि उनी अक्कनबक्क बने।
एमकेटीकाे तीन वटा भब्य महल थियो। उनी लावालस्कर बाेकेर हिँड्थे। खाना पनि सुनकाे थालमा खान्थे। तर भाग्यकाे खेला। यस्तो स्टारकाे अन्त्य सुखद भएन। हत्याकाे आराेपमा जेल परे। जेलबाट निस्किदा उनकाे थुप्रै सम्पत्ति लिलाम भयो। स्टारडमले उनलाई यसरी लात हान्यो कि जुन फ्यानले उनलाई भगवान बनाए, मृत्यु पनि उनीहरुकै कारण भयो।
गायक बन्न बुवासँग बिद्राेह
एमकेटीकाे जन्म ७ मार्च १९१० मा तंजाेर जिल्लाकाे मायावरममा भएकाे थियो। त्यसैले उनकाे नाम मायावरम कृष्णासामी त्यागराजन राखियो। उनी सुनार कृष्णसामी आचार्यकाे ठूलाे छाेरा थिए। एमकेटीलाई सानैदेखि पढाईंमा कम र गायनमा बढी स्वाद लाग्थ्यो। बुवा रुढीवादी साेच राख्थे। त्यसैले उनलाई एमकेटीले गीत गाएकाे मन पर्दैन्थ्यो। छोराकाे गतिविधिबाट बुवा यति चिढिएका थिए कि, उनले एमकेटीलाई स्कुलबाट निकालेर आफ्नै सुनकाे दाेकानमा काम लगाए।
आफ्नो शाैख पूरा गर्न उनी सानैमा घरबाट भागेका थिए। घरबाट भागेपछि उनी सानाेतिनाे कार्यक्रममा गीत गाएर जिविका चालाउँथे। विस्तारै ठूलाे मञ्चमा गीत गाउने माैका जुर्यो। त्यतिबेला उनकाे उमेर ८–९ वर्षकाे मात्र थियो।
एउटा कार्यक्रमले बुवा–छाेराकाे दूरी घट्यो
एक दिन आचार्य एउटा ठूलाे कार्यक्रम हेर्न पुगे। स्टेजमा घरबाट भागेकाे छाेरालाई गीत गाउँदै गरेकाे देखेपछि उनी अक्कनबक्क बने। स्टेजमा सबैले छाेराकाे स्वरको मुक्त कण्ठले तारिफ गरिरहेका थिए। छाेराकाे गायनकाे क्षमता देखेपछि बुवालाई पहिलो पल्ट लागेछ–केटामा केहि दम छ। उनले आफ्नो जिद्धी छाेडे र एमकेटीलाई पून: घर भित्र्याए। अब उनलाई गीत गाउन राेक्ने घरमा काेहि भएनन्।
गायन क्षमताले नाटकमा काम दिलायो
दक्षिण भारतीय रेलवेका एक अधिकारी एफजी नातेशा अय्यरले एउटा कार्यक्रममा एमकेटीकाे भजन सुनेका थिए। उनकाे गायन कलाबाट उनी यति प्रभावित भए कि, उनले नै एमकेटीलाई हरिश्चन्द्र नाटकमा लाेहितदासकाे अभिनयका लागि प्रस्ताव राखे। अभिनयका लागि बुवाले पनि स्विकृति दिएपछि १० वर्षकाे उमेरमा एमकेटीले आफ्नो अभिनयकाे दमले सबैकाे वाहवाही बटुले।
नाटक अत्याधिक सफल भयाे। उनले दिग्गज कलाकारबाट ट्रेनिङ प्राप्त गरे। एमकेटीलाई गायनमा बढी रुची थियाे, त्यसैले उनले अभिनयकाे साथै ६ वर्ष मदुराई पाेन्नु अयंगरसँग संगीत सिके।
फिल्ममा प्रवेश गराउन एक निर्दैशकले फिल्म निर्माण गरे
सन् १९३४ मा एमकेटीले परापूर्वकालकाे एउटा नाटक पावलाक्काेण्डीमा अर्जुनकाे भूमिका निर्वाह गरे। व्यापारी लक्ष्मण चेत्तिर उनकाे अभिनयबाट यति मन्त्रमुग्ध भए की, उनले यही नाम राखेर एमकेटीलाई मुख्य भूमिकामा राख्दै एउटा फिल्म निर्माण गरे। जुन निकै हिट भयो।
फिल्मबाट यति ठूलाे आम्दानी भयाे कि, यही फिल्मबाट कमाएकाे पैसाले हल मालिकले मदुरईमा अर्काे सिनेमा हल बनाए। हलकाे नाम नै चिन्तामणि राखियो।
उनीसँग एउटा राम्राे सेताे घोडा पनि थियाे, जुन हरिदासमा पनि देखिएकाे थियो, यसलाई आफ्नाे लग्जरी कारकाे भिडमा समावेश गराउँथे।
राजाकाे जीवन
एमकेटी आफ्नाे बेलाकाे सबैभन्दा धनि अभिनेता थिए। जसकाे जिन्दगी नै ठाँटबाटकाे थियो। एमकेटीले मद्रासमा ३ भब्य बंगला बनाएका थिए, जहाँ उनी राजा जस्तै बस्थे र सुनकाे थालमा खाना खान्थे।
एउटै थिएटरमा एक वर्ष फिल्म
सन् १९३७ मा रिलिज भएकाे एमकेटीकाे फिल्म चिन्तामणि एक वर्ष राेयल थिएटरमा चल्यो। एक वर्ष थिएटरमा लाग्ने यो तमिलकाे पहिलाे फिल्म हो। फिल्मबाट यति ठूलाे आम्दानी भयाे कि, यही फिल्मबाट कमाएकाे पैसाले हल मालिकले मदुरईमा अर्काे सिनेमा हल बनाए। हलकाे नाम नै चिन्तामणि राखियो।
अनुहार हेर्न गार्डले राेके ट्रेन
एमकेटीले जुन ठाउँमा खुट्टा राख्थे, त्याे ठाउँकाे माटाे फ्यानहरुले घर लान्थे। एक पल्ट एमकेटी कारबाट पुदुकाेट्टाई जाँदै थिए। रेलवे क्रसिङका कारण उनले बीचैमा कार राेक्नुपर्यो। उनलाई हेर्न त्यतिबेला कार राेकिएकाे ठाउँमा ठूलो भिड जम्मा भयाे। ट्रेन जतिबेला उनकाे कार राेकिएकाे ठाउँ नजिकैबाट दाैडिरहेकाे थियो, गार्डकाे आँखा एमकेटीतर्फ साेझियो।
उसले तुरुन्त ट्रेन राेक्न आदेश दियो। र, एमकेटीकाे नजिकै पुगेर गीत सुन्ने प्रस्ताव राख्यो। तर, एमकेटीले गार्डकाे यो प्रस्ताव अस्विकार गरे। एमकेटीकाे मुखबाट गीत सुन्ने जिद्धी गरिरहेका गार्डले उनकाे गीत नसुनेसम्म ट्रेन न दाैडिने घोषणा गर्यो। यसपछि बाध्य भएर एमकेटीले त्यहाँ गीत गाउनु पर्याे। गीत सकिएपछि मात्र ट्रेन फेरि दाैडियो।
उनलाई हेर्न खाेज्दा बच्चालाई करेन्ट लाग्यो
एमकेटीकाे कार्यक्रममा मानिसकाे यति ठूलाे भिड लाग्थ्याे कि, कार्यक्रम स्थल सधै सानाे हुन्थ्यो। धेरै मानिस रुखमा चढेर उनकाे कार्यक्रम हेर्थे। एक पल्ट उनकाे कन्सर्ट हेर्न एउटा बच्चा बिजुलीकाे तार बिछ्याइएकाे खम्बामा चढे। उसलाई करेन्ट लाग्याे। जब एमकेटीले यसकाे जानकारी पाए, उनी बच्चालाई हेर्न घर पुगे। एमकेटीले परिवारलाई ५ हजार रुपैयाँ आर्थिक सहयाेग पनि गरे। त्यतिबेला याे रकम निकै ठूलाे थियो।
फ्यानकाे पागलपन देखेर आयोजक डराउँथे
एउटा मन्दिरकाे कार्यक्रममा एमकेटीकाे पहिलाे दिन नै प्रस्तुति थियो। जब पण्डाल लगाउने आयोजक कार्यक्रमकाे दिन त्याे ठाउँमा पुगे, उनीहरु भिड देखेर तर्सिए। उनीहरुले आयोजकलाई एमकेटीकाे प्रस्तुति त्यो दिनकाे सट्टा अन्तिम दिन राख्न सुझाव दिएका थिए। वास्तवमा एमकेटीलाई हेर्न आउने भिडमा भागदाैड हुन्थ्यो र पण्डाल भाँचिन्थो। पण्डाल भाँचिदा आयोजककाे दाेहाेराे खर्च हुन्थ्यो। अन्तिम दिन उनकाे कार्यक्रम राख्ने सुझाव किन पनि थियाे भने उनकाे प्रस्तुतिपछि कार्यक्रम सकिँदा पण्डाल ताेड्न अतिरिक्त खर्च गर्नु पर्दैन्थ्यो।
तीन किलाेमिटरकाे भिडले एमकेटीकाे स्वागत गर्दा
एक पल्ट देवाकाेट्टाईमा एउटा कन्सर्ट गर्न उनलाई निम्तो आएकाे थियाे। उनी आयोजकसँगै देवाकाेट्टाई राेडस्थित रेलवे स्टेशन पुग्दा उनलाई स्वागत गर्न महाराजाकाे बग्गीसँगै ३ किलाेमिटर टाढादेखि मानिस लाइनमा लागेका थिए।
प्लेटफर्मको टिकट समाप्त
एमकेटी जतिबेला रेलबाट यात्रा गरिरहेका हुन्थे, उनका फ्यानहरूको आग्रह हुन्थ्यो कि, उनले हरेक स्टेशनमा उत्रिनुपर्थ्याे। स्टेशनको हरेक प्लेटफर्मको टिकट पनि समाप्त हुन्थ्यो। उनी चढेको रेल सधै ढिलो गन्तब्यमा पुग्थ्यो।
सुनको कभरमा काइयो
एमकेटीको कपालको स्टाइल त्यतिबेला निकै लोकप्रिय थियो। उनका फ्यानहरू कपालको निकै कपि गर्थे। उनको एउटा फ्यान बर्षेनी उनलाई भेट्न आइरहन्थ्यो। त्यसको कारण थियो, एमकेटीको कपालमा काइलो लगाउने अवसर। उ एमकेटीलाई भेटेर उनको कपालमा काइयो लगाउँथ्यो। हरेक वर्ष उसले नयाँ–नयाँ काइयो ल्याउँथ्यो र कोरेको काइयोलाई सुनको कभरले ढाकेर राख्थ्यो।
औंठी निकाल्न इनारमा हाम्फाल्दा
काराइक्कुण्डीमा बसोबास गर्ने सत्यसीलन नाम गरेका एक युवा एमकेटीको भक्त थियो। उसले एमकेटीको लागि आफ्नो घर परित्याग गरेकाे थियो। उ एमकेटीको घरमा नोकरको रुपमा काम गर्थ्याे। र, आफ्नो नाम नै एमकेटी गोपाल राखेको थियो।
एक दिन इनार छेउमा नुहाउने क्रममा एमकेटीकाे हिराको औंठी एक्कासी झर्यो। त्यो औंठी खोज्न गोपालले इनारभित्र छलाङ लगाएको थियो। उसले औंठी खोजेर निकाल्यो। यो घटनाका कारण एमकेटी स्तब्ध भएका थिए। उनी र गोपालको सम्बन्ध निकै राम्रो थियो। नोकर भए पनि गोपालको छोरीको बिहेमा उपस्थित भएर एमकेटीले गीत गाएका थिए। गोपालले आफ्नो छोराछोरीको नाम पनि एमकेटीको फिल्मबाट चिन्तामणि र शिवगामी राखेका थिए।
उनलाई आजीवन कारावासको सजाय भयो। तर, ३ वर्षपछि यो मुद्धामा पुनर्विचार गरियो र उनी हत्याको आरोपबाट मुक्त भए।
लाठीचार्जमा कुटिदा पनि दंग
तिप्पिराजापुरममा बसोबास गर्ने अर्का एक फ्यान नागर्जन थिए। उनी एमकेटीको यति ठूलो फ्यान थिए कि, एउटा कन्सर्टमा पुलिसबाट लाठी खाए पनि उनी दंग थिए। त्रिचीमा भएको एउटा कन्सर्टमा यति धेरै मानिस उपस्थित भए कि, त्यसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपर्यो। यतिबेला नागर्जनको हातमा प्रहरीले धेरै लाठी बर्साएका थिए। तर, चोटग्रस्त हात लिएर उनले एमकेटीको पुरै कन्सर्ट मात्र हेरेनन्, पछिसम्म दाग लागेको आफ्नो हात देखाउँदै आफूलाई भाग्यमानी ठान्थे।
‘इन्टीमेट सिन’
सन् १९३७ मा एमकेटी अमेरिकी फिल्म निर्देशक एलिस आर दुंगनको फिल्म अंबिकापाथीमा देखा परे। यो फिल्म पनि हिट भयो। तर, हिटसँगै फिल्मले विवाद पनि निम्त्यायो। फिल्ममा एमकेटी र हिरोइन शान्तनलक्ष्मीबीचको ‘इन्टीमेट सिन’ निकै विवादित बन्यो।
हत्याको आरोपमा धुमिल भएको व्यक्तित्व
सन् १९४४ मा एमकेटी, अभिनेता एनएस कृष्णन र हल मालिक श्रीरामलु नायडु पत्रकार लक्ष्मीकान्तको हत्याको आरोपमा पक्राउ परे। लक्ष्मीकान्त फिल्मी पत्रकार थिए। जो तमिल स्टारको निजी जिन्दगीको विषयमा लेख्थे। धेरै मानिसहरू लक्ष्मीकान्तलाई घुस दिएर लेख लेख्न रोक्न खोज्थे।
एमकेटी ती मानिसहरूको सूचीमा पर्थे, जसले मद्रास सरकारसमक्ष उनीविरूद्ध उजुरी दर्ता गराएका थिए। ८ नोभेम्बरमा लक्ष्मीकान्तमाथि धारिलो हतियार प्रयोग गरेर मार्ने प्रयास भयो। गम्भीर अवस्थामा लक्ष्मीकान्तले आफ्नो वकिल साथी कहाँ गएर पुरै घटनाको व्यहोरा बताए।
अस्पताल पुर्याउने क्रममा बाटोमा अत्याधिक रक्तश्राव भइसकेको थियो। तर, उनले प्रहरी थानामा गएर रिपोर्ट गर्ने जिद्धी छोडेनन्। उनकै उजुरीको आधारमा एमकेटीलगायत अन्य मानिसहरू हत्याको आरोपमा पक्राउ परे।
उनलाई आजीवन कारावासको सजाय भयो। तर, ३ वर्षपछि यो मुद्धामा पुनर्विचार गरियो र उनी हत्याको आरोपबाट मुक्त भए।
१२ फिल्म छोडेर ३ वर्ष जेल
सन् १९४४ मा एमकेटी पक्राउ पर्दा उनीसँग १२ वटा फिल्मको कन्ट्रयाक्ट थियो। तर, उनी जेल परेपछि ती फिल्म अरु कलाकारले गरे। सन् १९४७ मा उनी जेलबाट रिहा हुँदा उनको अत्मविश्वास पहिले जस्तो थिएन। राजाको जस्तो जीवन बिताइरहेका एमकेटीलाई आजीवन कारावासको सजायले भित्रैदेखि कमजाेर बनाएकाे थियो। उनले थुप्रै फिल्ममा अभिनयको प्रस्ताव अस्विकार गरे। अभिनय गरेका बाँकी फिल्म पनि फ्लप भयो। जेल पर्नुअघि उनको स्टारडम यस्तो थियो कि, उनलाई भेट्न राजनीतिक पार्टीका नेताहरू पनि तछाडमछाड गर्थे। उनले आफूलाई राजनीतिबाट टाढा राखे।
तर, जेलबाट फर्किएपछि उनको फिल्म चल्न छोड्यो। उनले अध्यात्मको बाटो रोजे। धेरै तीर्थ यात्रा गरे। पद, प्रतिष्ठा र पैसाबाट प्राप्त सफलताबाट आफूलाई टाढा राख्न थाले। धेरै समय उनी मन्दिर र आश्रममा बिताउँथे।
स्टेज कार्यक्रममा इन्सुलिन
उनी विस्तारै सुगर र हाइब्लड प्रेसरको बिरामी भए। स्टेज कार्यक्रममा उनी इन्सुलिन प्रयोग गर्थे।
फ्यानको औषधीका कारण निधन
सन् १९५९ मा एमकेटी पोलाचीमा कन्सर्ट गर्दै थिए। स्टेजमा उनले इन्सुलिन लिँदै गरेको एक फ्यानले देखे। उही फ्यानले उनलाई एउटा आयुर्वेदिक औषधी प्रयोग गर्ने सुझाव दिए। तर, औषधी प्रयोग गर्ने वित्तिकै उनको स्वास्थ्य अवस्था झन् बिग्रियो। यही कारण २२ अक्टुबर १९५९ मा मद्रासको एउटा अस्प्तालमा भर्ना भएका एमकेटीको एक सातापछि १ नोभेम्बरमा साँझ ६ बजे निधन भयो। यतिबेला उनी ४९ वर्षका मात्र थिए।
–दैनिक भाष्करबाट
प्रतिक्रिया