बकपत्र

मान्छे भित्रको मान्छे

मेरा छिमेकी जर्सावले आफ्नो इहलिला आफैंले समाप्त पार्नुभो। अनेक टिकाटिप्पणी र चासो सुन्न, देख्न र महसुश गर्न पाइयो। सबैको चासो भित्र एउटै जिज्ञासा देखिन्थ्यो, के नपुग्दो थियो र जर्सावले यस्तो निर्णय गरे?

मान्छेले आफुभित्रको मान्छे नचिन्दाको परिणाम हो जर्सावको अस्वाभाविक मृत्यु। यो भन्दा बढी बुझ्नु जरूरी पनि छैन। प्रतिष्ठित पद, काजी खानदान सुशील स्वभावका धनी थिए जर्साव। काठमाडौं चक्रपथको नारायणगोपाल चोकको एउटा मिठाई पसलमा जर्सावसँग भेट भयो। तात्तातो जुल्पी खाउँ भन्नुभयो। म भित्रको मान्छेले मलाई जुल्पी नखा भन्या छ भने मैले। के भन्या बुझिनँ, तपाईंहरूको भाषा पनि खोइ के खोइ के भनेर जर्साव छुट्टिनुभो। घर आउनु है त्यैं पर लङ टेनिस कोर्टकै छेउको घर हो। 

तर म जर्सावको घर पुगेको छैन। उहाँ बाहेक अरूले मलाई चिन्दा पनि चिन्दैनन्। जाउँला जाउँला भन्दाभन्दै जर्सावले नै छोडेर जानुभो।

वलदेवराज महतको मृत्यु अनुसन्धानको विषय बन्यो। अनुसन्धानले निष्कर्ष पनि देला। जतिसुकै ठूलो अनुसन्धान भएपनि र अनुसन्धानको सत्यतथ्य निष्कर्ष सार्वजनिक भएपनि जर्सावको पुनरागमन असम्भव छ। अनि केको लागि अनुसन्धान? उहाँ तीनतारे हुनुहुन्थ्यो, त्यसको इज्जत राख्न अनुसन्धान? परिवार सन्तुष्टिका लागि? कि गर्नैपर्ने, नगरे पद प्रतिष्ठाको इज्जत जाने? खैर, अनुसन्धानको रिपोर्ट सार्वजनिक भएछ भने चर्चा चलाउँला।

राजकुमार सिध्दार्थले ध्यान साधना गरे वुद्ध भनेर प्रख्यात भए। राजकुमार पारसले मोज गरे सुकुल गुण्डाले झैं चर्चा पाए। राजकुमार त दुवै राजकुमार नै हुन्। दुवै राजकुमारले पाएको शिक्षा, दीक्षा, ज्ञान, शान दरवारकै सेरोफेरोभित्र हो। राजगुरूहरूकै सामिप्यमा हुर्के बढेका राजकुमारद्वय एउटा विख्यात अर्का कुख्यात किन भए?

321604893_559907312817917_1696938542384316266_n

सिध्दार्थ बारे त हामीले पढेजानेको कहावत मात्रै हो। पारस त हामीले देखेभोगेको यथार्थ हो नि होइन र? यी दुई प्रसंगले अलग अलग चिन्तन सिर्जना गर्ला नै। मान्छेले गर्ने चिन्तनसँग मान्छे भित्रको मान्छे निस्कन्छ? मान्छेले आफूभित्रको मान्छेरूपी अस्तित्व महसुश गर्न सक्छ? जबसम्म हामी जन्म र मृत्युबीचको नाट्यशालामा रमिरहन्छौं हाम्रो अस्तित्व प्राण र लाश बाहेक केही हुँदैन। हाम्रो नश्ल चेतनाको उद्गम बिन्दु हो। मान्छेबाटै भएका चामत्कारिक आवीष्कार त्यहि चेतनशील नश्लको उपज हो। विज्ञानलाई विज्ञान कसले भन्यो? मान्छेले। आवीष्कारले कस्लाई हानी गर्याे? मान्छेलाई। तैपनि मान्छेले मान्छे भित्रको मान्छे चिन्न सकेको छैन।

मान्छे आफ्नो द्वारपाल आफैं हो। के गर्ने, के नगर्ने? निर्णयकर्ता पनि स्वयम् हो। मान्छे आफैंलाई चिन्दैन र सुखी मान्छे खोज्न भड्किराखेको छ। भुलभुलैयामा जीवन बितिरहेको छ, मान्छेलाई अत्तोपत्तो छैन। जन्मनु हुर्कनु र जन्माउनु अनि हुर्काउनुमै सफल ठान्छ आफुलाई मान्छे। मनग्य धनसम्पत्ति भएपछि सुखी हुन्छु भन्ने सोचमा भाौतारिरहन्छ मान्छे। आफैंभित्र खुसी छ, आफंैभित्र सम्पन्नता छ त्यसको बेवास्ता गरेर बाहिर सुख शान्ति खोज्न हिँड्छ मान्छे। हो, त्यसैले त मान्छे आफ्नो काल आफैं हुन्छ। हे मान्छे, आँखा चिम्म गरेर पाइने उज्यालो खोज। तिमीले बालेको बत्ति त एकछिनपछि आफैं निभ्छ। तिमी रमाइ रहेको बिलाशिता तिमीसँग जाँदैन।

जर्सावको सम्पन्नता के काम अब? पारसको ढुकुटीको के औचित्य? हेर त त्यो कंगाल सिध्दार्थको जयजयकार। ब्रम्हाण्डकै भगवान् गौतम वुध्द, शान्तिका प्रतीक!

मान्छे भित्रै सबथोक छ, खोज्न अन्त जानै पर्दैन। मात्र आवश्यकता छ एकाग्रताको, ध्यान र ज्ञानको। मान्छे भित्रको मान्छे भेटेको क्षण जीवनको त्यो पवित्र गंगा हुने छ, जसमा जति डुवुल्कि लगाए पनि हानी हुने छैन।

इमान, जमान र बेइमानको थर्मामिटर बनेकै छैन। मान्छेले म बेइमान हूँ भन्ने आँट गरेको छैन तर इमान र जमानको पक्का खेलाडि हूँ भन्दै गुड्डी हाँक्न पनि छोड्दैन।

रोचक लाग्न सक्छ यो तस्बिर र प्रसंग....!

319856667_1120116448647169_976052056645907283_n

सर्वाेच्च अदालतका सर्वाेच्च न्यायमूर्ति थिए दामोदर शर्मा कुनैवेला। आजको दिन शर्माजी नीजि जीवनको महान्यायमूर्तिको दौडमा छन्। नभएर, नपुगेर वा बिरक्तिएर हो? यसरी पूर्व प्रधानन्यायाधीश सम्माननीय श्री दामोदर शर्माले यो रूप परिवर्तन गरेको। उहाँको सामिप्यमा पुगेपछि यसको जवाफ पक्कै आउने छ। यो प्रतिवध्दता लेख मार्फत नै गरौंला। मान्छेका इच्क्षा, आकांक्षा र चाहनाको न रूप हुन्छ न त रंग। मान्छेभित्र पनि एउटा त्यस्तो मान्छे छ, जसले बाहिरी मान्छेलाई तीनचित पारिदिन्छ। हो, त्यहि भित्री मान्छेको करामतले दामोदरजीको रूप परिवर्तन भएको हो। ब्रम्हचेतको ज्ञान धेरथोर मान्छेमा हुन्छ नै। परिवन्द र परिवेस फरक घटक हो, तथापि एउटै नाङ्लामा तोरी र कोदो सुकाए जस्तै हो। 

दामोदरजीको दारी सर्वाेच्चको क्रियाशीलतामा पनि चर्चामै थियो। तर यो रूप र परिवेस यतिखेर कतै चर्चा हुँदैन, किन? नेत्रदोष हो यो। “हमाम मे सब नङ्गा” स्वर्गानुभूत कसैले गरेको हुँदैन तर उ भनिरहेको हुन्छ वा क्या स्वर्गीय आनन्द। आज लगौंटीमा सजिएका दामोदर भेटघाटका मान्छे होइनन्। हिजो लामलागेर दाम चढाउन दामोदर निवास धाउनेहरू कता हराए? अझै अन्योलग्रस्त छ मस्तिष्क भने जोडजुलुम नगरी चिनमय आकाशको नियात्रा गरौं। त्यहाँ भेटिने छ मान्छेभित्र लुकेको मान्छे। 

जसरी दामोदरजीले त्यो मान्छे भित्रको मान्छे भेटेर लगौंटी यात्रामा निस्के, हो त्यसैगरी युवराज पारस फेवातालको किनारमा कुकुर नामधारी जीवसँग आनन्दमा रमेका छन्। निर्जीवमा पो चेत हुँदैन, सजीवमा त पक्कै हुन्छ। एउटा जीवले अर्काे जीवसँग प्रेमाभावमा भौंतारिने जमर्काे गर्छ भने बुझे हुन्छ उसमा चेतको पर्दा खुल्दै छ। पारसले आफुलाई परिवर्तन गरेका होइनन् उनी आज पनि तिनै पारस हुन जो पहिले थिए। उनले भेट्टाएको त उनीभित्रको मान्छे मात्रै हो। “लकिरका फकिर” बन्नसक्ने आँट जोकोहीसँग हुँदैन। युवराज पारसले आफुभित्रको मान्छे जगाए र त उनी फकिर छन्, उन्मादमा छन्। लोभ र पापभित्र उन्माद भेटिन्न र त सबै पारस बन्न सक्दैनन्। 

ॐनम शिवाय!
 

प्रतिक्रिया