चुनाव ०७९ सकिएको मात्र हो, मतगणना जारी थियो। जो जिते, उनीहरुको मनमा पनि शान्ति थिएन। पछि परेकाहरु आश र त्रासको माला जप्दैथिए।
नेपालका लागि भारतले खटाएको राजदूत नवीन श्रीवास्तव सोझै नेपालका प्रधानमन्त्रीको सरकारी आवास हान्निए। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई नदेखिने रातो कार्पेट ओछ्याईदिए। श्रीवास्तवले दिउँसै प्रधानमन्त्रीको गठबन्धनका साझेदार नेकपा माओवादीका सदावहार चेयरम्यान प्रचण्डलाई भेटिसकेका थिए। यस अवस्थामा शेरबहादुर देउवाले नवीन श्रीवास्तवलाई नभेट्नुको अर्थ देउवाको भविष्यको योजनामा सलह लाग्नु जस्तै हुनेथियो। उनले भारतीय राजदूत भेटे।
नवीन श्रीवास्तव पढाईका हिसाबले इलेक्ट्रिकल ईन्जिनियर हुन्। सन् १९९३ मा उनी परराष्ट्र सेवामा लागे। नत्र उनी - बढी भए, नेपालका कूलमान घिसिंगसंग बिजुली खरिद बिक्री सम्झौतामा मोलमोलाई गर्ने औकातमा हुन्थे। सन् १९९३ मा त शेर बहादुर देउवा गृह मन्त्री थिए।
भारतका लागी नेपालका राजदूतमा देउवाले नियुक्त गरेका डाक्टर शंकर शर्माले मे १०, २०२२ मा तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए। त्यसअघि उनको "एग्रिमो" आउन पनि शंकास्पद रुपले ढीलो भएको थियो। मे १६, २०२२ मा बुद्द पुर्णिमाको दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आए। भारतका लागि नेपाली महामहिम शंकर शर्मा र मोदीको पहिलो अनौपचारिक देखादेख त्यतिबेला भयो। त्यसपछि शंकर शर्माले १० जनपथ स्थित भारतीय प्रधानमन्त्रीको कार्यालयमा गएर मोदीलाई औपचारिक रुपमा भेटेको समाचार नेपालीले आजसम्म सुन्न, पढ्न र देख्न पाएका छैनन्।
अब नेपालमा नयाँ सरकार बन्नेछ। नेपाली जनता नयाँ बोतलमा भरिएको पुरानै रक्सीको मातमा अर्को पाँच बर्ष बिताउन अभिशप्त छन्। नेपालका दुई सदाबहार छिमेकी छन्। एउटा दक्षिणको। उ नेपाललाई सीताको बिहेमा रामलाई प्राप्त दाईजो ठान्छ। अर्को उत्तरको छ। उ पनि नेपाललाई अंशु बर्माले भृकुटीलाई बिदा गर्दा स्रंग्चंग्गम्पोलाई दिएको उपहार भन्दा बढी दर्जा दिंदैन। दक्षिण र उत्तर बाहेक एउटा अर्को छिमेकी पनि छ, आकाशको। नेपालको भुमि जोडिएका दुई छिमेकी झुक्किएर निदाउन सक्लान। तर आकाशको छिमेकी संग स्याटलाईट छ। उसको आँखा कहिल्यै झिम्किंदैंन।
नेपालमा स्वतन्त्रता दिवस मनाउने कुनै कारण छैन। नेपाल दक्षिण एशियाकै सबैभन्दा पुरानो राष्ट्र हो। "रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो। साम्राज्य दुई हारे, हारेन शान हाम्रो।" सैद्दान्तिक रुपले गर्व गर्न लायक धेरै कुरा छन् नेपाल र नेपालीका लागी। तर त्यो बेलाका शासक देखि अहिलेसम्मका राजनीतिक खलनायकहरु सुगौली सन्धीको ईतिहास बिर्सिन रुचाउँछन्। जंगबहादुर राणाले रातो चन्द्र सूर्य बेलायती उपनिवेशको पाउमा चढाएर गरेको लखनउ लूटको कुरा ईतिहासका बिद्यार्थीलाई मात्र थाहा हुन्छ। २००७ सालमा राजा त्रिभुवन अचानक भारत भाग्दा उनलाई नेपाली प्रजातन्त्र र नेपालको भविष्य भन्दा आफ्नो सन्तान र सम्पत्तिको पीर थियो भन्ने कुरा नेपाली ईतिहासमा पढाईंदैन।
विश्वभरी मुद्रास्फीतिको समस्या मुख बाएर आउंदैछ। रूसले युक्रेनमाथि गरेको आक्रमण बारूदको थुप्रोमा लगाएको झिल्को जस्तो छ। बारूद कुनैपनि बेला बिष्फोट हुनसक्छ। कोभिड-१९ ले विश्वलाई एक बर्ष ठप्प बनायो। भूमण्डलमा बढ्दो तापमानले मान्छेको दैनिकी दुष्कर तुल्याउँदैछ। अबको दुई दशक पछि विश्वमा पेट्रोल जस्ता ईन्धनको उत्पादन र खपत घटेर मान्छे हावा र पानीको भर पर्नेछ। पिउने पानीको ब्याकुलताले अर्को युद्द निम्त्याउने सम्भावना छ। तर नेपाली राजनीतिकर्मीहरुको प्राथमिकता अर्कै छ। स्वप्नद्रष्टाहरु घटीमा पनि सय वर्ष पछाडिको मुलुकका बारेमा सोच्ने साहस गर्छन। नेपाली "राजनेता" हरु पांच वर्ष पछिको चुनाव त टाढाको कुरा, पांच वर्ष भित्र संसदमा गर्न सकिने खेलकूदको आंकडा गरेर आफ्नो भविष्य निर्धारण गर्छन्।
अब नेपालमा नयाँ सरकार बन्नेछ। नेपाली जनता नयाँ बोतलमा भरिएको पुरानै रक्सीको मातमा अर्को पाँच बर्ष बिताउन अभिशप्त छन्। नेपालका दुई सदाबहार छिमेकी छन्। एउटा दक्षिणको। उ नेपाललाई सीताको बिहेमा रामलाई प्राप्त दाईजो ठान्छ। अर्को उत्तरको छ। उ पनि नेपाललाई अंशु बर्माले भृकुटीलाई बिदा गर्दा स्रंग्चंग्गम्पोलाई दिएको उपहार भन्दा बढी दर्जा दिंदैन। दक्षिण र उत्तर बाहेक एउटा अर्को छिमेकी पनि छ, आकाशको। नेपालको भुमि जोडिएका दुई छिमेकी झुक्किएर निदाउन सक्लान। तर आकाशको छिमेकी संग स्याटलाईट छ। उसको आँखा कहिल्यै झिम्किंदैंन।
यसपटकको चुनावमा निर्वाचन आयोगमा सुचिकृत कूल मतदाता मध्ये झन्डै ३५ प्रतिशतले भोट नै हालेनन्। जतिको नाममा हालियो, ठाउँ अनुसार कतिले मरिसकेर पनि हाले। बिदेशिएकाले पनि हाले। तापनि यो कम हो। यो निरपेक्षता मुलुक चलाउँछु भन्ने लोकप्रीयतावादी फटाहाहरुप्रतिको अविश्वास थियो। तर पेशेवर राजनीतिकर्मीहरुलाई यसमा अलिकति पनि लाज छैन। उनीहरु पांच बर्ष र त्यसबीचमा हुने चलखेलको बाघचाल खेल्न व्यस्त छन्।
घर जल्दैछ। तर सबैलाई आफ्नो थाल अगाडि पस्किएको भात हसुर्न हतार छ। चुनावको नतिजा हेर्दा जनमत आफै अन्यौलमा छ। चुनाव जितेका लोभी पापी राजनीतिकर्मीहरू आआफ्नो ढडिया थापेर माछो पार्न लागेका छन्। भोट हाल्नेले हालिसके। अब उनलाई के हुन्छ, पत्तो छैन। दुईपैसे चुनावी नेताका लागि जनता माछा थिए। जाल हाने। पर्ने परे। नपर्ने अब भ्यागुता हुनेछन्।
एकछिनलाई आन्तरिक मुद्दा बिर्सिदिऊँ। आयातित मुद्दाहरुकै कुरा गर्ने हो भने, अबको सरकारले अमेरिकाले दिएको एम सी सी लाई कार्यान्वयनमा लैजानुपर्नेछ। यसलाई व्यवहारिक रुप दिंदा अमेरिकाले माओवादी नेता प्रचण्डको कथित "व्याख्यात्मक टिप्पणी" लाई लंगौटी लगाईदिने निश्चित छ। "ईण्डो प्यासिफिक अलाइन्स"मा अमेरिका र भारत एक ठाउँमा छन्। चीनको "बीआरआई" सेलाएको छैन। यी तीनैथरी शक्ति राष्ट्रहरु भूराजनीतिक रुपले संवेदनशील नेपालको घाँसमाथि मडारिन ब्याकूल छन्। चलखेल चलेको थियो। चलिरहनेछ।
अर्को कुरा पनि थपिएको छ। भारतले सैन्य भर्तीमा ल्याएको नयाँ नीति अग्नीपथ। कहिले कसैको उपनिवेश नभएको मुलुक नेपालले विदेशीका स्वार्थका खातिर आफ्ना युवाहरुलाई रगत पसीना बगाउन बेचेको ईतिहास छ। पहिलो विश्व युद्दताका नेपालका राणा प्रधानमन्त्री चन्द्र शम्शेरका खलक संग अहिले जति सम्पत्ति छ, त्यति कुनै खानदानी नेपाली परिवार संग छैन। दोश्रो बिश्वयुद्द हुँदा नेपालका अर्का राणा प्रधानमन्त्री जुद्द शमशेरको खलकले नेपाल र बिदेशमा कति सम्पत्ति लगानी गरेका होलान? एउटा सामान्य नेपालीले कल्पना समेत गर्न धेरै हिसाब किताब गर्नुपर्छ।
यीनको वैभव गरीब नेपाली जनताको प्राणाहुतिबाट सिंचित नक्कली गरिमा हो। नेपालमा प्रजातन्त्र ल्याउन क्रान्ति गर्ने नेपाली कांग्रेस होस् वा, गरीबको पक्षमा राजनीति गर्छु भन्दै आफै धनी बर्गमा रुपान्तरित कम्युनिष्ट जालधारी हुन्, बिदेशीको स्वार्थका लागी आफ्नो रगत बगाउनुपर्ने यो "मर्सिनरी" कूप्रथा बारे आजसम्म एउटा पार्टीको कुनै नेताले बोल्ने साहस गरेको छैन। नबुझेर पनि होला। नेता हुँदैमा राष्ट्रिय समबेदना हृदयमा टुप्लुक्क आईपुग्छ भन्ने कुनै "ग्यारेण्टी" छैन।
नरेन्द्र मोदीले सैन्य भर्नामा ल्याएको "अग्नीपथ" नामको काईते नीतिले के भन्छ? यसले भन्छ, "चार बर्ष महिनाको पन्ध्र हजार भारू खाएर तालीम लेउ। लड्न परे जाउ। नत्र चार बर्षमा तिमीलाई ११ लाख भारु दिएर घर फिर्ता गरुँला।" बर्षेनी हजारौं नेपाली युवाहरु सके बेलायती सेना, नसके सिङ्गापुर पुलीस, वा त्यो पनि नभए भारतीय सेनामा जान गल्लावालाको गुमस्ता हुने प्रचन छ। भारतीय सेनामा जागीर खानेहरुले सैन्य तालीम पाएका हुन्छन। चारबर्ष पछि उनीहरु एकमुष्ठ रकम लिएर फर्किन्छन। सेनाको बारेमा एउटा बिर्सिन नहुने कुरा के हो भने, उनीहरुको मगजमा एउटा कुरा छिरिसकेपछि त्यो कुरा निकाल्न बडो गाह्रो हुन्छ।
नेपाली काङ्ग्रेसबाट शेखर कोईरालाले चुनाव जिते। उनको आङ्काक्षा गगनले नबुझेपनि भारतीय संस्थापन पक्षले बुझेको छ। शेरबहादुरको बिकल्पमा शेखर भारतीयहरुको आँखामा नबिझाउने एक उम्मेदवार हुन्। गगनलाई भारतीय "साउथ ब्लक"ले अमेरिकी सामिप्य रहेको मान्छेको रुपमा लिएको छ। त्यसमाथि रबि लामिछानेको घन्टी दलसंग उनको साँठगांठ अचानक छताछुल्ल भयो। लामिछाने एक गैर जिम्मेवार, अधकल्चा अराजनीतिज्ञ हुन्। गगन पटक पटक सांसद भएको, मन्त्री भएको "अनुभवी" मान्छे हुनसक्छ। तर दिशानिर्देश बिनाको, "टुंडीखेलमा उडेर, घुमेर एक कीक हान्ने रहर छ, त्यो पनि नाकको डांडी भाँचिने गरी" भन्दै संस्थापन प्रति नकारात्मक भाव फैलाएर कालो घोडा चढेर अचानक बुर्कुसी मारेको मान्छे संग सहकार्य गरेर गगनको रथ कसरी अगाडि बढ्ला? त्यसबाहेक मर्ने बेला हरियो काँक्रो खान रामचन्द्र पौडेल लालायित छन्। प्रकाशमान रबिन्द्र मिश्रलाई हराएपछि आफूलाई निर्विकल्प सोच्दैछन्।
हरेक बर्ष भारतीय सेनाबाट हतियार चलाउने तालीम पाएका नेपाली युवाहरु ११ लाख लिंदै नेपाल छिर्दै गरेमा नेपालको सुरक्षा अवस्थाको अवस्था के हुने हो? नेपाली नेताहरुको साझा अवधारणा के हो?
दशकौं बित्यो, नेपाल राज्य लोभी, पापी, स्वार्थी र परावलम्बी राजनीतिकर्मीले चलाएका छन्। यो चुनावले पनि तिनैलाई जितायो।
शेरबहादुर देउवाले जिते। उनी गठबन्धन सरकारका सुचिकार हुन्। ४८ सदस्यीय "जम्बो" मन्त्रीमण्डल बनाएर सत्ता टिकाउने कर्मको श्रेय उनकै हो। ०५२ सालमा मनमोहन अधिकारीको ९ महिने अल्पमतको सरकार बिरुद्द संसदमा अविश्वासको प्रस्ताव दर्ता हुँदा माधवकुमार नेपाल र ईश्वर पोखरेल मिलेर ठमेलको एउटा होटेलमा त्यतिबेला २० सीट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई थुनेको, सुरा र सुन्दरीको ठेक्का लिएको उनले देखेका थिए। त्यसपछि प्रधानमन्त्री भएका देउवाले आफ्नो बिरुद्द अविश्वास प्रस्ताव आउँदा मतदानको एकदिन अघि सरकारका पांचजना मन्त्रीलाई एकैपटक "बिरामी भएको" बहानामा बैंकक पठाईदिए। जनही दुई हजार डलर पनि दिए। अरुलाई फकाउन हरेक सांसदले भन्सार र अन्तशुल्क छुट सहित महंगा बिदेशी सवारी साधन आयात गर्ने सुविधा दिए। हरेकले त्यो सुविधा लिए। अस्सी प्रतिशतले त्यो सुविधाको गाडी व्यापारीलाई बेचे। सांसद र ब्यापारी बीच सम्बन्ध बन्यो। सांसद माथि व्यापारीले लगानी गर्ने चलन बस्यो। भ्रष्टाचार संस्थागत भयो।
केपी ओलीले जिते। मदन भण्डारी मरेपछि माधवकुमार नेपाल एमाले पार्टीका तानाशाह थिए। ओली आफ्नो अपमानको घाउ चाटेर बसे। विद्या भण्डारीलाई फकाए। अन्तत: पार्टी सभापतिमा जिते। त्यसपछि उनको अर्जुनदृष्टि केवल आफ्ना विरोधीको पत्तासाफ गर्नमा केन्द्रित रह्यो। उनले पार्टी र देशको बारेमा सोच्ने फुर्सद नै पाएनन्। उनी अहिले चढेको बार्दली अहंकार र स्वेत छलछामको खुड्किलोमा पुगेर टुंगिन्छ। यसपाली चुनावमा उनले "घरघरमा ग्यास" र पानी "जहाजको टिकट" र "चुच्चे रेल" को उच्चारण समेत गरेनन्। उनको दुईपटक फेल भएको किड्नी उनको मात्र होईन, नेपालकै भविष्यको दुर्भाग्य भैदियो। यीनी मर्दा एमालेले लूरे, खोरण्डो नै सही, एउटा बिकल्प पाउने थियो। तर उनका सारा नंग्रा र दाह्रा यो चुनावले भाँचिदियो। कमसेकम देउवा र प्रचण्डलाई भेट्न भारतीय राजदूत दिनकै उज्यालोमा आउंछन्। ओलीलाई धम्क्याउन र फकाउन त "र" का मुखिया मध्यरातमा आईदिन्छन्। यीनको औकात यसैबाट बुझौं।
रह्यो कुरा माओवादीका प्रचण्ड र कलम छाप माधवकुमार नेपालको। यीनिहरु दुवैजना बिना "ढेउवा" कांग्रेस र एमालेको सुविस्तारित लंगुरबुर्जाको खालमा च्याँखे थाप्ने हैसियतमा पुगेका नटुवा मात्रै हुन्। यिनीहरु आफ्नो स्वार्थ अनुसार जता ढल्कु त्यता मल्कु हुन्छन। समुदायलाई दिशा दिने औकात यीनले गुमाईसके।
कुरै गर्ने हो भने गगन थापालाई कसरी छोडौं ? म देशान्तर/सुरुचि साप्ताहिकमा काम गर्दा यो केटो नेपाल विद्यार्थी संघको बिज्ञप्ति लिएर आउंथ्यो। "दाई, छाप्दिनु है,"- स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै उ जसरी आउंथ्यो, त्यसरी नै जान्थ्यो। जुझारु थियो। सन् २००५ सम्म म नेपालमा हुँदा नरहरि आचार्यले गणतन्त्रको मुद्दा जोडदार रुपले उठाईसक्नुभएको थियो। नरहरि दाईको दस्तावेजलाई सडकमा लैजाने आँट कसैले गर्यो भने त्यो गगन थापाले गर्यो। प्रधानमनत्री हुन्छु भनेर चुनाव लड्नु गगनको महत्वाकांक्षा होईन। यो उसको अधिकार हो। तर गगन नेपाली कांग्रेसको संसदीय गणितमा "दूरका सीतारा" मात्रै हो। शेरबहादुरले अरु केही गर्न सकेनन्। कमसेकम आफ्नो बंशबृक्ष फैलाउने कुचेष्टा उनले पक्कै गर्नेछन्। आरजू महारानी समानुपातिकबाट संसद आउने पक्का छ। यो चुनावमा उनले के कति वाहियात बोलिन्, छोडिदिऊँ। अघिल्लो संसदमा उनले बोल्दा "सर्पले टोकेर मान्छेको हत्या भयो, क्षतिपुर्ती चाहियो सभामुख महोदय" भनेको मलाई अझै याद छ। यी महारानीको औकात यत्ति हो। तर शेर बहादुरले आफ्ना बिदेशमा पठित छोरा जयबीरलाई समेत डडेल्धुरा कांग्रेसको सक्रिय सदस्यता दिलाईसके। गगनले यो कुरा बुझ्नु जरुरी छ।
नेपाली काङ्ग्रेसबाट शेखर कोईरालाले चुनाव जिते। उनको आङ्काक्षा गगनले नबुझेपनि भारतीय संस्थापन पक्षले बुझेको छ। शेरबहादुरको बिकल्पमा शेखर भारतीयहरुको आँखामा नबिझाउने एक उम्मेदवार हुन्। गगनलाई भारतीय "साउथ ब्लक"ले अमेरिकी सामिप्य रहेको मान्छेको रुपमा लिएको छ। त्यसमाथि रबि लामिछानेको घन्टी दलसंग उनको साँठगांठ अचानक छताछुल्ल भयो। लामिछाने एक गैर जिम्मेवार, अधकल्चा अराजनीतिज्ञ हुन्। गगन पटक पटक सांसद भएको, मन्त्री भएको "अनुभवी" मान्छे हुनसक्छ। तर दिशानिर्देश बिनाको, "टुंडीखेलमा उडेर, घुमेर एक कीक हान्ने रहर छ, त्यो पनि नाकको डांडी भाँचिने गरी" भन्दै संस्थापन प्रति नकारात्मक भाव फैलाएर कालो घोडा चढेर अचानक बुर्कुसी मारेको मान्छे संग सहकार्य गरेर गगनको रथ कसरी अगाडि बढ्ला? त्यसबाहेक मर्ने बेला हरियो काँक्रो खान रामचन्द्र पौडेल लालायित छन्। प्रकाशमान रबिन्द्र मिश्रलाई हराएपछि आफूलाई निर्विकल्प सोच्दैछन्।
घर जल्दैछ। तर सबैलाई आफ्नो थाल अगाडि पस्किएको भात हसुर्न हतार छ। चुनावको नतिजा हेर्दा जनमत आफै अन्यौलमा छ। चुनाव जितेका लोभी पापी राजनीतिकर्मीहरू आआफ्नो ढडिया थापेर माछो पार्न लागेका छन्। भोट हाल्नेले हालिसके। अब उनलाई के हुन्छ, पत्तो छैन। दुईपैसे चुनावी नेताका लागि जनता माछा थिए। जाल हाने। पर्ने परे। नपर्ने अब भ्यागुता हुनेछन्।
अंग्रेजी बुझ्नेहरुले पढेको हुनुपर्छ एउटा "टर्म" -"द ब्वाईलिंग फ्रग सिण्ड्रम।" भ्यागुता उभयचर हो। तर यसको रगत चीसो हुन्छ। यो प्राणी आफ्नो शरीरलाई आवश्यक तापका लागी वरिपरीको वातावारणमा निर्भर हुन्छ। प्रकृतिले उसलाई बनाएकै त्यसैगरी छ। त्यो भ्यागुतोलाई चीसो पानीको भाँडोमा हालिदिनुस। उसलाई आफ्नो शरीरको तापले काम गरुन्जेल केही फरक पर्दैन। उ आनन्दमा हुन्छ। पानी अलिकति तताईदिनुस। उ झन् आनन्दमा जान्छ। उसको शरीरको ताप घट्दैथियो, अचानक उसले तातो पानीको अनुभव गर्न पायो। त्यतिन्जेल ठीक छ। अब पानी अझै तताउनुस। भ्यागुतालाई फरक पर्दैन। उसको परिपरिको ताप र उसको शरीरको ताप एक लयमा छ। भ्यागुता आनन्दित छ। अनि अचानक पानी उम्लिन्छ। बिचरो भ्यागुता आफू मरेको पत्तै पाउंदैन।
नेपाली जनता भ्यागुता हुन्। स्वनामधन्य नेता चूलो, कसौंडी र डाडुका मालिक हुँदैछन्। राजनीतिकर्मीहरू पानी तताउने आगो फ़ुक्दैछन्।
प्रतिक्रिया