के ‘मिस्टर बीन’ मरेकै हुन् ? 


काठमाडौं । केही समययता बुढा कलाकारहरुको मृत्युको हौवा सामाजिक संजालमा निकै चल्ने गर्छ । यस्तै हल्लाको शिकार भएका छन्, मिस्टर बीन अर्थात अभिनेता रोवन एटकिन्सन । 

रोवनको मृत्यु भएको हौवा सामाजिक संजालमा कुन हदसम्म फैलियो भने यी ६६ वर्षीय कलाकारलाई लिएर शुभचिन्तक निकै चिन्तित भए । कसैकसैले ‘रिप मिस्टर बिन’सम्म लेखे । कोही त रुन थाले । यद्यपी, मिस्टर बिनको मृत्युको हल्ला चलेको यो पहिलो पटक भने हैन ।

‘स्पट ब्याय’ पत्रिकाको रिपोर्ट अनुसार रोवन एटकिन्सनको मृत्युको हल्ला यस्तो टविटर हयान्डलले चलाए, जसले आफुलाई अमेरिकी न्यूज च्यानल फक्स न्यूज दाबी गरिरहेका थिए । यो फजी टविटर ह्याण्डलले जुन टवीट ग¥यो, उसको लिंकमा एउटा स्पाम अर्थात मलिशियस लिंक थियो । जसले यसमा क्लीक ग¥यो, उसलाई स्पामले आफ्नो चंगुलमा लिइहाल्यो । 

फर्जी टवीटमा लेखिएको थियो, ‘फक्स ब्रेकिङ न्यूज, मिस्टर बीन (रोवन एटकिन्सको ५८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ ।’
एक अन्य टवीटमा भनिएको थियो, ‘कमेडियन तथा अभिनेता रोवन एटकिन्सन अर्थात मिस्टर बीन मरेको खबर छ । किनकी ५८ वर्षीय अभिनेताको १८ मार्च, २०१७ मा कार दुर्घटनामा मृत्यु भएको थियो ।’

कस्तो टवीट होला, जसमा तथ्यांकसमेत गलत छ । सन् २०१७ मा रोवनको उमेर ६२ वर्ष थियो, ५८ हैन । 

Mr_Bean

गत जनवरीमा रोवनले एक अन्तर्वार्तामा भनेका थिए कि अब कहिल्यै पनि उनी ‘मिस्तर बीन’को भूमिका निर्वाह गर्ने छैनन् । हो, उनले मिस्टर बीनकै भूमिकामा बन्ने एक एनिमेटेड सिरिजमा चाहिँ आफ्नो आवाज दिने जानकारी चाहिँ दिएका थिए । ‘मेरो लागि केवल आवाजका रुपमा यो भूमिका निर्वाह गर्न सहज हुनेछ । मलाई अब यो भूमिकामा खेल्न खासै मजा आउँदैन । यो भूमिकामा खेल्न जुन जिम्मेवारी उठाउनुपर्छ, त्यो निकै बोझीलो छ’, रोवनले भनेका थिए । 

सन् १९९० मा मिस्टर बीनको भूमिका टेलिभिजनमा पहिलो पटक देखिएको थियो । त्यसपछि विस्तारै यो भूमिका विश्वभरी प्रख्यात भयो । यो भूमिकाको लोकप्रियताको अनुमान यसबाट पनि लगाउन सकिन्छ कि मिस्टर बीनको फेसबुक पृष्ठ विश्वभरी सबैभन्दा बढी लाइक गरिएका पेजहरुमा १० औं नम्बरमा आउँछ । 
 

प्रतिक्रिया