अहिलेसम्म कुन पार्टीका को–को विजयी भए ?


 काठमाडौँ, ८ मङ्सिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नं २, बाजुरा निर्वाचन क्षेत्र नं १ र दोलखा निर्वाचन क्षेत्र नं १ मा अझै मतगणना सुरु भएको छैन । 

    निर्वाचन आयोगका अनुसार साँझ ७ः३० सम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १४, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुई÷दुई तथा जनता समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । 

    जारी मतगणनामा कांग्रेसले ३४, एमालेले ३३, माओवादी केन्द्रले ११, राष्ट्रिय स्वतन्त्र पार्टी छ, एकीकृत समाजवादी र जनता समाजवादीले पाँच÷पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दुई÷दुई निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् । 

    कांग्रेसबाट झापा १ मा विश्वप्रकाश शर्मा, ओखलढुङ्गा–१ मा रामहरि खतिवडा, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ३ मा सन्तोष चालिसे र काठमाडौँ ४ मा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । 

    काठमाडौँ १० मा राजेन्द्रकुमार केसी, भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री, ललितपुर १ मा उदय शम्शेर राणा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, म्याग्दी १ मा खमबहादुर गर्बुजा, सुर्खेत २ मा हृदयराम थानी, अछाम २ मा पुष्पबहादुर शाह, दार्चुला १ मा दिलेन्द्रप्रसाद बडू र डडेल्धुरा १ मा शेरबहादुर देउवा विजयी हुनुभएको छ । 

    एमालेबाट ताप्लेजुङ १ मा योगेशकुमार भट्टराई, झापा १ मा केपी शर्मा ओली, धनकुटा १ मा राजेन्द्रकुमार राई, सोलुखुम्बु १ मा मानवीर राई, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, सिरहा १ मा रामशङ्कर यादव, पर्सा २ मा राजकुमार गुप्ता, ललितपुर ३ मा प्रेमबहादुर महर्जन, कास्की २ मा विद्या भट्टराई, पर्वत १ मा पदम गिरी, गुल्मी २ मा गोकर्णराज विष्ट, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी, प्यूठान १ मा सूर्यबहादुर थापा र बाँके १ मा सूर्यप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । 

    माओवादी केन्द्रबाट खोटाङ १ मा रामकुमार राई, सिन्धुली २ मा लेखनाथ दाहाल, गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन र जाजरकोट १ मा शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ । 

    एकीकृत समाजवादीबाट रौटहट १ मा माधवकुमार नेपाल, दैलेख १ मा अम्मरबहादुर थापा, अछाम १ मा शेरबहादुर कुँवर, बझाङ १ मा भानुभक्त जोशी र डोटी १ मा प्रेमबहादुर आले निर्वाचित हुनुभएको आयोगले जनाएको छ । 

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, बाँके २ मा धवलशम्शेर राणा र जुम्ला १ मा ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ७ मा गणेश पराजुली, ललितपुर ३ मा तोसीमा कार्की, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही १ मा रामप्रकाश चौधरी र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित हुनुभएको छ । 

    जनता समाजवादी पार्टीबाट पर्सा १ मा प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा प्रेम सुवाल, जनमत पार्टीबाट सप्तरी २ मा चन्द्रकान्त राउत, मोरङ ५ मा स्वन्तन्त्र उम्मेदवार योगेन्द्र मण्डल, रौतहट ३ मा प्रभू साह र बर्दिया २ मा लालवीर चौधरी विजयी हुनुभएको छ । (रासस)

प्रतिक्रिया