चाणक्य र शङ्कराचार्यका उपयोगी उक्ति

१. विषादप्यमृतं ग्राह्य ममेध्यादऽपि काञ्चनम। 
नीचा दप्युत्तमां विद्यां स्त्रीरत्नं दुष्कुलादपि। 

(वीषबाट पनि अमृत, अपवित्र स्थानबाट पनि सुन, मानिस जतिसुकै नीच भए पनि उसँग रहेको उत्तम ज्ञान र विद्या अनि दुष्ट कुलमा पनि यदि स्त्रीरत्न छन् भने निसंकोच ग्रहण गर्नु पर्दछ) 

२. सत्कुले योजयेत् कन्याम् पुत्रं विद्यासुयोजयेत्।
व्यसने योजयेच्छत्रुम् मित्रं धर्मे नियोजयेत्।

(आफ्ना छोरी चेलीलाई उच्च कुल धर्मको पुत्रसँग विवाह गरिदिनु, छोरालाई विद्याभ्यासमा लगाउनु, शत्रुलाई खराव लत् र विपत्तिमा फÞसाइदिनु र मित्रलाई धर्मकार्यमा प्रेरित गरिदिनु सज्जनको कर्तव्य हो)

३. एद तर्थम् कुलोनानां नृपाः कुर्वन्ति संग्रहम्।
आदि मध्याऽवसानेषु न स्त्यजन्ति च ते नृपं।  

    
(असल राजा अर्थात् शासकहरूले आफ्ना निकट सधैँ असल कुलका सज्जन व्यक्तिहरूलाई मात्र राख्छन् यस कारण कि उनीहरूले शुरू, मध्य या अन्त्य कुनै पनि समयमा जस्तोसुकै विपत्तिमा पनि राजा वा शासकहरूलाई कहिल्यै पनि परित्याग गर्दैनन्)

४. प्रलये भिन्न मर्यादा भवन्ति किल सागराः
सागरा भेद मिच्छन्ति प्रलयेऽपि न साधवः

(प्रलय आएपछि, समुद्री आँधीआएपछि त समुद्रले पनि आफ्नो धर्म र मर्यादा राख्दैन बस्ती शहर सवै डुबाइदिन्छ, तर जस्तोसुकै विपत्ति र प्रलय नै आएपनि सज्जनहरूले आफ्नो धर्म र मर्यादा भंग गर्दैनन्, त्यसैले त्यस्ता सज्जनहरूको सङ्गतमा रहनु!)–चाणक्य  
  
अनि भगवान शङ्कराचार्यको आत्मवोधको यो अंशः 

५. बोधोऽन्यसाधनेभ्यो हि साक्षान्मोक्षैकसाधनम्।
पाकस्य वह्निवज्ज्ञानं विना मोक्षो न सिध्यति।।

(जसरी आगो विना भात पाक्दैन, त्यसरी नै ज्ञान विना स्वतन्त्रता अर्थात् मुक्ति सम्भव नै छैन।)

सवै किसिमका ज्ञानहरूमध्ये आत्मवोध/आत्मज्ञान अर्थात् आफ्नै अभाव, क्षमता, शक्ति, सामथ्र्यको ज्ञान नभएको मानिसले स्वतन्त्रता या मुक्ति प्राप्त गर्न सक्दैन। उसले त्यसको मर्म र शक्तिलाई धान्न नै सक्दैन, न त्यसको अर्थ र महत्व बुझ्न सक्दछ। त्यसकारण स्वतन्त्रता आत्मज्ञान र चेतनाप्राप्ति पछि उपलव्ध हुने अमृत तत्व हो।  

प्रजातन्त्रको प्राणतत्व भनेको पनि व्यक्तिको स्वतन्त्रता भएकाले प्रजातन्त्रको विकास, संरक्षण र संवध्र्दनको मूल आधार पनि ज्ञान र ज्ञानप्राप्तिको एउटा सशक्त माध्यम शिक्षा हो।

प्रतिक्रिया