रावणहरू मन्दोदरीको पेन्टी बोकेर
भेडाहरूलाई चटाउँदै मन्दोदरीको पुरानो कट्टु
र पेन्टीको चोप!
भ्यूटावरका चश्माबाट हेर्ने छन् भेडाहरूको जमात
कतै भेडेटारतिर
कतै भेडेनागितिर
कतै भडानगरतिर
मन्दोदरीको गुन्यू र
पेन्टी चाट्न पल्किएका भेडाहरू
मान्छेलाई पनि चटाउन खोज्नेछन् पेन्टीको चोप
होशियार मान्छेहरू
होशियार मान्छेहरू!
कतै कतै चुनावी माइक मान्छेकै नलिखुट्टाको
बजाउदै
बकाशुरहरू गरीब बस्तीमा
बस्तीका ढाँडका गुफाहरूमा
बास बसेर शिकारको तलास गर्नेछन्
होशियार मान्छेहरू!
बकाशुरको शिकार नबन
भिमसेनको प्रतीक्षा गर
झर्दैछन् भीमसेन बकाशुर निमोठेर
सोझा मानिसहरू बचाउन
प्रतीक्षा गर
होशियार अब फेरि फेरि बकाशुरहरूको शिकार नबन
झर्दैछन् भीमसेनहरू
होशियार होशियार।
चुनावी बाजा बजाउँदै
कतै त बिभिषण पनि पस्न सक्छ
भाइ मास्न
कतै त शकुनी पनि पस्न सक्छ
हुँदाखाँदाको राज्य उजाड्न
युद्ध झोस्न
होशियार मान्छेहरू
शकुनीका जुवाका खालहरूमा
अनि दुशासनका चक्लेटहरूमा नभुल
झर्दैछन् कृश्नहरू
यिनीहरूको शिकार गर्न!
समयले पुन महाभारत जन्माइ रहेछ
शकुनीका आँखाहरू रुखरुखमा टाङ्न
भ्यूटावरका चश्माबाट हेरेर
नभूल शकुनीसँग!
भयभीत नबन अबको बकाशुरसँग
ऊ त भीमको गदाहाको चोट पर्खिबसेको छ
दाह्रा नङ्ग्रा उसको हराइसकेको छ
फेरि
बजारिनेछ भीमको गदाहा
उसका छात्तीमा
र रगतको पँचामृत मान्छेहरूले चाख्ने दिन नजिकै छ
नडराउ बकाशुर गोरखा पस्यो भन्दैमा
अनि बिभीषण डडेलधुरा पुग्यो भन्दैमा
बस् प्रतीक्षा गर
झर्दैछन् भीमहरू
कृश्नहरू
अनि अर्जुनहरू
पर्ख आउनेछ समयको साथमा युधिष्ठिर पनि
अनि आउनेछ राम र रामराज्य पनि।
होशियार बस् प्रतीक्षा गर!
उसो त चुनावमा मेनुकाको लोरी
र मिराको नाच पनि
अनि उर्वसीको पेन्टी पनि
तिमीहरूलाई भ्युटावरबाट झार्न सक्नेछन्
न लोभिनु युवाहरू
तिमीहरू!
बैँस पाखामा हल्लिरहेछ
हेर पाखा पखेरामा
फुलेका बैँशका हाँगा नुहाएर किसानलाई शित्तल छहारी दिइरहेका
बैंशहरूलाई हेर
आलीकान्लामा हेर बैँशहरू!
त्यो चक्लेटमा नभुल युवाहरू
किनकि तिमीहरू भेडा होइनौं भ्युटावरबाट हेरिने
मानस हौ मानिस
होशियार! होशियार!
होशियार! होशियार!
प्रतिक्रिया