‘म तपाईंको अनुहार सम्झिरहन चाहन्छु किनभने यहाँसँग स्वर्गमा मेरो भेट हुनसक्छ। त्यसबेला चिन्न सकूँ र एकपटक फेरि यहाँलाई आभार व्यक्त गर्न पाउँ!’ एकपटक रेडियो कार्यक्रम प्रस्तोताले फोनमा भारतका अर्बपति रतन टाटासँग सोधे– सर, तपाईंलाई जीवनमा अधिक खुशी र सुख मिलेको कुन घटना सम्झना छ?
रतन टाटाले जवाफमा भनेः
“म जीवनमा खुशीको चार चरणबाट गुज्रेको छु, तीमध्ये अन्तिम चरणले मलाई खुशी र सुखको अर्थ सम्झाएको छ।”
जीवनको पहिलो चरण धन कमाउने र स्रोतसाधन सञ्चय गर्ने सन्दर्भमा थियो। तर त्यसले मलाई त्यो तहको खुशी मिल्न सकेन, जो म चाहन्थें।
त्यसपछि बहुमूल्य सामान र वस्तुहरु संग्रह गर्ने दोस्रो चरण आयो। तैपनि मैले महसुश गरें कि यी चिजहरुको असर पनि अस्थायी हुनेछन्। किनकि बहुमूल्य सामान र वस्तुहरुको चमक पनि अस्थायी हुनेछन् ती धेरै समय टिक्ने छैनन्।
त्यसपछि समय बित्दै जाँदा ठूल्ठूला व्यावसायिक प्रोजेक्टहरु सुरु गर्ने समय आयो, यो थियो तेस्रो चरण। यो चरण त्यसबेलाको हो जब भारत र अफ्रीकामा डिजलको नब्बे प्रतिशत आपूर्ति म एक्लैले गर्थें। त्यतिमात्र होइन म भारत र एशियामै सबभन्दा ठूलो फलाम कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मलाई त्यो खुशी मिलेन जसको म कल्पना गर्थें।
त्यसपछि आयो चौथो चरण । जब एकदिन मेरा एक मित्रले मसँग केही अपाङ्ग बच्चाहरुका लागि व्हील चेयर खरिद गर्न परेको कुरा सुनाए र खरिद गरिदिन सल्लाह दिए। लगभग दुइसय बच्चाहरु थिए होला। मित्रको सल्लाह बमोजिम मैले तत्कालै चाहिएजति व्हील चेयर खरिद गरें।
तर मेरा मित्रले ती ह्वील चेयर वितरण गर्न मलाई आफैं उपस्थित हुनुपर्छ भनेर जिद्दी गरे। नाईं भन्न सकिनँ र म गएँ बच्चाहरु भए ठाउँ।
मैले त्यहाँ सबै बच्चाहरुलाई एकेक गरेर ह्वील चेयर वितरण गरें। त्यसबेला मैले ती बच्चाहरुको मुहारमा गज्जबको खुशीको चमक देखें। उनीहरु रमाएर व्हील चेयरमा बसेर घुमेको खेलेको र रमाएको नजिकैबाट हेरें।
त्यसबेला त्यहाँको वातावरण यस्तो लाग्थ्यो कि यहाँ पिकनिक भैरहेको छ, मानिसहरु रमार्ईलो गरिरहेका छन्। पिकनिकको खेल प्रतिष्पर्धामा जितेर खुशी बाँडिरहेको जस्तै थियो त्यो वातावरण।
मलाई त्यसदिन अन्तर मनबाट असली खुशी महसुश भयो। जब म त्यहाँबाट फर्किन लागेकोमात्र थिएँ भिडबाट एउटा बच्चाले आएर मेरो खुट्टा मज्जाले समात्यो।
मैले बिस्तारै आफ्नो खुट्टा उसको हातबाट खुस्काउन कोशिश गरें तर बच्चाले मलाई छोड्न मानेन। अनि उसले मेरो अनुहारमा एकटकसँग हेर्दै मेरो खुट्टा अझ कसिलोगरी समाईरह्यो।
मैले निहुँरिएर त्यो बच्चालाई सोधें के तिमीलाई अरु केही चाहिएको छ?
अनि उसले मलाई जस्तो जवाफ दियो त्यसले मलाई झक्झक्याएन मात्रै जीवनका बारेमा मेरो दृष्टिकोण नै पुरै परिवर्तन गरिदियो। त्यो बच्चाले भनेको थियो– ‘म तपाईंको अनुहार सम्झिरहन चाहन्छु किनभने यहाँसँग स्वर्गमा मेरो भेट हुनसक्छ। त्यसबेला पनि चिन्न सकूँ र एकपटक फेरि यहाँलाई आभार व्यक्त गर्न पाउँ!’
यो गहन सन्देशमूलक कथाको मर्म हामी सबैका लागि उदाहरणीय छ। यसलाई आफ्नो अन्तर मनले मनन गर्न उचित छ। यतिमात्र सम्झिए पर्याप्त हुने छ कि यो जीवनमा संसार र सबै सांसारिक गतिविधि छोडेपछि तपाईंलाई केका लागि सम्झना गरिने छ, किन सम्झिने? के कोही तपाईंको मुहार फेरि पनि देख्न लालायित होला?
प्रतिक्रिया