राजतन्त्र पुनर्स्थापनाको फितलो प्रयास 

bhagawat khanalआधारभूत रूपमा सबै मानव समान छन्। प्रकृतिले कसैलाई पनि असमान व्यवहार गर्दैन। समानता प्राकृतिक हो, असमानता कृत्रिम। राजा र प्रजाको विभाजन मनुष्य जातिबीच असमानता र विभेद पैदा गर्ने अत्यन्तै अन्यायपूर्ण उपक्रम थियो। नरनारीहरू सबै समान जन्मेका थिए। परन्तु शक्तिको भरमा कोही नरेश बने भने कोही शोषण, पीडन र दलनमा जिउन लाचार पारिएका रैती। धर्मले राजालाई भगवानको अवतार मान्न सिकायो। राजाहरू जति नै मूर्ख, अन्यायी र उपद्रवी भए तापनि पूज्य नै मानिए। पागलै भए तापनि त्यसलाई ईश्वरको लीला मानियो।
 
अठारौं शताब्दीमै प्रशिद्ध चिन्तक थोमस पेनले भनेका थिए, ‘राजतन्त्रलाई स्वीकार गर्नु भनेको मानवले आफ्नै जन्म, अधिकार र अस्तित्वलाई अपमान गर्नु हो।’ समाजशास्त्री चैतन्य मिश्रको शब्दमा ‘जन्मिँदै प्राप्त हुने सुविधा व्यक्तिगत रूपमा मलाई सानैदेखि नाजायज लाग्थ्यो। त्यसबाट उम्किन कमसेकम राजतन्त्र नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।’

शाहवंशीय इतिहासका चार घटना युगान्तकारी भूलका रूपमा रहेका छन्। पहिलो हो, रण बहादुर शाहको प्रतिलोम विवाह र सैनिक बलमा त्यसको वैधानिकता कायम गर्ने कार्य। त्यो घटनाले राजाको ‘ईश्वरीय अवतार’ छविमा युगान्तकारी धक्का लाग्यो। त्यसले शाहवंशको कानुनी वैधता कायम रहे तापनि धार्मिक वैधतामा ठूलो ह्रास आयो। दोस्रो घटना थियो, २०१७ सालमा राजा महेन्द्रले बलात् निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्नु।

आफू जन्मसिद्ध रूपमा कुनै पदका लागि अयोग्य रहेको स्वीकार गर्नु आफ्नै वञ्चना र अनादर हो। सारा मानव समुदायलाई कुनै ओहोदाका लागि जन्मसिद्ध रूपमा अयोग्य मान्नु मानवीय गरिमाको अवमूल्यन हो भने अमूक व्यक्तिलाई जन्मले नै राष्ट्राध्यक्ष हुन योग्य स्वीकार गर्नु उसको अतिमूल्यन हो। यस्तो कुरा राजतन्त्र पुनर्स्थापनाका लागि सरिक भएर खटिनेहरूलाई बेकामको फत्तुर जस्तो लाग्ला। राजतन्त्रको अभावमा धर्मको विनाश भएको महसुस गर्नेहरूलाई पनि यो कुरामा निर्मम अनैतिकता देखा पर्ला। परन्तु वास्तविकता यही हो। यो पंक्तिकार पनि हिन्दू धर्म र संस्कृतिको सम्यक र समुचित हदसम्म बफादार अनुयायी हो। 

के राजतन्त्रको पुनर्स्थापना सम्भव छ?

अवश्य सम्भव छ। नेपालको संविधानले राजतन्त्रको पुनर्स्थापनालाई बन्देज लगाएको छैन। संविधानको धारा २७४ मा ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन।’ भनी उल्लेख भएको छ। संघीय संसदले चाहेमा ‘राजतन्त्रको पुनर्स्थापना गर्ने’ भन्ने प्रश्नमा जनमत सङ्ग्रह पनि गराउन सक्छ। संविधानको धारा २७५ मा ‘राष्ट्रिय महत्वको कुनै विषयमा जनमत सङ्ग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका  तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत सङ्ग्रहबाट निर्णय लिन सकिनेछ।’ भन्ने व्यहोरा उल्लेख भएको छ। 

यदि सार्वभौम नेपाली जनताको चाहना हो भने राजतन्त्र स्थापना हुन्छ र हुनुपर्छ। अहिले राजतन्त्र पुनर्स्थापनाका लागि अभियान चलाइरहेका मानिसहरू इमान्दारीसाथ सो काममा लागिरहेका होलान् भनेर अनुमान गर्न कुनै कन्जुसी गर्नु आवश्यक छैन। किन्तु विचारणीय कुरा के हो भने उनीहरूमा आत्मविश्वासको घनघोर अभाव छ। उनीहरूका खुट्टा दरिला देखिएका छैनन्। ‘दलका नेताहरू बिग्रेर गए, निस्स्वार्थी भएर काम गर्न सकेनन्, जनताका पवित्र आकांक्षामा तातोपानी खन्याइदिए’ भन्ने तर्क सत्य नै हो। तथापि त्यही आधारमा राष्ट्रले अङ्गीकार गरेको पद्धति नै बदल्ने किसिमको अभियान चलाउन सजिलो छैन। लोलोपोतो वाक्पटुताका आधारमा मात्र राष्ट्रिय रूपमा हलचल र कम्पन पैदा गरेर व्यवस्था बदल्न सहज छैन। 
  
राजतन्त्रका सकारात्मक पक्ष 

स्थापित र स्थायित्वप्राप्त राजतन्त्रको सबैभन्दा राम्रो पक्ष सबल र सर्वस्वीकार्य वैधानिकता हो। त्यही विचार गरेर नै नेपालमा बैसठ्ठीत्रिसट्ठीको आन्दोलनपछि शाही घोषणाको माध्यमबाट संसद पुनर्स्थापना गराइएको थियो। राजतन्त्र रहेको देशमा तुलनात्मक रूपमा राष्ट्रिय एकताको भावना कायम गर्न सहज हुन्छ। भिन्न विचारधारा र राजनीतिक दर्शनबाट अनुप्राणित दलहरूलाई आवश्यक परेका बखतमा सहमतिमा ल्याउन सजिलो हुन्छ। राजसंस्थालाई साक्षी मानेर निर्णयमा शीघ्रता ल्याउन सकिन्छ। तुलनात्मक रूपमा सरकारी खर्च कम हुन्छ। दलहरूबीच शक्ति र उत्तरदायित्वको हस्तान्तरण सहज हुन्छ। निर्वाचनबाट आलाकाँचा र पदीय गरिमाको भेउ नपाउने व्यक्ति राष्ट्राध्यक्ष चुनिन सक्छन् भने परम्परागत एवं स्थीर राजतन्त्रमा बचपनदेखि नै तालिमप्राप्त र परिपक्व व्यक्ति गद्दीनसीन रहेको हुन्छ। सर्वोपरि कुरा, राज्यमा राजनीतिक स्थायित्व र सुस्थिर वातावरण हुन्छ।

चौथो घटना थियो, राजा ज्ञानेन्द्रको अति आत्मविश्वास र नेपाली समाजप्रति पिताको पालाको जस्तै सोच। उहाँले प्रधानमन्त्री पदका लागि विज्ञापन प्रकाशन गर्नुभयो। केही दिग्गजहरूले दरखास्त पनि हाले। परन्तु उहाँले प्रधानमन्त्री पदका लागि आफैंलाई योग्य ठहर्याउनुभयो। उहाँमा ‘राज्य  गर्ने’ मात्र नभएर शासनसमेत गर्ने भोक पैदा भयो।

राजतन्त्रका नकारात्मक पक्ष 

जन्मका आधारमा राजा हुने परम्परा रहेका देशमा कहिलेकाहीँ ससाना नानीहरू राष्ट्रप्रमुख बन्नुपर्ने अवस्था आइदिन्छ। चीनमा १९४९ को जनवादी क्रान्ति सम्पन्न भई सत्ताको उलटफेर हुँदा त्यहाँ दुई वर्षको उमेरका सम्राट गद्दीनसीन थिए। बेलायतका राजा हेनरी छैटौं आठ महिनाको उमेरमा राजा भएका थिए। नेपालमै पनि रण बहादुर शाह, गिर्वाण युद्ध विक्रम शाह, राजेन्द्र विक्रम शाह र त्रिभुवन विक्रम शाह पाँच वर्ष वा सोभन्दा सानो उमेरमा राजा भएका थिए। त्यति मात्र होइन, शारीरिक र मानसिक रूपमा असक्षम व्यक्ति समेत राजा भएका उदाहरण छन्। 

राजालाई शक्तिहीन तुल्याएर राखिरहन अत्यन्त कठिन हुन्छ। निरन्तर सावधान रहेर वाध्य पारेको अवस्थामा बाहेक राजालाई शान्त र सन्तुष्ट राख्न सकिन्न। स्वेच्छाचारी स्वभावको व्यक्ति राजा भयो भने राज्यशक्तिको नियन्त्रण र सन्तुलन नै बिग्रेर जान्छ। राजा भएको देशमा वर्गीय एवं जातीय रूपमा विभेद गर्ने चरित्रको समाज स्थापना हुन्छ। राजा नाम मात्रको किन नहोस्, शक्तिको अभ्यासको प्रयत्न अवश्य गर्दछ। एलिजाबेथ द्वितीया जस्ती रानीले पनि बेलाबेलामा राजनीतिक नेताहरूलाई हम्मेहम्मे पारेकी थिइन्। वंश परम्परामा राजपरिवारका मानिसहरूको संख्या बढ्दै जाँदा कोही सामाजिक कामको नाममा र कोही व्यवसायको नाममा आफ्नो प्रभाव फैलाउने प्रयास गर्न थाल्दछन्। समाजमा चाकरी, चापलुसी र दास प्रवृत्तिको विकास हुने सम्भावना बढेर जान्छ। 

नेपाल सन्दर्भ: केही वितण्डा र भूलहरू 

पृथ्वीनारायण शाहको देहावसानपछि सबै कुरा बिग्रेर गयो। युवक राजा प्रतापसिंह शाह कर्मवादी नभई चरम भाग्यवादी थिए। उता गोरखाली सेनानीहरू राज्यविस्तारमा खटिंदा यता राजा भने तन्त्रमन्त्र, मांस, मदिरा एवं मैथुनमा निमग्न थिए। प्रताप सिंह शाहको जवान अवस्थामै मृत्यु भयो। अढाई वर्षको उमेरमा राजा भएका रणबहादुरले बालिग हुनासाथ गाथ र गादीका बफादार एवं देशभक्त काका बहादुर शाहको बडो नराम्रोसँग हुर्मत लिए। युवा अवस्थामै अनेक वितण्डा गरेर जोगी भएका उनी बत्तिस वर्षको उमेरमा आफ्नै भाइबाट काटिए। उनले सजातीय क्षत्राणीबाट जन्मेका राजगद्दीका सच्चा उत्तराधिकारीलाई बेदखल गर्दै विधवा ब्राह्मणीसँग प्रतिलोम विवाह गरी जन्मेका गीर्वाण युद्ध विक्रमलाई आफ्नो जीवनकालमै राजा बनाएर राजकीय परम्पराको धज्जी उडाएका थिए। परन्तु उनैका सन्तान महेन्द्रले भने अनुलोम विवाहबाट जन्म भएका ज्येष्ठ सन्तान रवीन्द्र शाहलाई राजा हुनबाट वञ्चित गरेका थिए। गीर्वाण युद्ध विक्रम राजा हुन पाएको देशमा रवीन्द्र विक्रम राजा हुन नपाउने कुनै कारण थिएन। थियो त केवल स्वेच्छाचारी विभेद मात्र। 
 
आफ्नै चरम अयोग्यताले गर्दा राजा राजेन्द्रको समयमा समग्र शासनभार जङ्ग बहादुरको हातमा पुग्यो। राजेन्द्र स्वयं शाही कैदीको रूपमा जीवन बिताउन विवश भए। यो घटनाले शक्तिशाली राजाबिनाको नेपाल बरु शान्त हुँदोरहेछ भन्ने प्रमाणित भयो। २००७ साल फागुन ७ गतेका दिन राजा त्रिभुवनले गरेको शाही घोषणामा प्रयोग भएको शब्दावलीले परिवर्तनको अवमूल्यन गरिदियो। शाहवंशीय इतिहासका चार घटना युगान्तकारी भूलका रूपमा रहेका छन्। पहिलो हो, रण बहादुर शाहको प्रतिलोम विवाह र सैनिक बलमा त्यसको वैधानिकता कायम गर्ने कार्य। त्यो घटनाले राजाको ‘ईश्वरीय अवतार’ छविमा युगान्तकारी धक्का लाग्यो। त्यसले शाहवंशको कानुनी वैधता कायम रहे तापनि धार्मिक वैधतामा ठूलो ह्रास आयो। दोस्रो घटना थियो, २०१७ सालमा राजा महेन्द्रले बलात् निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्नु। सच्चा रूपमा भन्ने हो भने राजतन्त्रको समाप्तिको बीजारोपण स्वयं राजा महेन्द्रले गरेका थिए। जुन बीज २०६३ सालमा आएर पल्लवित र  पुष्पित भयो। तेस्रो घटना त झनै हृदयविदारक थियो। सोझा राजा  वीरेन्द्रको आफ्नै घरभित्र जघन्य हत्या भयो। त्यो घटना हुनुअघि राजाको गरिमा एक रहस्यमय शक्तिको रूपमा रहेको थियो। राजाको प्रताप मानिसको बुद्धिभन्दा परसम्म हुन्छ भन्ने जनधारणा थियो। राजाको हत्याले राजा पनि सर्वसाधारण जस्तै मारिन सक्दा रहेछन् भन्ने सन्देश गयो। आम जनतालाई राजा आफैं सुरक्षित हुन नसक्ने देशमा प्रजाको के कुरा भन्ने महसु्स भयो। राजाको शक्तिको अनुमान गर्न कठिन छ भन्ने जनविश्वास खण्डित भयो।

चौथो घटना थियो, राजा ज्ञानेन्द्रको अति आत्मविश्वास र नेपाली समाजप्रति पिताको पालाको जस्तै सोच। उहाँले प्रधानमन्त्री पदका लागि विज्ञापन प्रकाशन गर्नुभयो। केही दिग्गजहरूले दरखास्त पनि हाले। परन्तु उहाँले प्रधानमन्त्री पदका लागि आफैंलाई योग्य ठहर्याउनुभयो। उहाँमा ‘राज्य  गर्ने’ मात्र नभएर शासनसमेत गर्ने भोक पैदा भयो। टुलुटुलु हेरेर नबस्ने सिलसिलामा उहाँ आफैं एउटा प्रशासक जस्तो सक्रिय भएर देखिन थाल्नुभयो। राजा ज्ञानेन्द्र प्रजातान्त्रिक त हुन सक्नुभएन नै, कमसेकम मेकियावेलीको उपदेश अनुसार खराब कामको दोष आफूले नभई आफ्ना सेवकले पाउने गरी कुटनीतिक तरिकासम्म पनि अपाउन जान्नु भएन। उहाँ ‘प्रतापी पिताका असली पुत्र’ बन्न खोजेर चुक्नुभयो। समयको पदचापलाई पहिचान गर्ने कार्यमा महान भूल भयो। 

राजतन्त्र पुनर्स्थापनाको प्रसङ्ग 

राजतन्त्र पुनर्स्थापनाको मधुरो आवाज राजाले नारायणहिटी छाडेर हिँडेदेखि नै उठ्न थालेको हो। राजा जनताको नासो जनताको जिम्मामा छाडेर बडो शालीन तरिकाले निस्केर गएका थिए। राजतन्त्र पुनर्स्थापनाका समर्थकहरूले आन्दोलनमा राजा फाल्ने माग भएको थिएन, देशी/विदेशी षड्यन्त्रले गर्दा राजा हट्नु परेको हो भन्ने गरेको पाइन्छ। जुनसुकै कारणले होस् तापनि आज नेपालमा राजतन्त्र छैन। अहिले राजतन्त्र पुनर्स्थापनाका कथित ‘एक्टिभिस्टहरू’ ले नेपाली काङ्ग्रेसले भयंकर गल्ती गरेको कुरा बताइरहेका छन्। उनीहरूको गुनासो छ, ‘२०४६ सालपछि काङ्ग्रेस बिग्रेर गयो। २०६३ पछि त काङ्ग्रेसले बीपीलाई पनि बिर्स्यो। ‘बीपी विचार’ त्यागेको काङ्ग्रेस के काङ्ग्रेस’ लाग्दछ, आज काङ्ग्रेस बिग्रेकोमा काङ्ग्रेसलाई नभई अरुलाई पिर पर्न थालेको छ। २०४६ अघि कोही काङ्ग्रेस प्रवासमा, कोही जेलमा र कोही भूमिगत थिए। कोही डराएर चुपचाप आआफ्नो घरमा बस्थे। सहेर र दु:ख पाएर बस्ने काङ्ग्रेस ‘असल’ थियो। बीपी झन असल थिए, किनकि उनले प्रत्येक अन्याय सहे, तर राजा फाल्ने कुरा गरेनन्। काङ्ग्रेस असल थियो किनकि ऊ  ‘राजा राजा’  गरिरहने, राजा भने उसलाई देखी नसहने समय थियो त्यो। अहिले बीपीको त्यही सहनशीलतालाई ‘विचारभन्दा  माथि देश’ भनेर व्याख्या गर्नेहरू पनि छन्।

राजतन्त्रसँगै राजभोग, राजसभा, राजलक्ष्मी, राजरक्षक, राजभोज, राजपुरोहित, राजगुरु, राजघराना, राजपगरी, राजमहत्वाकांक्षा र राजदम्भ पनि आउँछन् भन्ने कुरा सबैलाई थाहा हुनुपर्छ। यी प्रत्येक शब्दको आआफ्नै विशिष्ट अर्थ छ। राजतन्त्रवादीहरूले चाहना गरेको राजतन्त्र कस्तो हो ? कदाचित राजतन्त्र स्थापना भयो भने भावी पिढीले फेरि गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने छैन भन्ने प्रत्याभूति के छ ? राजा नहुनाले बिग्रेका र राजा हुँदा बन्ने कुराको तर्कसंगत व्याख्या चाहिन्छ।

बुझ्नुपर्ने कुरा

नेपालमा राजतन्त्र रहनुपर्थ्यो भन्ने तर्क आफ्नो ठाउँमा छ। किन्तु आजको वास्तविकता ‘गणतन्त्र नेपाल’ हो। यसबाट त्यस्तो कुनै बित्यास पनि परेको छैन। नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको छ। राजाले छाडेर गएको राजमुकुट सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सम्पत्ति हो। जसको सम्पत्ति हो, उसैको जिम्मामा पुग्नु कुनै दुर्घटना होइन। जनताको सम्पत्ति जनताले जे जसरी प्रयोग गरोस्, उसको अधिकार हो। यहाँ त यस्तो भाष्य तयार गर्ने प्रयत्न हुँदैछ कि, मानौं कुनै एउटा किसानले एक जना साहुलाई आफ्नो धन राख्न दिएको रहेछ। समयक्रममा किसानले साहुसँग आफ्नो धन फिर्ता मागेर लग्यो। अनि साहुका एजेन्टहरूले किसानलाई फकाउन थाले कि ‘तिमीले आफ्नो धन जोगाएर राख्न सक्दैनौ। यदि आफ्नो धनलाई सुरक्षित र चिरस्थायी पार्न  चाहन्छौ भने फेरि साहुलाई नै राख्न देऊ। साहुले तिम्रो धन जतनले सेफमा राखिदिन्छन्।’ जबसम्म किसान आफैं गएर आफ्नो धन साहुलाई राख्न दिन राजी हुँदैन, तबसम्म कुनै तर्कको पनि प्रयोजन छैन।

आज साह्रै खराब काम गरिरहेका पार्टीहरू चुनावको मैदानमा छन्। नेताहरू आफ्नो कर्तव्यबाट विचलित भएका छन्। जनता हतप्रभ र निराश छन्। राज्यकोषको सम्यक उपयोग हुन सकेको छैन। उता राजतन्त्र पुनर्स्थापनाका अभियानकर्ताहरू भने यो मौकामा आक्रामक रूपमा सोही एजेन्डा लिएर भोट माग्न जानुपर्नेमा तिनै ‘बिग्रेका नेता’ सँग एकाध सिट मागेर लिने फिराकमा छन्। यस्तो युगान्तकारी अभियान चलाउने दल र नेता त एक दुई थान होइन, दुई तिहाई सिट जितेर संविधान संशोधन गरी राजतन्त्र पुनर्स्थापना गर्नेतर्फ पो लाग्नुपर्थ्यो। ‘नेपाली जनता  राजतन्त्रको पक्षमा छन्’ पनि भन्ने, तर हस्तक्षेपकारी तवरले जनताकहाँ जान पनि नसक्नेले जोसिला भाषण गर्नेबाहेक केही गर्न सक्ने देखिएन। अत्यन्त चञ्चल, बोलीको ठेगान नभएका, अस्थिर र फितलो सोच भएका राजतन्त्रवादीहरूले ‘वास्तविक राजतन्त्रवादीहरू’ लाई निराश पार्ने काम गरिरहेका छन्। कुरा मिले अमुक पार्टीमा जान बेर नलाउने  राजावादीलाई देखेर पूर्व राजालाई कस्तो महसुस हुँदोहोरु यिनीहरूका तर्क सुन्दा एउटा टाठो बोली भएको कच्चा कविले हास्य कविता पाठ गरिरहेको प्रतीत हुन्छ। अन्य कुनै तरिकाले राजतन्त्र फिर्ता होला र गरिखान पाइएला भन्ने सोच हो भने त्यो त झनै नाजायज हो। नभएका राजाको प्रशंसा गरेर साखुल्ले हुने बेभरका राजावादीहरूले कदाचित ‘भएका राजा’ पाए भने पनि बिगारेरै छाड्नेछन्।

कस्तो राजा ? 

‘राजसंस्थाको पुनर्स्थापना’ वाक्यांश प्रयोग गर्ने गरिए तापनि त्यो वाणीको शिष्टाचार मात्र हो। कदाचित आयो भने राजतन्त्र नै आउनेछ। त्यही राजतन्त्रले विस्तारै संस्थागत स्वरूप प्राप्त गर्ने हो। नेपालमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना अत्यन्तै क्षीण छ। जनतामा नेताहरूप्रति आक्रोश छ, किन्तु व्यवस्थाप्रति कुनै गुनासो छैन। तथापि अभियान चलाउनेहरूले त राजतन्त्रका फाइदाहरूको फेहरिस्त बनाउनुपर्ने हो। ‘अब ल्याउन खोजिएका राजा यी हुन्, यिनको अवसानमा राजा हुने यी हुन् र वंश परम्परा यस्तो हुनेछ’ भनेर छर्लङ्ग पारिदिनु पर्यो। राजगद्दी उत्तराधिकार पुरुषतर्फ मात्र जाने हो कि महिलातर्फ पनि ? महिलातर्फ नजाने हो भने त्यो विभेद किनरु राजाका अधिकार के के हुनेछन् स्वविवेकीय अधिकार हुने कि नहुने ? विचारभन्दा माथि देश भन्दाभन्दै ‘देशभन्दा माथि राजा’ भन्ने भाष्य तयार हुदैन भन्ने ग्यारेन्टी के छ ? जब प्रचलित व्यवस्थाले काम दिन सक्दैन भनेर अभियान चलाइन्छ भने हरेक कुरा पारदर्शी हुनुपर्छ। जनतालाई यो यो कारणले ‘यो भन्दा त्यो ठीक’ भनेर थाहा पाउने हक छ। एउटा वडा अध्यक्षको चुनावमा त अनेक सम्भावित प्रश्नको जवाफ तयार गरेर राख्नुपर्छ भने यो त राजा राख्ने मामिला हो।
 
वर्तमान संविधानमा राष्ट्रपति पदलाई एउटा संस्थाको रूपमा ‘यस्तो गर्नेछ उस्तो गर्नेछ’ भनेर संस्थालाई जस्तै तृतीय पुरुषको ‘तँ’ शब्दले सम्बोधन गरिएको छ। कदाचित उहाँहरूको अभियान सफल भयो भने कस्ता शब्दले राजालाई सम्बोधन गरेर संविधानमा लेख्ने योजना छ ? राजतन्त्रको पुनर्स्थापना भएपछि राजाले जनताको नाममा सपथ लिनु पर्ने कि नपर्ने ? सुविधा केकस्तो हुने ? राजालाई आयकर लाग्ने कि नलाग्नेरु व्यवसाय गर्न पाउने कि नपाउने ? सम्पत्ति विवरण भर्नु पर्ने कि नपर्ने ? यी सबै कुरा स्पष्ट नपारिकन एकोहोरो पुनर्स्थापनाको कुरा मात्र गर्नुको कुनै प्रयोजन छैन। आसन्न चुनावमा पनि राजावादीहरूको उपस्थिति निम्छरो नै रह्यो भने अर्को पाँच वर्षपछि राजतन्त्र पुनर्स्थापनाको प्रश्न ‘डेट एक्सपायर’ हुनेछ। 

अरु कुरा पनि छन्। राजतन्त्र पुनर्स्थापनाको अभियान लिएर जनतामा जाने नेताहरू राजतन्त्रको पछि लागेर आउने विषयहरूमा पनि जानकार हुनु जरुरी छ। सार्वभौम जनतासामु राजतन्त्र पुनर्स्थापनाको विषय लिएर जानेले राजतन्त्र सँगसँगै राजसिंहासन, राजदण्ड, राजमुकुट पनि आउँछन् भन्ने कुरा जनतालाई थाहा दिनुपर्छ। राजतन्त्रसँगै राजसदन, राजचिन्ह, राजाश्रितहरू, राजाज्ञा, राजतिलक र राजहठ पनि साथ लागेर आउनेछन्। राजा आउनेबित्तिकै राजसेवक, राजसी, राजद्वार, राजकीय र राजभक्तहरू पनि आउनेछन्।

राजतन्त्रसँगै राजभोग, राजसभा, राजलक्ष्मी, राजरक्षक, राजभोज, राजपुरोहित, राजगुरु, राजघराना, राजपगरी, राजमहत्वाकांक्षा र राजदम्भ पनि आउँछन् भन्ने कुरा सबैलाई थाहा हुनुपर्छ। यी प्रत्येक शब्दको आआफ्नै विशिष्ट अर्थ छ। राजतन्त्रवादीहरूले चाहना गरेको राजतन्त्र कस्तो हो ? कदाचित राजतन्त्र स्थापना भयो भने भावी पिढीले फेरि गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने छैन भन्ने प्रत्याभूति के छ ? राजा नहुनाले बिग्रेका र राजा हुँदा बन्ने कुराको तर्कसंगत व्याख्या चाहिन्छ।

अपदस्थ राजा या राजपरिवारका अन्य सदस्यहरूमा प्रशंसनीय नेतृत्व क्षमता, लोकतन्त्रप्रति परम आस्था र समृद्ध नेपालको खाका छ भने त्यो अत्यन्त गौरवको कुरा हो। हाल देखा परेको फितलो प्रयास र पातलो जनआवाजबाट राजतन्त्रको पुनर्स्थापना गर्न मुस्किलै छ। पूर्व राजालाई शक्तिमा ल्याउने अर्को उपाय बरु सहज छ। समर्थकहरूको तर्फबाट उहाँहरूलाई सक्रिय राजनीतिमा आउन आह्वान गर्न सकिन्छ। पूर्व राजा र उहाँका परिवारका सदस्यहरूले पनि आफ्नो ‘लोकप्रियता’ लाई परीक्षण गर्न सक्नुहुन्छ। यसभन्दा अघि नै यस्तो घटना भएको इतिहास पनि छ। सन १९३७ मा जन्मेका बुल्गेरियन युवराज सिम्योन द्वितीय आफ्ना पिता राजा बोरिस तृतीयको मृत्युपछि १९४३ मा छ वर्षको उमेरमा राजा भए। १९४६ मा दोस्रो विश्वयुद्धपछि बुल्गेरियामा राजतन्त्र उन्मूलन भयो। सिम्योन द्वितीय बिदेशिन विवश भए। उनी १९९६ मा पुनः स्वदेश फर्केर सक्रिय राजनीतिमा सरिक भए। अन्ततः सन २००१ मा सिम्योन द्वितीय बुल्गेरियाका प्रधानमन्त्री चुनिन सफल भए। लोकतन्त्रमा कसैको पनि सम्भावना समाप्त हुँदैन।

अन्त्यमा 

‘अहिं नृपं च शार्दूलं बराटं बालकं तथा! परश्वानं च मूर्खं च सप्तसुप्तान्न बोधयेत्’ अर्थात् सर्प, राजा, सिंह, बारुलो, बालक, अर्काको कुकुर र मूर्खहरू सुतिरहेका छन् भने जगाउने प्रयत्न नगर।’  

 


   

 

प्रतिक्रिया