पहिलाे महिला राष्ट्रपतिलाई स्वागत गर्ने तयारीमा इटाली

काठमाडौै। कट्टर दक्षिणपन्थी समूहकाे नेतृत्व गरिरहेकी जियोर्जियाे मेलाेनी इटालीकाे पहिलाे महिला प्रधानमन्त्री बन्दै छिन्। मुसाेलिनीपछि प्रधानमन्त्री बन्ने कट्टरपन्थी नेतामा उनी पर्छिन्। 

एक्जिट पाेलकाे नतिजालाई हेर्दा आइतबार सम्पन्न इटालीकाे स‌ंसदीय निर्वाचनमा राष्ट्रवादी छवी बनाएकी मेलाेनीले बहुमत पाउने निश्चित छ। साेमबार बिहान पत्रकारसँग कुराकानी गर्दै मेलाेनीले भनिन्, इटालीकाे जनताले उनकाे गठबन्धनलाई मत दिएर स्पष्ट सन्देश दिन खोजेका छन्। 

मेलाेनीले भनिन्, ‘यदी इटालीका जनताले हामीलाई शासनकाे बागडाेर दिन्छन् भने हामी तयार छौं। हाम्राे उद्धेश्य जनतालाई एकजुट गर्नु हाे। जनताकाे विश्वासमाथि कुटाराघात हुने छैन।’ 

उनकाे यो टिप्पणी मध्य–बामपन्थी डेमाेक्रेटिक पार्टी (पीडी) ले हार स्विकार गरेपछि सार्वजनिक भएकाे हो। पीडीका वरिष्ठ सांसद डेबाेरा सेराचियानीले पार्टीकाे आधिकारीक टिप्पणी सार्वजनिक गर्दै भनिन्, ‘देशका लागि दु:खकाे साँझ हाे। दक्षिणपन्थीसँग बहुमत छ। तर देशमा हाेइन।’

स्थानीय समयअनुसार आइतबार राती ११ बजे मतदान समाप्त भएकाे थियो। एक्जिट पोलमा मेलाेनीकाे ‘ब्रदर्स अफ इटाली’ पार्टीले नेतृत्व गरेकाे गठबन्धनले लगभग ४५ प्रतिशत मत हात पारेकाे देखाएकाे छ। मेलाेनी एक्लैले यसमा २६ प्रतिशत मत प्राप्त गरेकाे देखिएकाे थियो। 

डेमाेक्रेटिक पार्टीलाई २९ प्रतिशत मात्र मत प्राप्त भएकाे एक्जिट पाेलकाे रिपाेर्ट छ। ५–स्टार मुभमेन्टलाई १६ दशमलव ५ प्रतिशत मत प्राप्त भएकाे देखिन्छ। 

यसपालि चुनावमा साढे ५ कराेड मतदाता मतदानका लागि योग्य थिए। इटालीकाे गृहमन्त्रालयले ६४ प्रतिशत मत खसेकाे बताएकाे छ। २०१८ मा ७३ प्रतिशत मत खसेकाे थियो। 

संसदकाे तल्लाे सदनमा भएकाे ४ सय सिटमध्ये २ सय २७ देखि २ सय ५७ काे बीच तथा सिनेटकाे २ सय सिटमध्ये १ सय ११ देखि १ सय ३१ सम्मकाे बीचमा सिट ल्याउने पार्टीले जित सुनिश्चित गर्नेछ।

–राेयटर्स

 

 

प्रतिक्रिया