पार्थिव शरीरसँग बसेर शल्यक्रिया गराउँदा

sunil raj upreti
मेरो खुट्टाको बुढी औंलाको नङ कोनिया गाडिएर पाक्ने कारणले सानै देखि पीडित थिएँ। गएको दशैंमा कोरोना जस्तै डेङ्गुले २२ दिन सुतायो। सवै दशैंमा रमाइलो गर्दै थिए। म चाहीँ डेङ्गुले थलिएर बाँच्ने संघर्षमा थिएँ। तत्कालिन शाही नेपाली सेनाले देशले माओवादी द्वन्दको नाममा जनधनको क्षति व्यहोर्दैछ भनेर भलिभाँती जानकार हुँदा पनि सैनिक परिचालनको पद्धति छ भनेर चुप वसेको फाइदा तत्कालिन माओवादीले पाएझैँ औंलामा घाउ परिसकेको थाहा पाएर पनि अशक्तताको कारणले उसले बढ्ने सुविधा पाइरहेको थियो तर म विवश थिएँ।

नङको जनयुद्ध बढ्दै गयो। मलाई पीडा हुँदै गयो। गएको कार्तिक अन्तिम हप्तातिर वानेश्वरको एउटा औषधि पसलमा गएर आफ्नो पीडा पोखेँ। त्यहाँ कुनै शल्यक्रिया गर्ने सर्जन या स्वास्थ्य स्वयंसेवीको सेवा पाइन्छ कि भनेर। ऋौषधि पसलेले म आफैं यो काम गरिरहेको छु कुनै पिर छैन भने। लौ त भनेर म पनि विरामी सुताउने वेडमा सुताएर लट्याउने लोकल औषधिको सुइ लगाएर घाउ लठ्याए र शल्यक्रिया गरेर ब्याण्डेज बाँधिदिएर पठाए। म अव ठीक हुन्छु भन्नेमा ढुक्क थिएँ। एक हप्तापछि बुढी औंलाको अगाडिको भाग सुन्निएर दुख्न थाल्यो साथमा पिप पनि बग्यो। 

त्यसपछि केही दिन सहेर बसेँ। कहीँ कतै ठोकिँदा सहनै नसक्ने गरी दुख्ने क्रम चल्दै गयो। अव भएन नर्सिङहोम या कुनै प्राइभेट हस्पिटलतिर जाउँ भन्ने पनि भयो तर त्यहाँ जाँदा त जग्गाको लालपुर्जा बोकेर जानुपर्ने कुराको भलिभाँति जानकार थिएँ। यति हुँदाहुँदै कैले के कैले के समय नमिल्ने। पीडा बोकेर झण्डै ६० दिन जति बसेंछु। एक दिन मैले आदर गर्नु पर्ने व्यक्तित्वसँग भेट भयो। वहाँको छोरा वीर अस्पतालमा फिजिशियन हुनुहँुदो रहेछ। मैले वहाँलाई मेरो पीडाको विषयमा उपचारको सहयोगजन्य जानकारी गराएँ। वहाँ पनि एकदमै सहयोगी मन भएको व्यक्तित्व। सहजै सँगै रहेका छोरालाई भने पछि डाक्टर छोराले तुरुन्तै आफ्ना सहकर्मिलाई फोन गरेर त्यतिखेरै समय पाइयो।

मैले श्रीमतीसँग भनें, गाडीएको नङ निकाल्न म वीर अस्पताल जाँदैछु केही ढिलो होला भनेर सुनाएपछि उनले म पनि सँगै जाने हो भनेर जिद्दी गरिन्। लौ हिँड भनेर उनलाई पनि लिएर गएँ। मलाई दिइएको समय थियो, माघ ३ गते साँझ लगभग ६।४० बजे। ऋाकस्मिक कक्षमा गएर सम्पर्क गरेँ। मान्छे रहेछन् मेरो जन्म जिल्ला सर्लाहीका यादब थरका हेल्थ असिष्टेन्ट। कुनै समय हाम्रो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित महेन्द्र राय यादबका नाता पर्ने उनकै गाउँका रहेछन्। उनले स्टिलको घुम्ने टुल ल्याए दुई वटा अनि एउटामा मलाई बस्न भने अर्कोमा गोडा राख्न भने। मैले भने उनले बमोजिम गरेँ। उनि घाउ सफा गर्दै यो काम अप्रेशन गर्ने कोठामा गर्नुपर्ने तर त्यहाँ प्याक छ म यहीँ गरिदिन्छु भने। म पनि उनले जे भने पनि हुन्छ भन्दै गएँ। 

भारतीय सहयोगमा बनेको नेपालको सवैभन्दा पुरानो सरकारी अस्पताल हो वीर। त्यो आकस्मिक कक्षमा कति धेरै भिड हुँदो रहेछ बयान गरिसाध्यै छैन। त्यति हुँदा पनि त्यहाँ काममा लागेका डाक्टर उनिहरुका स्वास्थ्य सहायकहरु निस्फिक्रि काम गरिरहेका छन्, कुनै मेशिन निरन्तर चलिरहेको जस्तो। ती खटिइने स्वास्थ्यकर्मिहरु देखेर मलाई यस्तो मेहनत पनि गर्न सक्छन् भन्ने लाग्यो।

मेरो शल्यक्रिया वीरको आकस्मिक कक्षको प्यासेजमा भैरहेको थियो। सानो टुलमा मेरो ८२ किलोको जिउको आधिभागले त्यसलाई थिचेको थियो। त्यसमाथि चिप्लो अनि घुम्ने। मेरो अवस्था मलाई त थाहा हुने नै भयो अनि भगवान् शिवलाई पनि थाहा होलारु मैले कति समय लाग्ला भनेर सोधें। ती स्वास्थ्य सहायकले लगभग २५ मिनेट राख्नुस् नँ भन्ने उत्तरले मलाई अव २५ मिनेट जति अप्ठ्यारो भए पनि सहन्छु भनेर घाउ सफा गरेको हेर्दै थिएँ।

यतिकैमा स्टेचरमा एकजना ६५ जति उमेरकी महिलालाई दौडाएर ल्याएर मेरो पछाडी अडेस लाग्ने गरी राखे। मैले अलिकति सपोर्ट पाएँ ती महिलाको स्टेचरबाट। विरामी ल्याउने, अर्को वार्डमा सार्ने र जिउ ढाकेर लैजाने क्रम जारी थियो। तर स्वास्थ्यकर्मिहरुको काम निरन्तर थियो। त्यतिकैमा मेरो घाउ कोट्याउँदा दुख्ने भएको हुनाले लट्याउने औषधिको सुई चारपाँच वटा भकाभक भयो। त्यतिखेर चाहीँ ती स्वास्थ्यकर्मी मित्रले अलिकति दुख्छ सुरुमा भनेका थिए। यता नहेर्नु भन्दै थिए तर हेरे पनि नहेरे पनि दुख्ने त मलाई नै हो भनेर म पनि तिनको काम हेर्दै थिएँ। लट्याउने औषधिले काम सुरु गर्यो। मेरो घाउ निर्वाध काटिन थाल्यो। यसै क्रममा लुकेर बसेको नङको टुक्रो निचोरिने क्रममा रगतको भल सँगै वाहिर फुत्त आयो। 

यतिकैमा मेरी श्रीमतीले पछाडिबाट मलाई थिचिन्। हेरेको त आँखाको नानी माथि फर्काएर वेहोस् भैसकेकी रहिछन्। मैले थेग्ने अवस्था थिएन, उनी भूइँमा लड्न पुगिन्। उनी मान्छे चाहीँ कडा वेहोस् हुँदा पनि समाएको हेलमेट छोड्या छैन। छेउछाउकाले उनलाई उठाउन सहयोग गरेर वाहिर लगे। घाउ भएको भागबाट नङ निकाल्ने क्रममा हिँड्नेहरुले कहिले मलाई कहिले ती स्वास्थ्यकर्मिलाई छुँदा हल्लिएर हुने पीडाको अनुभव चाहीँ लट्याउने औषधिको कामले हुन पाएन। एवम् रितले व्याण्डेज सकेर उनले मलाई भने पर्सि एकपटक ड्रेशिङ गर्नु होला भनेर घाउ दुखेमा लट्याउने औषधी, पाँच दिनको एन्टीवायोटिक र सुक्ने मल्हम दिएर विदा गरेपछि छेउको स्टेचरमा रहेकी महिलाको चेकजाँच सकेपछि उनले उहिल्यै प्राण त्यागी सकेकी रहिछन्। रुवावासी सुरु भैसकेको थियो। ती मृत महिलालाई टाउको राखिएको सिरानीमा मेरो घाउको उपचार गर्ने फस्टेड बक्स राखिएको थियो। जव उनलाई मृत घोषित गरियो, उनलाई त्यहाँबाट सारिने क्रममा यो कसको भन्ने सुने मैले केही नवोलि झिकेँ र स्वास्थ्यकर्मिलाई दिएँ। त्यसपछि ती स्वास्थ्यकर्मि घाउ सुकाउने मल्हम र एन्टीवायोटिक लेख्न गए। त्यसपछि मैले वरिपरी हेरेँ बसेकै ठाउँमा।

नेपालको सवैभन्दा पुरानो सरकारी अस्पतालको आकस्मिक कक्ष निकै सानो छ, स्वास्थ्यकर्मिलाई भ्याइनभ्याइ छ। भिडको कारणले अस्तव्यस्त छ। त्यही अस्तव्यस्त अवस्थामा त्यहाँ काम गर्ने डाक्टर र उनका सहयोगीहरुले के मनस्थितिले काम गर्छन् त्यो पीडादायक अवस्था छ। बीरको यस्तो अवस्था प्रत्यक्ष देखेपछि मेरा मनमा यस्ता प्रश्न उठे—
 के दाहाल सरकारले
१. बीर अस्पताल लगायत सरकारी अस्पतालको स्तरोन्ती गर्न सक्छरु
२. देशभरका अस्पतालमा सहुलियत स्वास्थ्य सेवा गराउन सक्छरु
३. केही अगाडिसम्म सिटिइभिटि जस्ता निकायबाट स्तरीय स्वास्थ्य सहायकहरु उत्पादन गरिरहेको थियो। त्यसलाई निरन्तरता दिन सक्छरु किन भने मेरो औंला चिर्ने स्वास्थ्यकर्मि पनि सिटिइभिटीबाट सिकेका जनशक्ति थिए। मैले उपचारका क्रममा सोधेको थिएँ कहाँ पढेको भनेर।
४. काठमाडांै महानगरपालिकाले सवै वडामा वीर अस्पतालको युनिट खडा गरेर उपचारलाई वस्ती वस्तीमा पुर्याउन सक्छरु यसो गरिएमा वीरमा हुने भिडमा कमि आउने थियो।
५. देशभरका स्थानीय निकायका वडाहरुमा सरकारी अस्पतालको उपस्थिति गराई संविधानको मौलिक हक अन्तरगत स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। जसमाः “३५ ९१० प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।” भनि व्यवस्था गरिएको छ सो लाई कार्यान्वयन गराउन सक्छ?

औषधिको नाम पाउन कुरीरहेको अवस्थामा छेउको विरामीको कुरुवाले भने, दाई राजधानीको वीर अस्पताल जस्तोमा त यस्तो अस्तव्यस्त छ अन्य सरकारी अस्पतालमा के होला सम्झनुस् त१ म केही नवोली मेरो देश मेरै कारणले व्यवस्थित हुन सकेको छैन। राज्यलाई मैले तिरेको करको सदुपयोग भएको छ छैन मलाई थाहा छैन। जनताको करबाट बनेका सडक पिच भएको वर्ष वित्न नपाउँदै कहिले ढलको नाउँमा, बिजुलीको केवल अण्डरग्राउण्ड गर्ने नाउँमा, खानेपानीको नाउँमा, केवलको स्तरोन्नतीको नाउँमा भत्कन्छ तैपनि जनता चुपचाप बस्छन् अनि समन्वय गर्ने निकायबाट समन्वयको अभावमा ती संरचनाहरु भत्काइन्छ तवसम्म यस्तै हो। अनि राष्ट्रसेवक निजामती सेवामा रहेर युनियन खोल्ने, सेवाग्राहीलाई ती कर्मचारीहरुले दिइने सेवामा स्तरियता आउदैन, जवसम्म निजामति कर्मचारी कानून व्यवसायी, चिकित्सक, ईञ्जिनियर, शिक्षक जस्ता पेशाकाहरु देशको नभई पार्टीको कार्यकर्ताको भूमिकामा रहन्छन् तवसम्म केही होला र खैर?

म त एक प्रतिनिधि पात्र हुँ पार्थिव शरीरसँग बसेर उपचार गराउने। म जस्ता सयकडौं छन् होलान् पार्थिव शरीरसँग बसेर औषधोपचार गर्ने। त्यसैले कृपया वीर अस्पतालहरुलाई समय अनुसार व्यवस्थित गराउँदै लैजानु हामी सवैको दायित्व हो। हामी विश्वास गरौं पुष्पकमलको सरकारमा रहेका युवा नेतृत्वले समयको मागलाई बुझेर यथोचित सुधार गर्दै लैजाला कि !

प्रतिक्रिया