उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १४ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ। अन्य कुनै ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

देशका बाँकी भागमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ। चिसो बढेकाले उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाणडौं उपत्यकामा पनि चिसो बढ्न थालेको छ। आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया