काठमाडौं।
ढुंगानाका अनुसार रास्वपाका सभापति लामिछानेसँग सम्बन्धित नागरिकता र राहदानीका दुईवटा, उपराष्ट्रपति पुनका छोरा दीपेश आबद्ध रहेको सुप्रिम बचत तथा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धी दुईवटा, काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाएको विषयको एउटा र अर्को एउटा समाचार हटाई त्यसको ठाउँमा असान्दर्भिक तस्बिर र सामग्री पोष्ट गरिएको छ।
प्रधानसम्पादक ढुंगानाले समाचारका विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउने सुविधा हुँदाहुँदै अनलाइनमा अनधिकृत प्रवेश गरेर समाचार हटाउनु आपत्तिजनक रहेको भन्दै यस विषयमा कानुनी उपचारमा जाने बताए। ढुंगानाका अनुसार सर्भरमा छिर्न मोबाइल, ट्याब र ल्यापटप प्रयोग गरिएको खुलेको छ। ‘राति १२ बजेर १५ मिनेटदेखि शुक्रबार बिहान २ बजेको अवधिमा सर्भरमा अनधिकृत प्रवेश गरेर आधा दर्जन समाचार हटाइएको छ,’ उनले भने, ‘सर्भर डिटेल रिकभर भइसकेको छ। अब लगइन डिटेल आएपछि यसमा कानुनी उपचारमा जान्छौं ।’
यसैबीच उकेरा अनलाइनमा अनधिकृत प्रवेश गरी समाचार हटाएकोमा फ्रिडम फोरम र अनलाइन पत्रकार संघ नेपालले आपत्ति जनाएका छन्। दुवै संस्थाले यसलाई स्वतन्त्र प्रेसविरुद्धको काम भन्दै संलग्नलाई कारबाही दायरामा ल्याउन माग गरेका छन्।
प्रतिक्रिया