काठमाडौंको डबली सभ्यतालाई पुनःजागरण गरिने

काठमाडौं।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने घोषणा गरेका छन्।

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको सुनाए। उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताए। प्रमुख साहले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए। 

उनले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउँदै मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने बताए।

प्रतिक्रिया