आपतमा अफगानिस्तान, सन् २०२१ का फोटोहरु 

आपतमा अफगानिस्तान, सन् २०२१ का फोटोहरु 

 दक्षिण एशीयाली मुलुक अफगानिस्तानका लागि सन् २०२१ उथलपुथलपूर्ण रहेयो । १५ अगस्तमा तालिबानले काबुल शहरमा कब्जा जमाएसँगै पुरै अफगानिस्तान उसको अधिनमा गयो ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि अहिले त्यहाँ तालीबानीहरुको निरंकूश शासन कायम भएको छ । तालीबानी सरकारले अफगानिस्तानका जनतामाथि इस्लामीक कानून लादेर चर्को ज्यादती गरिरहेको छ । महिलाहरुको सार्वजनिक पहिचानमाथि प्रतिबन्ध लगाइएको छ । विरोधमा अवाज उठाउनेहरुलाई सोझै मृत्युदण्ड दिने सिलसिला चलीरहेको छ ।

तालिबानलाई रुस, चीन र पाकिस्तानलगायतका मुलुकले समर्थन गरेको भए पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, भारतलगायतका लोकतान्त्रिक मुलुहरुले चर्को विरोध गरिरहेका छन् । तालिबानी कब्जामा आउनासाथ अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले यसै वर्ष देश छाडिसकेका छन् । तालिबानी कमाण्डरहरुले राष्ट्रपति कार्यालयमा कब्जा जमाए । अमेरिका र अन्य पश्चिमा मुलुकका कर्मचारीले धमाधम काबुल छाडे । वास्तवमै अफगानिस्तान यतिबेला इस्लामिक कट्टरताको मारमा परेको छ, जहाँ दिनहुँ छिटपुट युद्ध र आम सर्वसाधारण मारिने क्रम जारी छ । सन् २०२१ मा अफगानिस्तानको हालत कस्तो रह्यो ? हेरौं, केही उल्लेखनीय फोटोहरु, जसले आजको दारुण, दर्दनाक अनि दयनीय अफगानिस्तानको बेथिति झल्काउँछ ।तस्विरहरु ए एफ पी

प्रतिक्रिया