काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ९२ अर्ब ७१ करोड ३० लाख ९० हजारको हाराहारीमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् ०.५९ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ । बैंकिङ १०.८९, व्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, वित्त ३१.९२, निर्जीवन बीमा ६७.८३, उत्पादन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३, जीवन बीमा ११७.०४ र लगानी ०.६४ अङ्कले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६१ करोड चार लाख ७५ हजार ३४० बराबरको कारोबार भयो ।
नेशनल हाइड्रोपावर रु १५ करोड १२ लाख तीन हजार ४४६, आइसिएफसी फाइनान्स १२ करोड ४९ लाख ४७ हजार ४१८, नेपाल दूरसञ्चार कम्पनी नौ करोड ९५ लाख ४५ हजार ४४५ र नबिल बैंक नौ करोड १४ लाख ९९ हजार ९०६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । सामालिङ पावर ९.९८, सानिमा लार्ज क्याप ४.२८, कालिका पावर कम्पनी ३.६७ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाए । त्यस्तै, आइसिएफसी फाइनान्स १०, चन्द्रागिरी हिल्स ५.२०, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया