लाल सलाम कमरेडहरु,
म सुवासचन्द्र नेम्वाङ्ग। उमेरले सत्तरी पुग्न एक बर्ष अझै बाँकी छ। व्यवहारले म कम्युनिष्ट होईन। तर कम्युनिष्टको नाममा राजनीति गर्दै आएको छु। शुरुमा त काठमाण्डौ ईन्जिनियर बन्छु भनेर आएको हो। ईलाममा मलाई र झलनाथ खनाललाई नेपाली कांग्रेसका नेता के. बी. गुरुङ्ग सरले अंग्रेजी पढाउनुभएको हो। राजधानी खाल्डोमा छिरेपछि राजनीतिको हावा लाग्यो। फर्केर ईलाम गएँ। त्यहाँको महेन्द्ररत्न क्याम्पसमा अनेरास्ववियूको पहिलो सभापति भएर राजनीतिमा आफ्नो कीलो गाडें। राजनीति गर्न पत्रकारिता अथवा वकीलको पृष्ठभूमि हुँदा खुब सजिलो हुँदोरहेछ। मैले वकालत पढ्न रुचाएं। तत्कालीन माले पार्टीमा रहेर मैले नेपाल बार एशोसिएसनमा महासचिवको पद जितें। कानून पढाउन पनि थालें। २०४८ सालमा पनि म ईलामबाट चुनाव त लडेर जित्न सक्थेँ तर मेरी पहिली श्रीमती र उनका माइतिले र्याक गर्ने संभावना बढी देखेर एमाले पार्टीको तर्फबाट ०४८ सालदेखि ०५६ सालसम्म लगातार राष्ट्रिय सभाको सदस्य भएँ।
यसैबीच नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा कानून राज्यमन्त्री भएँ। त्यतिखेर म एमालेको केन्द्रिय सदस्य थिइन त्यसैले राज्यमन्त्रीमै थन्किनु पर्यो । म भन्दा सिनियर नेता अशोक राई पनि राज्यमन्त्री हुँदा म कसरी फुल मन्त्री पडकाउन सक्थेँ र ? तर लिम्वु कुलमा जन्मे पनि कुमाईको घुमाई भन्दा मेरो घुमाई कडा भएकोले न्यायपरिषद्मा वरियतामा राज्यमन्त्री नमिल्दो हुने भएको हुनाले त्यही वरियतालाई समाएर फुल मन्त्री पड्काउन सफल भएँ अरु म भन्दा सिनियर ट्वाँ ! अहिलेको जस्तो पार्टीको टँङ्गमुनि छिरेको न्यायालय थिएन त्यतिखेर । त्यो पनि विश्वनाथ उपाध्यायले नेतृत्व गरेको न्यायालय ! पूर्व महासचिब सिपि मैनालीलाई थाहै नदिई मन्त्रीबाट बर्खास्तगीमा परेपछी उहाँको मन्त्रालयको जिम्मेवारी पनि आफैले लिन सफल भएँ । बिचारा मैनालीले राजदरबारको सचिवालयको खबर भोलि विहान ७ बजेको रेडियो नेपालको समाचारबाट मात्र पत्तो पाए । बिचारा चुइक्क पनि गर्न पाएनन् ।
यी खस बाहुन क्षेत्रीहरु हामीलाई "यी लिम्बुहरु काटिसकेपछि म त काटिदिन्छु है भन्ने, मारमुङ्ग्ग्रीमा बिश्वास गर्ने तर दिमाग नभएको जात" भनेर हियाउँछन्। म जस्तो मान्छे भेटेकै रहेछन काठाहरुले। मेरो मनमा समुन्द्र मन्थन हुँदापनि बाहिर म मृदुभाषी हुनसक्छु। मेरो हँसिलो अनुहार देखेर मान्छे मेरो मनको कुरा बुझ्नै सक्दैनन्।
ईलाम-२ बाट चुनाव लड्न थालेको म आजसम्म हारेको छैन। संबिधान सभा अध्यक्ष भएर मैले नेपालमा गणतान्त्रिक र धर्म निरपेक्ष संबिधान जारी गराउन ऐतिहासिक भूमिका निर्वाह गरेको छु। राजनीतिमा लागेदेखि मेरो ग्राफ उकालो मात्रै लागेको छ। ओरालो झरेको छैन। त्यसका केही कारण छन्।
मेरो सामाजिक औकातको कुरा गर्ने हो भने म कम्युनिष्ट हुनुपर्ने मान्छे नै होईन। पहाडमा खान नपुगेर अथवा लिम्बुले खेदेर मधेस झरेका एमालेका अरु नेताजस्तो म होईन। म ईलाम सुन्तलाबारीमा हुनेखाने लिम्बु परिवारमा जन्मेको हुँ। मेरा बा रामबहादुर नेम्वांग पंचायत कालकै कहलिएका न्यायाधीश थिए। आमा अपीन्द्र कुमारी ईलाम नगर पंचायत हुँदा चल्तापुर्जा वडा अध्यक्ष भैसकेकी मान्छे हुन्। आमा भन्थिन्, खुरुक्क पंचायती कर्ममा लागिहाल। आमाको कुरा सुनेको भए अहिले मेरो अवस्था बालकृष्ण न्यौपाने जस्तो हुन्थ्यो। कम्युनिष्ट भएर ठीकै गरिएछ। हुनेखाने कम्युनिष्ट।
मेरा बाको कथा अर्कै छ। त्यो कसैलाई थाहा छैन। उ बेला जिल्ला न्यायाधीश भैसकेको मान्छे। उहाँको रवाफ नै कडा। एकदम सामन्ती सोचको मान्छे। हाम्रो गाऊँमा एकजना तस्बीरे लिम्बु भन्ने सोझो लठेब्रो खालको केटो थियो। बाले खान लाउन दिने, श्रम शोषण गर्ने। पैसा माग्दा "पख, तेरो बिहे पनि गरिदिन्छु, पैसा पनि त्यैबेला दिन्छु" भन्दिने उसलाई। लठेब्रोले पत्याईहाल्ने। एकदिन कुनचाहिं गाउँलेले ठट्टा गर्दै सन्काएछ, "खै त ? गरिदिए त सुब्बासाबले तेरो बिहे? दिए त पैसा?"
तस्बीरे सनक्क सन्किएर घरमै भरेर ठीक्क पारेको भरुवा बन्दूक बाको छातीमा दागिदिएछ। बाको प्राणान्त भैहाल्यो। तस्बीरे पर्यो जेल। भावीको लेखा, म राजनीतिमा लागेको बेला जेल पर्दा तस्बीरेलाई पनि त्यही जेलमा भेट भयो। भेटेर के गर्नु?
मेरो कहानी छैन त रोमाञ्चक?
यी खस बाहुन क्षेत्रीहरु हामीलाई "यी लिम्बुहरु काटिसकेपछि म त काटिदिन्छु है भन्ने, मारमुङ्ग्ग्रीमा बिश्वास गर्ने तर दिमाग नभएको जात" भनेर हियाउँछन्। म जस्तो मान्छे भेटेकै रहेछन काठाहरुले। मेरो मनमा समुन्द्र मन्थन हुँदापनि बाहिर म मृदुभाषी हुनसक्छु। मेरो हँसिलो अनुहार देखेर मान्छे मेरो मनको कुरा बुझ्नै सक्दैनन्।
अलि पहिलेको कुरा हो, एकपटक एउटा सार्वजनिक कार्यक्रममा म बरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्तको छेउमा बसेको थिएँ। अर्का बरिष्ठ अधिवक्ता गणेशराज शर्माले अचानक पन्तजीलाई सोध्नुभयो, "ए पन्तजी, यो सुवास नामको लिम्बुको अनुहार हेर्नुस त, ठ्याक्कै कुमाईं बाहुनको जस्तो लाग्दैन?" हलभरिका मान्छे गलल्ल हाँसे। पन्तजीले मुस्कान दिएर भन्नुभयो, "संगतै कुमाईं बाहुनहरू संग छ। अनि के होस् त? " मैले काम गर्ने नेपाल ल फर्ममा त्यतिबेला प्राय सबै कुमाईंहरु नै थिए।
माधव नेपाल म प्रति पछिसम्म आशक्त थिए। कहाँसम्म भने, प्रतिगमनको मध्यान्तर तिर ज्ञानेन्द्रले प्रधानमन्त्री हुन सबैलाई टेन्डर आव्हान गरे। माधव नेपालले लौ म पनि गर्छु भने टेलिफोनबाट। मैले माधव नेपालले राजालाई दिएको त्यो निवेदन पुतलीसडकको एउटा ल फर्ममा बसेर हतारहतारमा लेखिदिएको हुँ। माधब कमरेडले पार्टीको खालि लेटरहेडमा सहि गरेर मलाई दिएका हुन्थे सँधैभरी ।देखिजान्ने साक्षी ज्युँदै छन्। त्यतिबेला अहिलेका केपी ओलीको दाल राष्ट्रिय राजनीतिमा गल्न त के भिजेको पनि थिएन।
नभन्दै अहिले पनि म अर्का कुमाईं बाहुन केपी ओलीलाई नेता मानेर बसेको छु।
शर्मा र पन्त दुवैजना बितिसके। ज्युँदाले पनि मलाई बाँकी राख्दैनन्। एउटा अर्को कार्यक्रममा मैले पनि बोल्नुपर्ने थियो। नेपाल बार एशोसिएसनका तत्कालीन महासचिव बरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल मास्टर अफ सेरेमोनी थिए। उनले मलाई मन्चमा बोलाउँदा भनिदिए, "अब म एउटा यस्तो मान्छेलाई बोलाउंदैछु, जसले गरेको गाली खाने मान्छेले त्यो गालीको अर्थ भोलिपल्ट मात्रै बुझ्छ।" राजनीतिमा लागेको मान्छेका लागि यस्तो गुण त बरदान पो हो गाँठे। सतीशजीले मलाई राम्रै चिनेका रहेछन्। धन्न त्यो बेला उनले बार एशोसिएसनमा राजनीति घुसाउने मान्छे पनि सुवास नेम्वांग नै हो भनेर भनिदिएनन् ! उनले नभनेपनि त्यो कुरा सबैलाई थाहा छ।
मैले यसो गर्नुको पनि कारण छ। पंचायती कालमा पार्टी नेताहरु बिरालाले बच्चा सारेको जस्तै आफ्नो सेल्टर सार्दै लुकीलुकी हिंड्थे। म पार्टीको काम गर्दै वकालती काममा जमिसकेको थिएँ। बागबजारमा पद्मकन्या क्याम्पसको अघिल्तिर मेरो आफ्नै पायोनियर ल फर्म खडा भैसकेको थियो। पार्टी नेताहरु भर अभरमा पैसा माग्न मैकहाँ आउंथे। झलनाथ खनालको भाई दाताराम खनाललाई त मैले आफ्नै अफिसमा जागीर नै दिएको हो। उसलाई दिएको एउटा जडौरी कोट पछि दाजु झलनाथ खनालले लगाएर हिंडेको पनि यै आँखाले देख्यो। पार्टी भित्र पनि बिभिन्न बैचारिक लाईन थिए। म झलनाथको लाईनमा थिएँ। उनका विरोधीहरु मेरो रीस गर्थे।
त्यसैबेला तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी भरत गुरुङ्गलाई पक्राउ गरेर लागू औषध तस्करीमा मुद्दा लगाईयो। देखाउनलाई गुरुङ भएपनि यो झगडा दरवार भित्रकै गूटको थियो। उनको मुद्दा कसैले लिन नमानेको अवस्थामा म अघि सरें। पार्टी भित्रका मेरा विरोधीलाई मौका मिलिहाल्यो। मलाई दरवारियाको ठप्पा लगाईदिए। पार्टीले मलाई शम्भु थापा, बिष्णु राउत जस्ता कमरेड वकीलको तुलनामा अविश्वास गर्न थाल्यो। मलाई झोंक चल्यो।
त्यतिनै बेला नेपाल बार एशोसिएसनको चुनाव भयो। प्रजातान्त्रिक पक्षबाट अध्यक्षमा बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले उम्मेदवारी दिएका थिए। प्रगतिशील अर्थात बामपन्थी खेमाबाट सिन्धुनाथ प्याकुरेलको नाम उचालिएको थियो। मैले प्याकुरेल माले होईनन्, चौथो महाधिवेशनका मान्छे हुन् भनेर ब्यापक लबींग गरें। अन्तत: उनको नाम काटेर मरिचमानका साथी अनि दरवारिया पृष्ठभूमिका बासुदेव ढुंगानालाई जिताएरै छाडें। अल्पपठित एमालेका नेताहरुलाई मैले यसरी घुमाएको धेरै उदाहरण छन्। कतिपय मैले बिर्सिसकें।
मैले सम्झेको एकजना बिष्णु राउत पनि हुन्। मलाई उनि मन नपर्ने, उनलाई म। उदयपुरका राउत र त्यहींका सामन्ती बस्नेत खलकको नातापाता पर्थ्यो। हरिबहादुर बस्नेत पंचायतकालमा मन्त्री भैसकेका थिए। राउतले भित्र भित्र बस्नेत खलकलाई सहयोग गरेर पार्टीलाई हानी गरेका छन् भनेर मैले भरतमोहन अधिकारीको कान फुकिदिएँ। अधिकारी त्यतिबेला पार्टीका न्याय बिभाग प्रमुख थिए। उनलाई नै राउत बिरुद्द उजुरी हाल्न मात्र होईन, फैसला समेत गर्न लगाएँ। पार्टीले ०५६ सालको चुनावमा राउतको टीकट काटिदियो। म कुमाईं बाहुन भन्दा के कम?
तर जति गरेपनि म मदन भण्डारीको "गूड बूक" भित्र कहिल्यै पर्न सकिन। त्यो बेला मलाई भाँजो हाल्ने ईश्वर पोखरेल हो। नेकपा एमालेमा माधव नेपाल युग शुरु भएपछि मेरो पनि चाँदी कटाई शुरु भएको हो। त्यतिबेला मेरो पहिलो "टार्गेट" अशोक राई भए। शुरुमा राई सीपी मैनालीको नौलो जनवादका हिमायती थिए। पछि माधव नेपालको नजिक हुनथाले। राई र म दुवै जनजाती। एउटा जंगलमा दुईटा बाघ? मेरो कानमा खतराको घन्टी बज्यो। महाकाली सन्धी पछि अशोक राईमाथि कारवाही गर्न माधव नेपालको कान फुक्न थालें। उनले हतारहतारमा कारवाही गर्न खोज्दैथिए। अशोक राई आफै पार्टी छोडेर हिंडे। मेरो कुमाईंगिरी सफल भयो।
माधव नेपाल म प्रति पछिसम्म आशक्त थिए। कहाँसम्म भने, प्रतिगमनको मध्यान्तर तिर ज्ञानेन्द्रले प्रधानमन्त्री हुन सबैलाई टेन्डर आव्हान गरे। माधव नेपालले लौ म पनि गर्छु भने टेलिफोनबाट। मैले माधव नेपालले राजालाई दिएको त्यो निवेदन पुतलीसडकको एउटा ल फर्ममा बसेर हतारहतारमा लेखिदिएको हुँ। माधब कमरेडले पार्टीको खालि लेटरहेडमा सहि गरेर मलाई दिएका हुन्थे सँधैभरी ।देखिजान्ने साक्षी हाम्रो पार्टीमा अझै ज्युँदै छन्। त्यतिबेला अहिलेका केपी ओलीको दाल राष्ट्रिय राजनीतिमा गल्न त के भिजेको पनि थिएन।
मलाई पार्टीका कुरा बुझ्ने एकथरी मान्छेहरु "लिडर" होईन, "डिलर" भन्छन्। ठीकै हो। मेरो सिफारीश र स्वीकृति बिना एमाले कोटाबाट न्यायाधीश बन्न असम्भव छ। एकपटक देव गुरुङ कानून मन्त्री हुँदा खुब सुधार गर्छु भनेर आए। सर्वोच्च अदालतमा भरतराज उप्रेती, प्रकाश बस्ती जस्ता मान्छेलाई अस्थायी न्यायाधीशमा नियुक्ति दिलाए। मलाई नसोधी गर्ने? हुन त भरतराज उप्रेती म संगै एउटै फर्ममा काम गरेका म भन्दा लायक व्यवसायी थिए। मलाई अभर पर्दा घरखर्च समेत जुटाईदिन्थे। तर उनको नियुक्तिको कुरा मैले समाचारमा सुन्नुपर्यो। मेरो मनमा रीस र ईर्ष्या एकैचोटी जाग्यो। म भित्रको "डिलर" ब्युँतियो। बरु शेरबहादुर देउवाका प्यादा गोपाल पराजुली प्रधान न्यायाधीश हुनेगरी माओवादी कोटाका अस्थायी न्यायाधीशहरु स्थायी हुने बाटो खोल्न तिर लागें। दामोदर शर्मा श्रीमानको कान फुकें। तर बस्ती र उप्रेतीलाई स्थायी हुन दिईंन। खेल पछाडि मेरो हात थियो, बद्नाम भने कांग्रेसका सरल र ईमान्दार मन्त्री नरहरि आचार्य भए। म जस्तो कुमाईंको घुमाईंमा पर्नु नरहरि आचार्यको दूर्भाग्य थियो। उनी गलत समय गलत ठाउँमा पुगेका थिए।
अपमानको बीष सहन नसकेर भरतराज उप्रेतीले आफ्नो ईहलीला समाप्त गरे। हामी मिल्ने साथी मात्र होईन, दाजूभाई जस्ता थियौं कुनैबेला। तर सत्तामोह र अहंकारले मेरो विवेकको भाँडोमा बिर्को लगाईदियो। हामीलाई चिन्ने कानून व्यवसायीहरु भन्छन, साथी भए अग्नी खरेल र हरिकृष्ण कार्की जस्तो हुनु। सुवास नेम्वांग र भरतराज उप्रेती जस्तो नहुनु। अग्नीले आफू मन्त्री हुँदा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुने रोलक्रममा पारिदिए। अग्नी र हरिकृष्णलाई जोडेर मान्छे भन्छन् , "अग्नी र हग्नी!" मैले भरतराज उप्रेतीलाई डिप्रेसनको पराकाष्ठामा पुर्याईदिएं।
तर राजनीति हो, यस्ता कुरा हुँदै गर्छन्। राजनीतिमा रवाफ देखाउनुपर्छ। नत्र न्यायाधीशहरुलाई कसरी ठीक पार्नु? त्यसैले म कतिपटक पूर्व सभामुखको हैसियतले पाईने अङ्गरक्षक सहित अदालतमा बहस गर्न पुगेको छु। अहिलेको अदालतमा म के भन्छु भन्दा पनि म को हुँ भन्ने देखाउन जरुरी छ। मेरो "बडीगार्ड" देख्ने बित्तिकै मेरो चलखेल गर्ने ल्याकत बुझेका न्यायाधीश श्रीमानहरु गरुडको छायाँमा परेको सर्प जस्तै हुन्छन भने यसमा मेरो के दोष?
तर एउटा कुरामा भने मलाई मनमा कता कता हिर्दोक लागेको छ। नेपालको अहिले कायम संबिधान घोषणा हुँदा संबिधान सभाको अध्यक्ष म थिएँ। संविधान जारी भैसकेको अवस्थामा मैले बोलेका कतिपय कुरामध्ये मैले बोलेको प्रमुख र महत्वपूर्ण कुरा थियो, "अब यो मुलुकमा कुनैपनि प्रधानमन्त्रीले आफ्नो लहड र स्वार्थमा संसद भंग गर्न पाउने वा सक्ने छैन।" यो कुरा अभिलेखमा छ। तर म आज आफ्नै स्वार्थका कारण आफ्नै कुरा काटेर कुमाईं ओलीको संसद भंग गर्ने कदमको समर्थन गर्ने अवस्थामा पुगें। समर्थन मात्र होईन, संसद बिघटन संबिधान सम्मत छ भनेर ठोकुवा नै गर्ने बाध्यतामा परें। यो मेरो व्यक्तिगत स्वार्थको उपज हो।
के गर्ने? न्यायाधीशको छोराको रुपमा सरकारी क्वार्टरमा जन्मिएको मान्छे हुँ। मर्न पनि सरकारी क्वार्टरमै पाए हुन्थ्यो भन्ने धोको छ। बालुवाटार होस् वा शीतल निवास, मलाई फरक पर्दैन।
प्रतिक्रिया