'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको छु'

काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यका लागि प्रस्ताव गरिएको थियो ।

त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका हुन् । महाधिवेशन नसकिँदै नेता पण्डित चितवनबाट काठमाडौं फर्किएका छन् । 


 

प्रतिक्रिया