मान्छे उही

Bijay Pokharel

 

 

 

 

 

 

मान्छे उही

मान्छे उही
समृद्धिको सपना देख्दै
रुखको फेद समाउँथ्यो
हेर्दाहेर्दै,
रुख रोगीएर नांगिदै गयो 
शीतलताको अनभूती हुन छाड्यो । 

मान्छे उही
समृद्धिको सपना देख्दै
सुर्यको रापतापमा रमाउँथ्यो
हेर्दाहेर्दै,
आकाशमा कालो बादल छायो 
धर्तीमा न्यानोपना नै हरायो  ।

मान्छे उही 
समृद्धिको सपना देख्दै
हसिया हथौडा उचाल्न थाल्यो 
हेर्दाहेर्दै,
श्रमजवीको प्रतीकमा खिया लाग्यो 
ज्याबलको तागतले विश्वास गुमायो ।

मान्छे  उही 
समृद्धिको सपना देख्दै
बिकल्पको खोजीमा भौतारियो 
हेर्दाहेर्दै,
‘नो नट अगेन’ रट्न थाल्यो
लौरो समाउँदै घंटी बजाउन तम्सियो ।

प्रतिक्रिया