सीजीको थप नयाँ उत्पादनहरु बजारमा

 

नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाईनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ । जस अन्तर्गत वाल माउण्ट ए.सी.मा १.०, १.५ र २.० टनमा नयाँ ए.सी.हरु थप गरिएको छ । यी ए.सी.हरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रि इस्र्टाट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका छन् ।

त्यस्तै टि.भी.मा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरि ल्याएको छ । यी टि.भी.हरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टि.भी.हरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् ।  यसको पिक्चर क्वालिटि र साउण्डमा डल्बी डिजिटल प्लस, स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिन्छ । 

आफ्नो स्मार्ट टि.भी. सेक्सनमा पनि सि.जी.ले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टि.भी.हरुको लाईनप थप गरिएको छ ।सिंगल डोर फ्रिजहरुमा पनि सि.जी.ले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ । यो फ्रिजहरु आकर्षक कलर, डिजाईनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा    लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् । यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी पनि पाईन्छ । 

त्यस्तै अर्को प्रोडक्ट माईक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि, ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विषशेताहरु रहेका छन् 

त्यस्तै सि.जी.ले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ÷इलेक्ट्रोनिक कुिलङ थप गरेको छ । यो डिस्पेन्सर सि.जी.को आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सि.जी. मेरिडिया अन्तर्गत पर्दछ । यसमा पानी आउने तीन वटा छुट्टाछुट्टै धाराहरु रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एल.ई.डि. इन्डिकेटर लाईट रहेको छ । जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ । यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण अब ठूला ठूला पानीका बोतलहरु उचालेर राख्ने झनझटबाट मुक्त हुनेछ । 
 

प्रतिक्रिया