माधवकुमार नेपाल : एक आत्मलाप

कमरेडहरु,

लाल सलाम। क्रान्तिकारी अभिवादन। 

मेरो नाम माधवकुमार नेपाल। नेपाली राजनीतिक वृत्तमा मलाई हियाउनेहरु पिठ्यूँ पछाडि "माकुने" भनिदिन्छन्। शुरु शुरुमा त खुब रीस उठेको हो। तर अब बानी परिसक्यो। नाम जे सुकै होस्, समसामयिक दृश्यबाट ओझेल चाहिं पर्नुहुन्न। भन्छन् नि, "नाम हो, बदनाम हो, मगर गुमनाम न हो।"  राजनीतिक बजारमा गोबरलाई घ्यूमा छोपेर हाट बजार चाहार्ने हामीजस्ता राजनेताका लागि यो सर्वकालिक मूलमन्त्र हो। 

राणा शासन ढलेको ठ्याक्कै एक बर्ष र आधा महिना पछि मेरो जन्म भयो। २३ फागुन, २००८ सालमा। म रौतहटको एक चल्तापुर्जा ब्राह्मण परिवारमा जन्मिएको मान्छे। मेरा बुवा राणा हाकीमहरुका पुजापाठ-कर्मपर्ममा नभई नहुने। राणा खलकका ठूला मान्छेहरु बुवाका दाहिने थिए। हातमुख जोर्न समस्या थिएन। तर मलाई कम्युनिष्ट क्रान्तिकारी रोमाञ्चको हावा लाग्यो।  

२०२५ सालमा औपचारिक रुपले कम्युनिष्ट पार्टीको सदस्यता लिंदा म भर्खर सत्र बर्षको थिएँ। जुँगाको रेखी बस्दैथियो। तीन वर्ष कोशी कोअर्डिनेशन कमिटीमा काम गरें। त्यसको सात बर्षपछि २०३५ सालमा झापालीहरुसंग एकता भयो। नेकपा माले बन्यो। म पनि पोलिटब्युरो सदस्य भएँ।  

मैले दोहोरो जीवन बाँचेको ती दिन सम्झिंदा खुब रमाईलो लाग्छ। म बाहिरी रुपमा नेपाल सरकारको एक अर्ध सरकारी बैंकको जागिरे थिएँ। भित्रभित्र म क्रान्तिकारी। बैंकमा मेरो साविककै नाम थियो। तर मलाई मालेका कार्यकर्ताहरु कसैले सुबोध, कसैले सुनील, कसैले रंजन अनि कसैले विवेक भनेर चिन्थे। मेरा ती दिन 'रिभोल्युशनरी रोमाण्टिसिज्म'का उत्कर्ष थिए। तर झापालीहरुसंग काम गर्न सजिलो थिएन। अचानक मलाई जागिर छोडेर होलटाईमर हुनुपर्यो भन्ने प्रस्ताव सहितको दवाव आउन थाल्यो पार्टीबाट। जागीर नछोडुं, यीनै झापालीले सुराकी गर्लान् भन्ने पीर। त्यतिबेला झापाली कमरेड र केही पंचायती अञ्चलाधीशहरुको सम्पर्क बलियो थियो। जागिर छोडुं, बसीबसी नेता हुन पाउने सुविधा चट्। जेल जानुभन्दा भूमिगत हुनै ठीक लाग्यो। खजाञ्चीको पदबाट राजिनामा दिएँ। 

यसपछिको कुरा झन् गजब छ कमरेडहरु, सुन्नुस। केपी ओली प्रचण्डकहाँ गएर भन्छन, "मेरो त टाईम कति नै बाँकी छ र कमरेड, किड्नी फेल भैसक्यो। मर्छु कि बाँच्छु, ठेगान छैन। म पछि त तपाईं नै हो नि।" फेरी हामी कम्युनिष्टहरुको रमाईलो कुरा के भने, हरेक पार्टीमा हरेक मान्छेका कुनै न कुनै खबरी वा जासूस हुन्छन् हुन्छन्। प्रचण्डको फोन अलिबेर पछि आयो। त्यो भन्दा पहिले मलाई मेरो खबरीले फोन गरिसकेको थियो। उनको चेपारे बेसारे कुरा सुनिसकेपछि मैले भनें, ओहो, यो त नेपाली बामपन्थी आन्दोलनका लागी युगान्तकारी कदम हुनेछ। तर मन मनमा कुरा अर्कै थियो मेरो, "हेरौंला, चोर चोरको एकता कतिदिन चल्दोरहेछ ! ठूलो खजाना हात पारेको दिन थाहा होला!"

फिल्डमा खटिनु सजिलो हुँदैन। त्यसमाथि आर्थिक अवस्था पनि खल्बलिन थाल्यो। एउटै कमीज राती धुने, बिहान लगाउने गर्न थालियो। त्यो पनि च्यात्तिन थालेपछि ईश्वर पोखरेल मेरो उद्दार गर्न आए। उनका भिनाजु वकील रहेछन। उनको लुगाको साइज म संग ठ्याक्कै मिल्ने। यसरी पनि गुजारा चलाईयो। तर ईश्वर पोखरेल साह्रै रकमी अनि अवसरवादी निक्ले। संस्थापनसंग संधै नजिक। नेताको चाकरी गर्ने, कार्यकर्तालाई हप्काउने। मौकामा अर्काको चुक्ली लगाउन खप्पीस !

०४६ सालको आन्दोलन शुरु हुनु अघि पाटनमा हाम्रो पार्टीको बैठक थियो। मदन भण्डारी पनि थिए। मैले त्यो भन्दा पहिले नै ईश्वर पोखरेललाई मेरो र भारतीय गुप्तचर संस्थाको एकजना संग भएको कुराको बारेमा भनेको थिएँ। त्यो भारतीय गुप्तचरले तपाईंहरु सशस्त्र युद्द गर्ने भए राजा फाल्नका लागि हामी हतियार मात्र होईन, तपाईंका कार्यकर्तालाई भारतमै तालीम दिन पनि तयार छौं भनेका थिए। ईश्वर पोखरेलले त्यो बैठकमा मदन भण्डारीसंग बोल्दै तर म तिर हेर्दै भनिदिए, "माधव कमरेडको पनि केही भन्नु छ कि?”

झापालीहरू फटाहा हुँदारहेछन्। मलाई त त्यहाँ भारतीय एजेन्टको रुपमा पो खडा गरिदिए। मैले जे हो त्यो भनिदिएँ। मदन भण्डारीले खप्की लगाए। तर शिष्ट भाषामा। मैले आत्मालोचना गरें। कुरा सकियो। 

Madan bhandari and madhav nepal_23

म झापाली आन्दोलनबाट आएको होईन। उनीहरुलाई त्यसको तूष रहेछ। त्यसपछि मैले भूमिगत कालमा आफूले गरेका कुरा सम्झिएँ। ठीकै त हो। ईमान्दारीपूर्वक भन्ने हो भने, झापालीहरू म संग रिसाउनु जायज थियो। म कसैसंग सिधै नभिड्ने। मदिरा नछुने। सरल, सौम्य, भद्र हुनुपर्ने। तर अरुलाई भिडाएर त्यसको फाईदा लिन भने खप्पिस।  मणिलाल राई माले पार्टीका संस्थापक मध्येका एक थिए। तर उनी मलाई मनै नपर्ने। मैले सीपी मैनालीलाई उनका बिरुद्द भड्काएको हो। पछि मणिलाल पार्टी नै छोडेर गए। पछि सीपी बिरुद्द झलनाथ खनाललाई उचालें। पछि सबैलाई लत्याएर म आफैं नेता भएन। मदन भण्डारीको मरण षड्यन्त्र थियो कि दूर्घटना? मलाई थाहा छैन। मतलब पनि छैन। मदन भण्डारीको मृत्युले त्यसबेला पार्टीमा कसैलाई फाईदा भयो भने, त्यो म मात्र थिएँ। पछि त मदन भण्डारीका नाममा क-कसले फाइदा लिए-उठाए त्यो त मलाई भन्दा तपाईं कमरेडहरुलाई नै राम्रोसंग थाहा छ। त्यसबेला हत्या भन्नेहरु अहिले चुँ पनि गर्दैनन् अब झापाली आन्दोलनबाट आएका एकजना केपी ओलीलाई अँठ्याउन बाँकी थियो। म पन्ध्र बर्ष पार्टीको नेतृत्वमा हुँदा केपीलाई टाउको उठाउने मौका नै दिईन। उनै ईश्वर पोखरेल त्यो बेला मेरो दाहिने हात थिए। केपीलाई कुनो पारेर म पछिको 'सेकेन्ड म्यान' हुन पोखरेल जे गर्न पनि तयार थिए। ओलीका लागी यो अस्तित्वको सवाल थियो। राजनीतिमा लागेको मान्छेले एउटाको सबल र दूर्बल पक्ष बुझेको हुन्छ। 

ओली म हुन्जेल पार्टीमा आफ्नो केही चल्दैन भन्ने निष्कर्षमा पुगेका मात्र थिएनन्, एक प्रकारले हतास भैसकेका थिए। मैले त्यतिबेला सम्म जुंगा खौरीइसकेको थिइन। म जुंगामा ताउ लगाएर बसेको थिएँ। ओली यूथ फोर्स खोल्न थाले। मदन भण्डारी फाउन्डेसनको नाममा भारत र चीनसँग पैसा उठाउन थाले। मलाई चीसो पसेको मात्र के थियो, अचानक प्रचण्डले कथित् जनयुद्दको घोषणा गरिदिए। त्यसले नेपाली बामपन्थी आन्दोलन र त्यसको समीकरण नै गोलमाल गरिदियो।  

भारतलाई ओलीको तिकडम चित्त बुझेको थिएन। मैले हर्दाहेर्दै प्रचण्ड र शेरबहादुर देउवालाई मिलाईदियो। ओली खुस्के। यो भारतले नेपालमा गराईदिएको बामपन्थी-लोकतान्त्रिक एकताको बहाना थियो। यो जालमा शेरबहादुर फंसे। उनी जहिलेपनि फंस्ने नै हुन्। कहिले राजासंग कहिले ओली संग। म सत्य कुरा गर्दैछु कमरेडहरु, भारतको यो चलखेल चीनलाई मन परेन। उसले रातारात ओलीको कानमा मन्त्र फुकिदियो। 

ओली माओवादीसंग दुरी बढाएर कांग्रेस र राप्रपासंग नजिकिन थाले। म संग प्रचण्डसंग नजिक हुनेबाहेक अरु बिकल्प नै रहेन। मैले माओवादी समस्या समाधान वार्ताबाट हुनुपर्छ भनेर नयाँ 'रेथोरिक' शुरु गरें। होलेरीमा शाही सेनाले प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई धोका दिएर माओवादी संग हात मिलाएर फर्कियो। गिरिजाले राजिनामा दिए। पछि दरवार हत्याकाण्ड भयो। यसबीच ओली कतै देखिएनन्। उनको सान्दर्भिकता नै थिएन त्यो बेला। 

ज्ञानेन्द्र राजा भए। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले मैले दाम चढाएर उनको वैधानिकतालाई सदर गर्नुपर्ने अवस्था आयो। मैले त्यसै गरें। पार्टी कम्युनिष्ट भएपनि परिवार त मेरो उही थियो। मेरा बाबुले राणा ढोगे। मैले राजा। रहंदाबस्दा मलाई लाग्छ, ज्ञानेन्द्रले प्रधानमन्त्री पदको बोलकबोल आव्हान गर्दा मैले दरखास्त हाल्नु उचित थिएन। तर त्यो बेला मैले गरेको त्यो राजनीतिक भूलको फाईदा ओलीले उठाए। म सत्ता दौडमा लागेको बेला उनले पार्टीमा पकड बनाउने मौका पाए। दरवार हत्या काण्डमा छानबीन गर्न बनेको आयोगमा म रहनै पर्छ भनेर कराएपनि, म त्यहाँ हुनुहुँदैन भन्ने सबैभन्दा चर्को स्वर ओलीको थियो। मैले त्यो आयोगमा नबस्ने घोषणा गरें। ज्ञानेन्द्र म संग खुब रिसाए, मेरो कच्चा चालबाट ओली खुशी भए। 

उनलाई नेपालमा गणतन्त्र आउँछ भन्ने पत्यार नै थिएन। उनको बयलगाडा सिद्दान्त त्यसको उदाहरण हो। उनले माघ १९ पछिको आन्दोलनमा पनि उनको कुनै योगदान छैन। तर म त गिरिजाबाबु देखि प्रचण्डसम्म वार्ता गराउने एक सूत्रधार थिएँ। बाह्र बुंदे सम्झौता हुँदै दोश्रो जनअन्दोलन, गणतन्त्रको घोषणा र संबिधान सभाको चुनाव हुञ्जेल पनि ओली पृष्ठभूमिमै थिए। पहिलो सम्बिधान सभालाई बाबुराम भट्टराईले घात गरेपछि ओलीलाई राजनीतिक फाईदा भयो। ईश्वर पोखरेल र बामदेब गौतमहरु उपियाँ जस्तो उफ्रेर ओली संग टाँस्सिन पुगे। म मणि हराएको सर्प जस्तो भएँ। महाधिवेशनमा ओलीले जिते।  

ओलीको प्रधानमन्त्री हुने दौड शुरु भैसकेको थियो। दोश्रो संबिधान सभाको एकसूत्रीय अजेण्डा संबिधान जारी गर्ने थियो। प्रधानमन्त्री सुशील कोईराला थिए। तर काम ओलीले गर्न थाले। म हेरेको हेर्यै भएँ। म उपाध्य्याय बाहुन, कुमाईंको घुमाईमा परिसकेको थिएँ। संघीयता बिरोधी ओली त्यही संघीय संबिधान जारी गराउने एक अभियन्ता भएर आए। राष्ट्रवादी छवी बनाए। संसदीय दलको चुनावमा सुशील कोईरालालाई हराएर प्रधानमन्त्री भए। भारतले लगाएको नाकाबन्दी बिरुद्द उभिएको हैवा पिटाए। तर नाकाबन्दी कालमा ठोरीबाट हुने तस्करीमा उनकै यूथ फोर्सका नेता कार्यकर्ताको स्वामित्व थियो। 

उता भारतमा मोदी सरकारले हतारमा नाकाबन्दी लगाएर नेपाललाई चीन तिर धकेलेको संकथन बलियो हुँदैथियो। ओलीले नेपाली मेडिया मार्फत "नाकाबन्दी नहटेसम्म भारत भ्रमण नगर्ने" हौवा पिटाए। नाकाबन्दी ओलीले हटाएका होईनन्। तत्कालीन भूराजनीतिक परिस्थितिको आधारमा नेपाललाई चीन तिर ढल्किनबाट रोक्नुपर्छ भन्ने भारतीय सेनाको सल्लाहमा नाकाबन्दी हटेको हो। तर यसको श्रेय ओलीले लिए। त्यसपछि चीन गए, अधकल्चो पारवहन सम्झौतामा हस्ताक्षर गरेर नेपाल अब "ल्याण्डलक्ड होईन, ल्याण्ड लिङ्क्ड" मुलुकको हो भन्ने हल्ला पिटाए। यो चुच्चे रेल र पानी जहाज भन्दा फरक हावादारी कुरा थिएन। 

भारतलाई ओलीको तिकडम चित्त बुझेको थिएन। मैले हर्दाहेर्दै प्रचण्ड र शेरबहादुर देउवालाई मिलाईदियो। ओली खुस्के। यो भारतले नेपालमा गराईदिएको बामपन्थी-लोकतान्त्रिक एकताको बहाना थियो। यो जालमा शेरबहादुर फंसे। उनी जहिलेपनि फंस्ने नै हुन्। कहिले राजासंग कहिले ओली संग। म सत्य कुरा गर्दैछु कमरेडहरु, भारतको यो चलखेल चीनलाई मन परेन। उसले रातारात ओलीको कानमा मन्त्र फुकिदियो। 

रातारात राजनीतिक मात्र होईन, छंदाखाँदाको सत्ता समीकरण धर्मराउने निश्चित भयो। मैले त शुरुमै थाहा पाएको थिएँ। तर जनआस्थाको किशोर श्रेष्ठले न्यूज ब्रेक गरेपछि शेरबहादुर देउवा झसंग भए। अस्ती भर्खर प्रचण्डकी छोरीलाई जिताउन संगै प्लेनमा उडेर भरतपुर पुगेर कांग्रेसी कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न अह्राएर आएका शेरबहादुर देउवाले त्यो समाचार सुनेर कति पेग खाए होलान्, मैले अनुमान गर्न सकिन। किनभने मेरो पेग लगाउने, चढाउने आदत छैन। 

यसपछिको कुरा झन् गजब छ कमरेडहरु, सुन्नुस। केपी ओली प्रचण्डकहाँ गएर भन्छन, "मेरो त टाईम कति नै बाँकी छ र कमरेड, किड्नी फेल भैसक्यो। मर्छु कि बाँच्छु, ठेगान छैन। म पछि त तपाईं नै हो नि।" फेरी हामी कम्युनिष्टहरुको रमाईलो कुरा के भने, हरेक पार्टीमा हरेक मान्छेका कुनै न कुनै खबरी वा जासूस हुन्छन् हुन्छन्। प्रचण्डको फोन अलिबेर पछि आयो। त्यो भन्दा पहिले मलाई मेरो खबरीले फोन गरिसकेको थियो। उनको चेपारे बेसारे कुरा सुनिसकेपछि मैले भनें, ओहो, यो त नेपाली बामपन्थी आन्दोलनका लागी युगान्तकारी कदम हुनेछ। तर मन मनमा कुरा अर्कै थियो मेरो, "हेरौंला, चोर चोरको एकता कतिदिन चल्दोरहेछ ! ठूलो खजाना हात पारेको दिन थाहा होला!" सिद्धान्त वा नीति मिलेर गरेको पार्टी एकता भए पो धेरै टिक्थ्यो, स्वार्थमा गरेको पार्टी एकता जुन दिन स्वार्थ बाझिन्छ तेही दिन सकिन्छ भन्ने मलाई राम्रैसंग थाहा थियो र म त्यही दिनको पर्खाइमा बसें।  

पार्टी "एकता" भयो। एक जहाज दुई पाईलट सम्मका कुरा भए। म तेश्रो तर महत्वपूर्ण पाईलटका बारेमा कसैले एक शब्द उच्चारण समेत गरेन। मेरो ज्यान सानो भएपनि ईगो ठूलो छ। अपमानको घूंट हलाहल बीष जस्तो थियो। तैपनि, पिएँ, पचाएँ। तर मनमा लागिरह्यो, तिमीहरुको यो उडान कतिदिनको रहेछ, हेरुंला। नभन्दै जहाज हल्लिन थालिहाल्यो। भित्रभित्रै केके सम्झौता गरेका रहेछन, प्रचण्ड मलाई दे भन्ने, ओली दिन्न भन्ने। झगडा पार्टी बैठकबाट पोखिएर सडकमा छताछुल्ल भयो। 

त्यसैबीच केपीको किड्नी फेर्नुपर्ने दिन आयो। उनी सिङ्गापुर उड्न लागेका थिए। बालुवाटारमा बिदाई भेट गर्न म पनि पुगें। मैले सामान्य तरिकाले शुभकामना दिएको, ओली पड्किहाले। "हो हो, मनमा यो मरिहालोस भन्ने होला, मुखले शुभकामना दिने?" म त छक्क परें। कस्तो अराजनीतिक गुण्डा जस्तो मान्छे! बीचैमा प्रचण्ड आएर भने, "होईन कमरेड, यस्तो भाषा नबोलौं। यो कुरा बाहिर लीक भयो भने नराम्रो संदेश जान्छ।" के नराम्रो संदेश? मैले आफै किशोर श्रेष्ठलाई फोन गरेर यो समाचार लीक गरिदिएँ। 

केपी ओली कतिसम्म अवसरवादी हो भन्ने अर्को कुरा भन्छु। हो, शुरुमा हामी धर्म मान्ने मान्छे थिएनौं। तर संसदीय राजनीतिमा आईसकेपछि भोटका लागी गाई, गोरु, गधा जे अगाडि आउँछ, त्यसैलाई ढोग्नुपर्ने बाध्यता हुन्छ। संबिधान लेखिंदैगर्दा एक हूल ईसाईका नेपाली र बिदेशी एजेण्टहरु हाम्रो घर र पार्टी अफिस ढुक्न आए। कांग्रेसीकहाँ पनि गएका थिए। उनीहरुलाई पहिल्यै पैसाले पुगेर हो कि किन हो, भाउ दिएनन् रे। गुनासो गर्दै आए हामीकहाँ। त्यो मध्ये दक्षिण कोरियाको युनिफिकेसन चर्च भन्ने एउटा संस्थाको  नेपाली एजेण्ट रहेछ। नाम एकनाथ ढकाल। गोरो, चिटिक्क परेको। मिजासिलो। जे भन्यो , त्यो हो हजुर भन्ने खालको। 

शुरुमा उसले मलाई मात्र होईन, मैले भनेका पत्रकारहरुलाई समेत देश विदेश शयर गरायो। तर ढकालले मलाई मात्र होइन दुई-चार ठूला भनाउँदा मिडियाहरुलाई पनि राम्रै आर्थिक मद्दत गर्यो । म सोझो मान्छे, जे आउँछ, पार्टीलाई बुझाएं। त्यसैबेला केपी ओलीको यती ग्रुपसंग साँठगांठ भैसकेछ। ओलीले नजन्माएका छोरा गोकुल बास्कोटा त त्यहाँबाट मासिक तलब नै खाँदा रहेछन्। 

यो सब लगानी किन भनेको त नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन गरेको चलखेल रहेछ। मैले कुरै नबुझी पाएको पैसा पार्टीलाई दिएँ। ओलीले के गरे थाहा छैन। तर संबिधान सभामा ओलीका अर्का धर्मपुत्र सुवास नेम्वाङ्गले अजेण्डामै नभएको धर्म निरपेक्ष राष्ट्रको प्रस्ताव टेबल गरिदिए। सबैले कुरै नबुझी हुन्छ भने। पास भयो। 

अब ओलीलाई पर्यो फसाद। कुमाईं बाहुन ईसाईको पैसा खाएर संबिधानमा उसको ठेकेदारी गर्छ भन्ने भयो होला। ओलीले ठोरीको राम भन्दै गरेको भाषण, पशुपतिमा चढाएको सुनको जलाहरी, नरेन्द्र मोदी संग जनकपुरमा एउटै पोशाकमा उभिएर गरेको फोटो सेसन आदि ईत्यादि लाई तपाईंहरु कसरी हेर्नुहुन्छ कमरेड?    

राजनीतिमा नातावाद कृपावाद आईरहने, जाईरहने कुरा हो। ओली खुलेआम गर्छन्। म मिलाएर गर्छु। दूधले नुहाएको कोहीपनि छैन यहाँ। 

नपत्याए मेरी कान्छी बहिनी बसुधाकी श्रीमान मेरा बहिनी ज्वाईं कैलाश पोखरेललाई मैले राजदूतको सिफारीश दिलाएको हेर्नुस। उनलाई यसअघि मैले अमेरिकामा ईकोनोमिक काउन्सिलरको पदमा पठाईसकेको छु। 

मेरी कान्छी छोरीका ससुरा, हाम्रै पार्टीका पूर्व मन्त्री सोमप्रसाद पाण्डे मेरा सम्धी हुन्। उनका साढुभाई हरि बन्दी अहिले हाम्रै सरकारमा कानून मन्त्री छन्। पार्टी विभाजन नहुँदै मेरा माईला भाई अनिलकुमार उपाध्यायलाई मैले कृषि बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति दिलाएँ। म प्रधानमन्त्री हुँदा उनलाई मैले हंगकंगको महाबाणिज्य दूतको जागीर दिएको थिएँ। मेरो आफन्त अनि स्वकीय सचिव यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख बनाउन सिफारीश गरेको थिएँ। ओलीले नाईं भनेनन्। ओली मेरा ठुला कुरा सुन्दैनन्। झिनामसिना कुरा गरिदिन्छन्। अनि पार्टी बैठकमा "मैले तपाइंले भनेको के कुरा गरिदिएको छैन?" भन्दै डुक्रिन्छन। 

अब चुनाव आयो। गठबन्धनमा लाख मिहिनेत गरेर आफ्नो भागमा १९ सीट पारियो। तर न प्रचण्डको ठेगान छ, न देउवाको। म मझदारमा भएर पनि पौडी खेल्दैछु। हाम्रा पार्टीका उम्मेदवारलाई दिएको सात ठाउँमा कांग्रेसकै बागी उम्मेदवार उठेका छन्। त्यो बाहेक अन्य भोट ट्रान्सफर होला नहोला चिन्ता छ। जे त होला। 

मरो क्षेत्र रौतहटमा खेत खलिहान खाली छ। सबै युवा बिदेशमा छन्। अस्ती चुनावी भाषण गर्न गएको। के भन्ने? अप्ठ्यारो भयो। कुनै योजना नै छैन हाम्रो। गठबन्धनको योजना भनेको सत्ता कब्जा गर्ने हो। यो कुरा मासमा भन्न मिल्दैन। त्यसैले मैले पनि आरजू देउवाको कथन सापटी लिएर मैले जिएको अवस्थामा युवाहरुलाई फ्री भिसामा विदेश काम गर्न पठाउँछु भनिदिएं। निएवाचन आयोगले स्पष्टिकरण मागे पछि हेरौंला। 

एउटा कुरामा मलाई सन्तुष्टी छ। मेरा सबै दौंतरीले खुब पैसा कमाए। ओलीको कुरै नगरुं। बामदेव बामदेव भैगए। बुर्जुवा नेता झलनाथ खनालको छोरा अन्तर्राष्ट्रिय स्तरको ठेकेदार भएको छ। सबैको नाम लिन चाहन्न। बिदेशी नेता आउँदा उनीहरुलाई भेट्न सिधै घर जान्छन्। मेरो घर उनीहरुको जस्तो दरवार होईन। त्यसैले म उनीहरु जहाँ बस्छन, त्यहाँ चाहारेर जानुपर्ने अवस्था छ। अनि मिडियाहरुले कुरै नबुझी केके न गर्न गयो भनेर लेख्छन्। बरु मिडियाले मेरो यो पक्षमा एउटा फिचर लेखिदिए बेसै हुनेथियो। 

प्रतिक्रिया