विश्वप्रकाशले हेक्का राखुन्

gyan maniकहिले सुन्दरीजल पुगेर निहुरिन्छ! कहिले आफैंलाई निरन्तर खेद्नेसँग आशिर्वादका लागि झुक्न पुग्छ त कहिले आफुलाई साँच्चै माया गर्ने र स्नेह दिनेसँग निहुरिन पुग्छ! झापा उत्रिने बित्तिकै एयरपोर्टमै जन्मथलोको माटो चुम्छ!

गाउँमा कस्को खुट्टा भाँचियो? कस्को हात मर्कियो? को औषधि अभावमा छ? को पैसा अभावमा शिक्षाबाट बञ्चित छ? कस्को घर डड्यो? कस्को भैंसी लड्यो? सबैतिर पुगेको छ बिश्वप्रकाश!

तर चुनाव हार्छ! अनि बिजेता विपक्षीलाई आफैंले उनेको माला लाईदिएर अङ्कमाल गर्दै राजनैतिक सौहार्द्रता देखाउँछ!

कसैकसैले भन्छन्– बिश्वप्रकाश अलि बढी नाटक गर्छ!

उसँगको करिब चालीस बर्षको संगतको अनुभवबाट मेरो मन बोल्छ– त्यसो हैन! पर्शुराम शर्मा र सावित्री शर्माको कोखले दिएको संस्कार हो जसलाई उसले निरंतरता दिएको छ! मातापिताको अगाडि श्रद्धाले निहुरिनेको हुल देखेर हुर्केको बिश्वप्रकाश आफ्ना अग्रज सामु निहुरिन हिच्किचाउँदैन!

प्राचीनयुगको कृष्ण कथन कलियुगे राजनीतिमा लागू हुने कुरै भएन! उ लगायत धेरै फल प्राप्तिको आशामा थिए जो यस  पटक प्राप्त भो! यो फल प्राप्तिमा बिश्वप्रकाशको सालिन झुकाईको अघि शकुनी काङ्ग्रेसको गलाई प्रमुख हुन पुगेको छ! जसका कारण आज झापामा काङ्ग्रेसको बीउ जोगिएको छ! सँगसँगै झापा मात्र नभएर सम्पूर्ण मुलुकबाट प्राप्त ‘बिशु’ प्रतिको स्नेह यसपटक बहुमतमा परिणत भएको छ!

मेची क्याम्पस आएपछि आलोक साप्ताहिक अफिस पस्दाको लजालु ‘बिशु’ एक पेजको चिर्कटो दाजु (पत्रकार भरत भूर्तेल) तिर तेस्र्याउँछ! पढिसकेपछि मुस्कुराउँदै ‘यो लेख्ने प्रेरणा कताबाट पायौ बिशु?’ को जवाफमा ‘केही चैं तपाईं पनि हो दाजु’ भन्ने निश्चल जवाफ! त्यस लेखमा केही शब्द बिपिका थिए, केही गान्धीका अनि केही सिके प्रसाईंका! केही आलोकमा प्रकाशित कुराहरु समेत! कागजबाट बियाँ कनिका छानेर दाजुले लेख तयार गर्दिएपछि बिश्वप्रकाश शर्माका नामबाट सम्भवतः पहिलो लेख छापियो आलोकमा!

लेखाईलाई निरंतरता दिँदै लेखाईमा पनि तिखारिन थालेको बिशुले राजनैतिक चेत बोकेका पिता पर्शुराम,  काकाहरु याम भण्डारी र चन्द्र भण्डारीको बिरासत कायम राख्दै भद्रपुर जस्तो काङ्ग्रेस उर्बर भूमिका अग्रज जीत बहादुर पुरी, अम्बिका रिजाल आदिको छत्रछायाँमा हुर्किँदै अग्रजसँग सल्लाह लिने र दिएको सल्लाह ग्रहण गर्ने क्षमताको कारण भाषणकला सिक्दै राजनीतिमा निष्ठा, निरंतरता, सालिनता, धैर्य सबै हुनुपर्छ भन्ने बुझेको बिशुले सबैलाई साथै  लिएर हिंड्यो!

BP Sitaulaजन्मथलो कर्मथलो झापा नै भएतापनि केही समय राजधानी बस्नुपर्दाको बाध्यतालाई झापाका ‘ठूला काङ्ग्रेस’ हरुले  ‘टुरिष्ट काङ्ग्रेस’ देखेर जिल्ला सभापतिमै लाईदिएको तगारो अनि संसदीय निर्वाचनमा भोग्नुपरेको शकुनी चाल छिचोल्दै भर्खरै सम्पन्न निर्वाचनसम्म पनि अबिचलित कुदिरह्यो! ‘कर्म गर फलको आशा नगर’ भन्ने त प्राचीन कथन मात्र न हो! प्राचीनयुगको कृष्ण कथन कलियुगे राजनीतिमा लागू हुने कुरै भएन! उ लगायत धेरै फल प्राप्तिको आशामा थिए जो यस  पटक प्राप्त भो! यो फल प्राप्तिमा बिश्वप्रकाशको सालिन झुकाईको अघि शकुनी काङ्ग्रेसको गलाई प्रमुख हुन पुगेको छ! जसका कारण आज झापामा काङ्ग्रेसको बीउ जोगिएको छ! सँगसँगै झापा मात्र नभएर सम्पूर्ण मुलुकबाट प्राप्त ‘बिशु’ प्रतिको स्नेह यसपटक बहुमतमा परिणत भएको छ!

यो बहुमतका लागि उसले हरेक घर भित्र पसेर  शिर झुकाएको छ! वरिष्ठलाई सम्मान दिएको छ! कनिष्ठको सम्मान लिएको छ! सालिनता र भद्रताले मन र मत दुबै जितिन्छ भन्ने प्रमाणित गरिदिएको छ! आदेश दिएर हैन आशिष लिएर अघि बढ्दा सफलता पाईन्छ भन्ने पाठ सिकाएको छ!

BP 2अब बिश्वप्रकाशको अघि चुनौतीको पहाड उभिएको छ! ‘बिश्वप्रकाशजी, जय नेपाल’ भन्दै टाँस्सिने सेल्फी काङ्ग्रेसको एक नम्बरमा पनि कमि छैन! नेताको वरिपरि झुम्मिने भष्मासुर काङ्ग्रेसको  त्यता पनि कमि छैन!’ बिश्वजी, ठोक्नुपर्छ’ भन्दै  स्थानीय निर्वाचनमा झैँ  महामन्त्रीको शक्ति दुरुपयोगका लागि उकास्दै ‘महामन्त्रीले शक्ति देखाईदियो’ को प्रदूषणबाट जोगिनुपर्छ! ‘बिश्वप्रकाश’ सँग लिन मात्र पछि लाग्ने स्वार्थी हुल र ‘बिशु’ लाई दिन मात्र चाहने निस्वार्थि समूह छुट्याउन सक्नुपर्छ ! ‘बिशु’ ले पाएलो अपार प्रेम, स्नेह अनि बिश्वासलाई  कालान्तरसम्म जोगाएर राख्न सक्नुपर्छ!

सँगसँगै कहाँ झुक्ने? कहाँ भुक्ने? अनि कहाँ थुक्ने? प्रष्ट छुट्याउन सक्नुपर्छ!

‘बिशु’ ले पाएको स्नेही मत, माया, बिश्वास जोगाएर राख्न सक्ने शक्ति ‘बिश्वप्रकाश’ प्राप्त होस्!

     शुभकामना!
 

प्रतिक्रिया