काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना पनि सकिएको छ। निर्वाचन आयोगका अनुसार, कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको छ। प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा ४७ दल सहभागी भएका थिए, जसमा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाउन सकेका छन्।
आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।
माधव नेपान नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रत्यक्षतर्फ १० सिट जितेर पनि थ्रेसहोल्ड कटाउन असफल भएको छ। उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो। थ्रेसहोल्ड नकटेपछि त्यो मत खेर गएको छ।
समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन्। नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ७१ हजार ७ सय २२ सम्म समानुपातिक मत ल्याएको थियो तर थ्रेसहोल्ड कटाउन सकेन। राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ।
यी हुन् थ्रेसहोल्ड कटाउन नसक्ने दल
नेकपा एकीकृत समाजवादी २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,६७,३६७
नेपाल मजदुर किसान पार्टी ७५,१६८
हाम्रो नेपाली पार्टी ५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन ४९,०००
राष्ट्रिय जनमोर्चा ४६,५०४
नेपाल संघीय समाजवादी पार्टी ४१,८३०
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल १८,०५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी) १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,८०५
बहुजन एकता पार्टी नेपाल १७,०८०
नेपाली कांग्रेस (बीपी) १२,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२,३४०
नेपाली जनता दल १०,१३७
बहुजन शक्ति पार्टी ९,४३५
नेपालका लागि नेपाली पार्टी ८,४३६
नेपाल कम्युनिस्ट पार्टी ८,०१३
नेपाल लोकतान्त्रिक पार्टी ७,७०५
नेपाल जनता पार्टी ७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ७,४०२
मितेरी पार्टी नेपाल ७,०४३
जनजागरण पार्टी नेपाल ६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी ५,९७७
जनसमाजवादी पार्टी, नेपाल ५,९२५
एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी) ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ५,१०५
विवेकशील साझा पार्टी ४,०४९
एकीकृत शक्ति नेपाल ३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३,३५४
मौलिक जरोकिलो पार्टी ३,२५६
नेपाल समावेशी पार्टी २,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन २,२२०
राष्ट्रिय नागरिक पार्टी २,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी २,०१८
प्रतिक्रिया